इरान र इजरायलमा रहेका सबै नेपाली सुरक्षित : परराष्ट्र | Khabarhub Khabarhub

इरान र इजरायलमा रहेका सबै नेपाली सुरक्षित : परराष्ट्र


१ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले इजरायल र इरानमा रहेका सबै नेपाली सुरक्षित रहेको जनाएको छ । परराष्ट्र मन्त्रालयले आइतबार विज्ञप्ति जारी गर्दै इजरायल र इरानमा रहेका सबै नेपाली सुरक्षित रहेको जनाएको हो । मन्त्रालयले जारी गरेको विज्ञप्तिमा हाल इरानमा १२ जना र इजरायलमा करिब ५ हजार ५ सय जना नेपाली रहेको उल्लेख छ । हालसम्मको विवरण अनुसार त्यहाँका सबै नेपाली सुरक्षित छन् ।

इजरायल र इरानबीच पछिल्ला तीन दिनदेखि विकसित घटनाक्रमका सन्दर्भमा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा इजरायल र कतारस्थित नेपाली राजदूतहरुसँग नियमित सम्पर्कमा रहेको मन्त्रालयले उल्लेख गरेको छ । कतारको राजधानी दोहामा रहेको नेपाली राजदूतावासले इरानको मामिला पनि हेर्दै आएको छ ।

मन्त्री देउवाले राजदूतसहरुसँग सम्पर्क गरी त्यहाँ रहेका नेपाली नागरिकहरुको सुरक्षालाई उच्च प्राथमिकतामा राखेर काम गर्न, नेपाली समुदायसँग निरन्तर सम्पर्कमा रहन र सम्बन्धित मुलुकले जारी गरेका सुरक्षा सतर्कता सम्बन्धी अद्यावधिक सूचना नियमित रुपमा प्रवाह गरी नेपालीहरुलाई निरन्तर सुसूचित गर्न निर्देशन दिएको विज्ञप्तिमा जनाइएको छ ।

इजरायल र इरानबीच विकसित घटनाक्रमलाई नेपाल सरकारले नजिकबाट नियालिरहेको र त्यहाँ रहेका नेपालीहरुको हित सुनिश्चित गर्न आवश्यकता अनुसार उपयुक्त कदम चालिने पनि मन्त्रालयले उल्लेख गरेको छ ।

प्रकाशित मिति : १ असार २०८२, आइतबार  ५ : २० बजे

बडादशैँको मुख्य दिन आज विजयादशमी : टीकाको उत्तम साइत बिहान ११:५३ बजे

काठमाडौं– बडादशैँ अन्तर्गत दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट शुभसाइत

शक्तिपूजाको इतिहास कसरी सुरु भयो ?

नारीलाई शक्तिको रूपमा महत्व दिएर पूजा र प्रार्थना गर्ने परम्परा

सत्य, धर्म र न्यायको विजयको प्रतीक दशैँ : राष्ट्रपति पौडेल

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा स्थायित्व, सुशासन र समृद्धिको

आज दशैँको टीका : शक्ति, आशीर्वाद र उत्सवको दिन

काठमाडौं – दशैँ नेपालमा मनाइने सबैभन्दा विशाल, जीवन्त र रंगीन

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल असोज १६ गते बिहीबार। आश्विन