इरान र इजरायलमा रहेका सबै नेपाली सुरक्षित : परराष्ट्र « Khabarhub

इरान र इजरायलमा रहेका सबै नेपाली सुरक्षित : परराष्ट्र


१ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले इजरायल र इरानमा रहेका सबै नेपाली सुरक्षित रहेको जनाएको छ । परराष्ट्र मन्त्रालयले आइतबार विज्ञप्ति जारी गर्दै इजरायल र इरानमा रहेका सबै नेपाली सुरक्षित रहेको जनाएको हो । मन्त्रालयले जारी गरेको विज्ञप्तिमा हाल इरानमा १२ जना र इजरायलमा करिब ५ हजार ५ सय जना नेपाली रहेको उल्लेख छ । हालसम्मको विवरण अनुसार त्यहाँका सबै नेपाली सुरक्षित छन् ।

इजरायल र इरानबीच पछिल्ला तीन दिनदेखि विकसित घटनाक्रमका सन्दर्भमा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा इजरायल र कतारस्थित नेपाली राजदूतहरुसँग नियमित सम्पर्कमा रहेको मन्त्रालयले उल्लेख गरेको छ । कतारको राजधानी दोहामा रहेको नेपाली राजदूतावासले इरानको मामिला पनि हेर्दै आएको छ ।

मन्त्री देउवाले राजदूतसहरुसँग सम्पर्क गरी त्यहाँ रहेका नेपाली नागरिकहरुको सुरक्षालाई उच्च प्राथमिकतामा राखेर काम गर्न, नेपाली समुदायसँग निरन्तर सम्पर्कमा रहन र सम्बन्धित मुलुकले जारी गरेका सुरक्षा सतर्कता सम्बन्धी अद्यावधिक सूचना नियमित रुपमा प्रवाह गरी नेपालीहरुलाई निरन्तर सुसूचित गर्न निर्देशन दिएको विज्ञप्तिमा जनाइएको छ ।

इजरायल र इरानबीच विकसित घटनाक्रमलाई नेपाल सरकारले नजिकबाट नियालिरहेको र त्यहाँ रहेका नेपालीहरुको हित सुनिश्चित गर्न आवश्यकता अनुसार उपयुक्त कदम चालिने पनि मन्त्रालयले उल्लेख गरेको छ ।

प्रकाशित मिति : १ असार २०८२, आइतबार  ५ : २० बजे

जेठमा घर जग्गा कारोबारबाट पाँच अर्ब २४ करोड राजस्व संकलन

काठमाडौँ । देशभरका भूमि प्रशासन कार्यालयले गत जेठ महिनामा रु

फिशिङ लिंकयुक्त एसएमएसप्रति सतर्क रहन दूरसञ्चार प्राधिकरणको आग्रह

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले अपरिचित तथा अनधिकृत नम्बरबाट आउने

चितवनबाट अपहरणमा परेका बालक काठमाडौंमा, पाँच भारतीय पक्राउ

काठमाडौं । चितवनबाट अपहरणमा परेका बालकको सकुशल उद्दार गरिएको छ

संसदीय समितिमा यातायातको चर्चा : चालक अभावदेखि भारतीय गाडीले पूर्वाधार बिगारेकोसम्म

काठमाडौं- प्रतिनिधि सभाका १० विषयगत समितिमध्ये मंगलबार पूर्वाधार विकास समितिको