ब्रिफकेस छाडेर कपडाको झोलामा बजेट  « Khabarhub

ब्रिफकेस छाडेर कपडाको झोलामा बजेट 


१ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


735
Shares
  • change font
  • change font
  • change font

पोखरा– गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री डा टकराज गुरुङले प्रदेश सभाको बैठकमा आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्न थालेका छन् । 

४ बजे बैठक सुरु हुने कार्यसूची रहे पनि एक घन्टा ढिला गरी सुरु भएको छ । 

अर्थमन्त्री गुरुङले अघिल्ला वर्ष ब्रिफकेसमा बजेट ल्याए पनि यसपालि कपडाको झोलामा बजेट लिएर आए । छालाको फिता भएको झोलालाई बाहिरबाट रंगीन कागजले मोडिएको थियो ।  

मन्त्री गुरुङले सार्वजनिक निजी साझेदारीमा प्रदेशको विकासका खाका कोरिएको बताए । उनले संघीयताका लाभ समन्यायिक तरिकाबाट अनुभूति गराउने गरी प्रदेशले काम गरिरहेको बताए । 

उनले चालु आर्थिक वर्ष २०८१/८२ मा गण्डकी प्रदेशको आर्थिक वृद्धिदरले राष्ट्रिय औसतलाई उछिनेर तीव्र गतिमा विस्तार हुने बताए । राष्ट्रिय अर्थतन्त्र ३.९९ प्रतिशतले विस्तार हुने अनुमान हुँदा गण्डकी प्रदेशको अर्थतन्त्र भने आधारभूत मूल्यमा ४.८८ प्रतिशतले बढ्ने आधार उनले प्रस्तुत गरेको हो । 

प्रदेशको कुल गार्हस्थ्य उत्पादन (उपभोक्ता मूल्यमा) चालु आर्थिक वर्षमा करिब ५ खर्ब ४८ अर्ब रुपैयाँ पुग्ने प्रारम्भिक अनुमान गरिएको छ, जुन गत आर्थिक वर्षको संशोधित अनुमान रु. ५ खर्ब १८ अर्बभन्दा उल्लेख्य रूपमा बढी रहेको उनले बताए ।

प्रकाशित मिति : १ असार २०८२, आइतबार  ५ : ३० बजे

भारतीय प्रधानमन्त्री मोदीलाई प्रधानमन्त्री शाह र सभापति लामिछानेको बधाई

काठमाडौं – सार्वजनिक जीवन यात्राको २५औँ वर्षगाँठ मनाइरहेका भारतीय प्रधानमन्त्री

प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब नाघ्यो

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप

भव्य रह्यो ‘मिस ग्ल्याम वर्ल्ड नेपाल २०२६’ को अडिसन

काठमाडौं – राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस ग्ल्याम वर्ल्ड नेपाल–२०२६’ को

दार्जिलिङमा गीतकार आर.बी. खड्काको ‘फर्केर हेर्दा’ भव्य रूपमा लोकार्पण

दार्जिलिङ – गीतकार आर.बी. खड्काद्वारा रचित गीतसङ्ग्रह ‘फर्केर हेर्दा’ भारतको

भ्रष्टाचार नियन्त्रण गर्न सक्ने कांग्रेस बनाउन केन्द्रीय सदस्यमा मेरो उम्मेदवारी : निर्मला बास्ताकोटी

काठमाडौँ – नेपाली कांग्रेसकी नेत्री निर्मला बास्ताकोटीले भ्रष्टाचार नियन्त्रण गर्न