ब्रिफकेस छाडेर कपडाको झोलामा बजेट  « Khabarhub

ब्रिफकेस छाडेर कपडाको झोलामा बजेट 


१ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


735
Shares
  • change font
  • change font
  • change font

पोखरा– गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री डा टकराज गुरुङले प्रदेश सभाको बैठकमा आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्न थालेका छन् । 

४ बजे बैठक सुरु हुने कार्यसूची रहे पनि एक घन्टा ढिला गरी सुरु भएको छ । 

अर्थमन्त्री गुरुङले अघिल्ला वर्ष ब्रिफकेसमा बजेट ल्याए पनि यसपालि कपडाको झोलामा बजेट लिएर आए । छालाको फिता भएको झोलालाई बाहिरबाट रंगीन कागजले मोडिएको थियो ।  

मन्त्री गुरुङले सार्वजनिक निजी साझेदारीमा प्रदेशको विकासका खाका कोरिएको बताए । उनले संघीयताका लाभ समन्यायिक तरिकाबाट अनुभूति गराउने गरी प्रदेशले काम गरिरहेको बताए । 

उनले चालु आर्थिक वर्ष २०८१/८२ मा गण्डकी प्रदेशको आर्थिक वृद्धिदरले राष्ट्रिय औसतलाई उछिनेर तीव्र गतिमा विस्तार हुने बताए । राष्ट्रिय अर्थतन्त्र ३.९९ प्रतिशतले विस्तार हुने अनुमान हुँदा गण्डकी प्रदेशको अर्थतन्त्र भने आधारभूत मूल्यमा ४.८८ प्रतिशतले बढ्ने आधार उनले प्रस्तुत गरेको हो । 

प्रदेशको कुल गार्हस्थ्य उत्पादन (उपभोक्ता मूल्यमा) चालु आर्थिक वर्षमा करिब ५ खर्ब ४८ अर्ब रुपैयाँ पुग्ने प्रारम्भिक अनुमान गरिएको छ, जुन गत आर्थिक वर्षको संशोधित अनुमान रु. ५ खर्ब १८ अर्बभन्दा उल्लेख्य रूपमा बढी रहेको उनले बताए ।

प्रकाशित मिति : १ असार २०८२, आइतबार  ५ : ३० बजे

सुनचाँदीको मूल्य लगातार उकालो

काठमाडौं– पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेको

‘एभेन्जर्स : डुम्स डे’ को टिजर सार्वजनिक, ‘क्याप्टेन अमेरिका’ को धमाकेदार कमब्याक

काठमाडौँ– हलिउडको बहुप्रतीक्षित सुपरहिरो फिल्म ‘एभेन्जर्स : डुम्स डे’ को

क्रान्तिकारी शक्ति एकताबद्ध हुन प्रचण्डको अपिल

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले सम्पूर्ण क्रान्तिकारी शक्तिलाई

सभापति देउवा र सञ्चारमन्त्री खरेलबीच निर्वाचनबारे छलफल

काठमाडौं– वर्तमान सरकार निर्वाचनको वातावरण बनाउन क्रियाशील छ ।  आगामी

हामी मिलेर हाम्रो आशाको बंगलादेश बनाउनेछौँ : तारिक रहमान

ढाका– बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) का कार्यकारी अध्यक्ष तारिक रहमानले