सासु भत्तामा किर्ते : नरैनापुरका पूर्वअध्यक्षसहित १७ विरुद्ध भ्रष्टाचार मुद्दा « Khabarhub

सासु भत्तामा किर्ते : नरैनापुरका पूर्वअध्यक्षसहित १७ विरुद्ध भ्रष्टाचार मुद्दा


१ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाँकेको साविक नरैनापुर गाविसका तत्कालीन अध्यक्ष अजयकुमार श्रीवास्तवसहित १७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

तत्कालीन गाविसमा सामाजिक सुरक्षा भत्ता वितरण गर्दा गाविस सचिव र मुखियाले मिलेमतो गरी भ्रष्टाचार गरेको अभियोग आयोगले लगाएको हो ।

उनीहरूले नियम विपरीत भत्ता वितरण एवम्‌ लिने खाने समेत गरेको भन्नेसमेत व्यहोराको उजुरी आयोगमा परेको थियो । उक्त उजुरीबारे अनुसन्धान हुँदा नरैनापुरमा आर्थिक वर्ष २०५७/५८ देखि २०७२/७३ सम्म उमेर नपुगेका १९ जनाका नाममा सामाजिक सुरक्षा भत्ता वितरण गरेको भेटिएको आयोगले जानकारी दिएको छ ।

ती व्यक्तिहरूलाई नागरिकतामा उल्लेखित जन्ममिति र नागरिकता जारी मिति अन्देखा गरी ज्येष्ठ नागरिक तथा दलित ज्येष्ठ नागरिकको रूपमा, नागरिकताको प्रमाणपत्र नभएको व्यक्तिलाई एकल महिलाको रूपमा र भारतमा विवाह गरी गएका महिलालाई एकल महिलाको रूपमा तत्कालीन सचिव र अध्यक्षले सामाजिक सुरक्षा लाभग्राही परिचयपत्र जारी गराई सामाजिक सुरक्षा भत्ता वितरण गरी ६ लाख ५६ हजार ७०० रुपैइँ हिनामिना गरेको आरोप उनीहरूविरुद्ध लागेको हो ।

आयोगले विशेष अदालतमा दायर गरेको अभियोगपत्रमा गाविसका पूर्वअध्यक्ष श्रीवास्तवसहित साविक नरैनापुर गाउँ विकास समितिको कार्यालयका सचिव अशोक कुमार श्रीवास्तव, भत्ता बुझी लिने साहजिमा खातुन, अवधराम बढही, राम जिवन पासी, मनोरानी अहिरनी, रामचन्द्र धोबी, लायसरीफ खाँ, मोमिना पठानीन, हामिया पठानीन, नन्कौ मुराउ, जंगली कडरिया, हरीराम अहिर र बारी खाँ गरी थप १द्द जनालाई प्रतिवादी बनाइएको छ ।

यसैगरी साविक नरैनापुर गाउँ विकास समितिको कार्यालयबाट सामाजिक सुरक्षा भत्ता बुझी लिने मोति भुजुवा र सन्तराम बडहीविरुद्ध पनि भ्रष्टाचार मुद्दा परेको छ ।

गैरकानूनी रूपमा सामाजिक सुरक्षा भत्ता बुझेका पाटेश्वरी सिंह ठाकुर, मुज्फर खाँ, राम सुमझ कुर्मी, जलील खाँ र राम सेवक कुर्मीको मृत्यु भइसकेको विवरण प्राप्त भएकोले आयोगले बिगोको हकमा प्रतिवादी तत्कालीन गाविस सचिव सावितराम कुर्मीबाट असुल उपर हुन मागदाबी लिएको छ ।

प्रकाशित मिति : १ असार २०८२, आइतबार  ५ : ४० बजे

अवैध रूपमा विदेशी मुद्रा लुकाएको आरोपमा तीन बंगलादेशी पक्राउ

ललितपुर – अवैध रूपमा नेपाली तथा विदेशी मुद्रा सञ्चित गरी

वडा दशैंको आगमनसँगै झिलिमिली बत्तीले सिँगारियो मैतीदेवी मन्दिर  (तस्बिरहरू)

काठमाडौं – वडा दशैंको आगमनसँगै काठमाडौंको मैतीदेवी मन्दिर झिलिमिली बत्तीले

विज्ञापन क्षेत्रलाई स्वचालित र सशक्त उद्योगका रूपमा विकास गर्न सरकार तयार छ : सञ्चारमन्त्री

ललितपुर – सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले विज्ञापन क्षेत्रलाई

भारतीय प्रधानमन्त्री मोदीलाई प्रधानमन्त्री शाह र सभापति लामिछानेको बधाई

काठमाडौं – सार्वजनिक जीवन यात्राको २५औँ वर्षगाँठ मनाइरहेका भारतीय प्रधानमन्त्री

प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब नाघ्यो

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप