सडक दुर्घटना न्यूनीकरण र सुरक्षित यात्राको लागि यातायात व्यवसायीको भूमिका महत्त्वपूर्ण’ « Khabarhub

सडक दुर्घटना न्यूनीकरण र सुरक्षित यात्राको लागि यातायात व्यवसायीको भूमिका महत्त्वपूर्ण’


१ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले सडक दुर्घटना न्यूनीकरण र सुरक्षित यात्राको सुनिश्चितता लागि यातायात व्यवसायीहरूको भूमिका महत्त्वपूर्ण हुने बताएका छन् ।

आइतबार पार्टी कार्यालय सानेपामा नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संघको दोस्रो महाधिवेशनबाट निर्वाचित पदाधिकारी सदस्यहरूको पदस्थापन समारोहमा सभापति देउवाले पछिल्लो समय सडक दुर्घटना बढ्दै गएको अवस्थामा सडक, दुर्घटना न्यूनीकरण र सुरक्षित यात्राको सुनिश्चितता लागि यातायात व्यवसायीहरूको भूमिका महत्त्वपूर्ण हुने बताएका हुन् ।

व्यवसायीक हकहितको सुरक्षासँगै आम नागरिकलाई सहज, सुरक्षित र भरपर्दो यात्रा गराउने साझा दायित्व भएको उनले बताए ।  

सभापति देउवा यातायात क्षेत्रमा देखिएका विविध समस्याको समाधानतर्फ एकताबद्ध प्रयास गर्नुपर्ने भन्दै यसमा कांग्रेसले पहल गर्ने प्रतिबद्धता जनाए  । 

प्रकाशित मिति : १ असार २०८२, आइतबार  ७ : १० बजे

सुनचाँदीको मूल्य लगातार उकालो

काठमाडौं– पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेको

‘एभेन्जर्स : डुम्स डे’ को टिजर सार्वजनिक, ‘क्याप्टेन अमेरिका’ को धमाकेदार कमब्याक

काठमाडौँ– हलिउडको बहुप्रतीक्षित सुपरहिरो फिल्म ‘एभेन्जर्स : डुम्स डे’ को

क्रान्तिकारी शक्ति एकताबद्ध हुन प्रचण्डको अपिल

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले सम्पूर्ण क्रान्तिकारी शक्तिलाई

सभापति देउवा र सञ्चारमन्त्री खरेलबीच निर्वाचनबारे छलफल

काठमाडौं– वर्तमान सरकार निर्वाचनको वातावरण बनाउन क्रियाशील छ ।  आगामी

हामी मिलेर हाम्रो आशाको बंगलादेश बनाउनेछौँ : तारिक रहमान

ढाका– बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) का कार्यकारी अध्यक्ष तारिक रहमानले