कर्णाली प्रदेशसभामा विपक्षीको अवरोध, बजेट अनिश्चित « Khabarhub

कर्णाली प्रदेशसभामा विपक्षीको अवरोध, बजेट अनिश्चित


१ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

सुर्खेत – कर्णाली प्रदेशसभामा आज असार १ मा बजेट नआउने निश्चित भएको छ । कर्णाली प्रदेश सरकारले ल्याएको ‘योजना बैङ्क’ अपारदर्शी र एकलौटी भएको भन्दै प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र), राप्रपा र एकीकृत समाजवादीले बजेट प्रस्तुत प्रक्रियामा सहभागी नहुने बताएपछि प्रदेशसभा बैठक बस्न नसकेको हो ।

आइतबार दिउँसो तीन बजे बस्ने भनिएको प्रदेश सभा बैठक दलहरुबीच विवाद उत्पन्न हुँदा अझै अनिश्चित बनेको छ । अहिले शीर्ष नेताहरुको छलफल सुरु भएको माओवादी केन्द्रका सांसद दुर्गाबहादुर रावतले बताए ।

संसदीय दलका नेता राजकुमार शर्मा, कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही र मुख्यमन्त्री यामलाल कँडेलबीच छलफल भएपनि अहिले सम्म टुङ्गो लाग्न नसकेको छैन् ।

प्रमुख प्रतिपक्ष दलले बजेट नआउन नदिएर योजना बैंकको नाममा अवरोध गरेको नेकपा (एमाले)का प्रमुख सचेतक टेकराज पछाईले बताए । ‘उहाँहरुले के कारणले बजेट ल्याउन नखोज्नु भएको हो । त्यो थाहा भएन्,’ उनले भने,‘बजेट ल्याउन नदिनुमा योजना बैंकभन्दा पनि अरु केही स्वार्थ जोडिएको हुनुपर्छ ।’

योजना छनौट अपारदर्शी भएको भन्दै माओवादी केन्द्र लगाएतका दलहरुले बिरोध गरेपनि योजना बैंक योजना छनौट पारदर्शी भएको पछाईले बताए । ‘योजना नआउदै अगाडी कसरी अपारदर्शी भयो भन्ने ?,’ उनले भने,‘पहिला बजेट आउन दिनुपर्यो ।’

कर्णालीमा सत्ता पक्ष बजेट ल्याउनका लागि अन्तिम तयारीमा रहेको बेला प्रतिपक्ष दलहरुले बिरोध गरेका कारणले बजेट ल्याउन नसकेका हुन् ।

प्रकाशित मिति : १ असार २०८२, आइतबार  ९ : २६ बजे

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई जनाको मृत्यु

काठमाडौँ । पोखरा महानगरपालिका-१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नापी अधिकृत डिल्ली बहादुर वलीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । काठमाडौं नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली

सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे

सङ्खुवासभा – जिल्लामा हालसम्म स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या ५६० पुगेको

काठमाडौँको बूढानीलकण्ठबाट २१ किलो सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठमा बरामद झण्डै २२ किलो सुन चिनियाँ

विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण

काठमाडौं – विश्व दृष्टि दिवस २०२६ का अवसरमा त्रिपुरेश्वरस्थित नेपाल