अहमदावाद विमान दुर्घटनाः दोस्रो ‘ब्ल्याक बक्स’ पनि भेटियो | Khabarhub Khabarhub

अहमदावाद विमान दुर्घटनाः दोस्रो ‘ब्ल्याक बक्स’ पनि भेटियो


१ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

अहमदावाद – भारतको अहमदाबाद शहरको आवासीय क्षेत्रमा बिहीबार दुर्घटनाग्रस्त विमानको दोस्रो ‘ब्ल्याक बक्स’ पनि आइतबार भेटिएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीका वरिष्ठ सहयोगी पिके मिश्रले जहाज दुर्घटनापूर्वको जहाजभित्रको जानकारी राख्ने दुबै ‘ब्ल्याक बक्स’ भेटिएको पु्ष्टि गरेका छन् ।

यसअघि गत शुक्रबार पहिलो ‘ब्ल्याक बक्स रेकर्डर’ भेटिएको थियो । अहमदावादबाट बेलायतको लण्डनतर्फ जाँदै गरेको एयर इन्डियाको बोइङ ७८७–८ ड्रिमलाइनर विमान बिहीबार मध्याह्न करिब १०० मिटर ९३३० फिट० को उचाइमा रहँदा दुर्घटनाग्रस्त भएको थियो ।

विमानमा चालक दलकासदस्यसहित २४२ जना यात्रु सवार थिए । एक व्यक्ति चमत्कारिक रुपमा दुर्घटनाग्रस्त विमानमा बाँच्न सफल भएका थिए ।

प्रहरी उपप्रमुख कानन देसाईले अहिलेसम्म २७९ जनाको शव गणना गरिएको र ४७ जनाको शव पहिचान गरिएको छ । विमान दुर्घटना भएको घटनास्थलमा कम्तीमा ३७ जना गैर यात्रीको मृत्यु भएको जानकारी दिए । मृतकहरूको औपचारिक सङ्ख्या मृत शरीरको डिएनए परीक्षणपछि मात्र घोषणा गर्न सकिने प्रशासनले जनाएको छ ।

प्रकाशित मिति : १ असार २०८२, आइतबार  १० : ३२ बजे

काठमाडौंका सडक सुनसान

काठमाडौं– विजयादशमीको बिहान आज काठमाडौं उपत्यकाका सडक सुनसान जस्तै छन्

राजमार्गका यात्रु प्रतीक्षालय रङ्ग्याउँदै झलारीका युवा

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० झलारीका युवा दशैँका अवसरमा यात्रु प्रतीक्षालय

राष्ट्रपति पौडेलले आमनागरिकलाई दशैँको टीका नलगाउने

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैँको अवसरमा यस वर्ष नागरिकलाई टीका

स्वास्थ्यका दृष्टिले बहुउपयोगी जमरा

दशैँमा मान्यजनबाट टीका र जमरा ग्रहण गर्ने चलन परापूर्व कालदेखि

विशेष कृषि मौसम बुलेटिन : बालीनालीको उचित व्यवस्थापन गर्न सुझाव

काठमाडौं– जल तथा मौसम विज्ञान विभागले यही असोज १७ गतेबाट