दाङमा भएका छुट्टाछुट्टै घटनामा चार जनाको मृत्यु « Khabarhub

दाङमा भएका छुट्टाछुट्टै घटनामा चार जनाको मृत्यु


३१ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

दाङ– दाङमा छुट्टाछुट्टै घटनामा चार जनाको मृत्यु भएको छ । जसमा दुईजनाको नदीमा डुबेर र दुईजनाको मोटरसाइकल दुर्घटनामा ज्यान गएको हो ।

बबई नदीमा पौडी खेल्ने क्रममा डुबेर तुलसीपुरका दुई किशोरको मृत्यु भएको छ । बबई गाउँपालिका–४ पुरन्धारा छहरा नजिकै नदीमा पौडी खेल्ने क्रममा तुलसीपुर उपमहानगरपालिका–२ का १७ वर्षीय विधान केसी र सोही ठाउँका १६ वर्षीय कुशल बुढामगरको मृत्यु भएको हो ।

साथीहरूसँग पौडी खेल्न गएका उनीहरू नदीमा डुबेर हराएको हापुरे इलाका प्रहरी कार्यालयका प्रहरी प्रमुख देव केसीले जानकारी दिए । शव परीक्षणका लागि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा राखिएको छ ।

त्यसैगरी मोटरसाइकल दुर्घटनामा परी दुई किशोरको मृत्यु भएको छ । रामपुर–घोराही सडकको सिस्नेखोला पुलमा दुर्घटनामा परी गढवा गाउँपालिका–८ का १८ वर्षीय रोहित विक र १६ वर्षीय निशान विकको मृत्यु भएको हो ।

दुवै जनाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारका क्रममा सोमबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता चक्रबहादुर शाहले जानकारी दिए ।

रामपुरबाट घोराहीतर्फ आउँदै गरेको रा७प ३२७० नम्बरको मोटरसाइकल घोराही उपमहानगरपालिका–४ सिस्नेखोलामा बेलुका ७ बजे आफैँ अनियन्त्रित भई दुर्घटना भएको हो ।

दुवै जनाको शव राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको प्रहरीले जनाएको छ । (रासस)

प्रकाशित मिति : ३१ असार २०८२, मंगलबार  ७ : १२ बजे

नभसुरक्षामा नेपाली सेना सक्रिय

काठमाडौं – नेपाली सेनाको हवाई सेवाले दुई लाख घण्टाभन्दा बढी

दीपेन्द्रको अर्धशतकमा सुदूरपश्चिमको पहिलो जित, पोखरा ६ विकेटले पराजित

काठमाडाैं – कप्तान दीपेन्द्रसिंह ऐरीको अविजित अर्धशतकप्रेरित सुदूरपश्चिम रोयल्सले नेपाल

पोखराविरुद्ध सुदूरपश्चिमलाई चौथो झट्का, इशान पाण्डे आउट

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा पोखरा एभेन्जर्सविरुद्ध सुदूरपश्चिम

चिकित्सा शिक्षा क्षेत्रमा राखिएका माग सम्बोधन गरिने

काठमाडौं – स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका आन्दोलनरत विभिन्न पक्षसँग

स्वयम्भू संरक्षणका लागि पाँच करोड ४० लाख बजेट स्वीकृत

काठमाडौँ – विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूको संरक्षण तथा व्यवस्थापनका लागि