बर्खास्त गर्नुपर्ने मन्त्रीको कांग्रेस ‘साक्षी किनाराका सदर’ : शेखर कोइराला « Khabarhub

बर्खास्त गर्नुपर्ने मन्त्रीको कांग्रेस ‘साक्षी किनाराका सदर’ : शेखर कोइराला


३१ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ दल नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले बर्खास्त गर्नुपर्ने मन्त्रीलाई मन्त्रिपरिषद बैठकमा सहभागी गराइएको प्रति आश्चर्य व्यक्त गरेका छन् ।

मंगलबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत नेता कोइरालाले सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताप्रति सङ्केत गर्दै घुस काण्डका प्रमाण आइसक्दा पनि बर्खास्त हुनुको साटो प्रधानमन्त्रीसँग मिठा कुरा गरेर मन्त्रिपरिषदमा सहभागी भएको उल्लेख गर्दै आश्चर्य प्रकट गरेका हुन् । 

उनले उक्त प्रकरणमा आफ्नै दल नेपाली कांग्रेस साक्षी किनाराको सदर भएको उल्लेख गर्दै विपक्षीले पनि सदनमा कर्मकाण्डी राजीनामा मात्रै माग्ने गरेको टिप्पणी गरेका छन् ।

उनले लेखेका छन्– ‘मन्त्रीक्वार्टरमा बिहानै आएर विचौलियाले घुसको ब्रिफकेस छाड्छन्, आफ्नो विरुद्धमा प्रमाण जुटेपछि बर्खास्त हुनुपर्नेमा प्रधानमन्त्रीसँग मिठा कुरा गरेर मन्त्री मन्त्रिपरिषद बैठकमा भाग लिन्छन् । सदनमा विपक्षी कर्मकाण्डी राजीनामा माग्छन् तथा गठबन्धनका सहयात्री हामी नेपाली कांग्रेस भने ‘साक्षी किनाराका सदर’ भएका छौँ ।’

कर्मचारीहरूको सरुवा तथा भूमिसुधार मन्त्रालयअन्तर्गतको मालपोत अधिकृतको सरुवा गराउने विषयमा घुस डिल गरेको अडियो सार्वजनिक भएपछि मन्त्री गुप्ता यस प्रकरणमा मुछिएका छन् ।

मन्त्री गुप्ताले मालपोत कार्यालय कास्कीका तत्कालीन प्रमुखको सरुवा रोक्न ५३ लाख र एमालेका गण्डकी प्रदेश सदस्य खेमबहादुर पुनलाई भूमि आयोग कास्कीको अध्यक्षमा नियुक्त गर्न २५ लाख रुपैयाँ घुसको डिल गरेको अडियोसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि अख्तियारले छानबिन अघि बढाएको छ ।

गुप्ताले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीलाई पनि मुछेका थिए तर त्यस विषयमा मन्त्री अधिकारीले सोमबारको प्रतिनिधिसभा बैठकमा स्पष्टीकरण दिएका छन् ।

प्रकाशित मिति : ३१ असार २०८२, मंगलबार  ८ : ४० बजे

स्थानीय उत्पादन प्रवर्द्धन गर्न गोङ्गबुमा कृषि मेला

काठमाडौं–  स्थानीय उत्पादन प्रवर्द्धनका लागि गोङ्गबुमा कृषि मेला आयोजना भएको

वीरगञ्ज भन्सारको राजस्व पेट्रोलियम पदार्थ र सवारीसाधन आयातमा निर्भर

वीरगञ्ज – वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पाँच महिनामा

७५० केजी गाँजासहित दुई जना पक्राउ

उदयपुर– उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिकामा पर्ने मदन भण्डारी सडकबाट ७५०

थाइल्यान्ड र क्याम्बोडियाबीच शान्ति सम्झौता

एजेन्सी– थाइल्यान्ड र क्याम्बोडियाले शनिबार तत्काल युद्धविराममा सहमति जनाएका छन्

गोरु पाल्ने किसानलाई बिहादी गाउँपालिको अनुदान

पर्वत– जिल्लाको बिहादी गाउँपालिकाले गोरु पाल्ने किसानलाई प्रोत्साहनस्वरुप अनुदान प्रदान