इरानी राजदूत भन्छन्– भारतले क्षेत्रीय शान्ति प्रवर्द्धन गर्न थप भूमिका खेल्नुपर्छ « Khabarhub

इरानी राजदूत भन्छन्– भारतले क्षेत्रीय शान्ति प्रवर्द्धन गर्न थप भूमिका खेल्नुपर्छ


३१ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतका लागि इरानका राजदूतले भारतलाई क्षेत्रीय शान्ति प्रवर्द्धनका लागि थप भूमिका खेल्न आग्रह गरेका छन् । इरानी राजदूत इराज एलाहीले प्यालेस्टाइनी मामिलाबारे आयोजित सम्मेलनको साइडलाइनमा यस्तो आग्रह गरेका हुन् ।

भारतीय समाचार संस्था एएनआईसँगको कुराकानीका क्रममा उनले भारत ठूलो मुलुक भएकाले क्षेत्रीय स्थीरता र शान्तिका लागि थप प्रभावकारी भूमिका खेल्नुपर्ने बताएका हुन् । उनले अमेरिका र इजरायलले ठूलो षड्यन्त्र गरिरहेको पनि आरोप लगाए ।

ती मुलुकले अनेक योजना र गतिविधि सञ्चालन गरी पश्चिम एशियाको नक्सा नै परिवर्तन गर्न खोजेको पनि उनको आरोप छ ।

उनले अहिले गाजा क्षेत्रमा भइरहेको जातीय नरसंहार सारा मानवताका लागि लज्जाको विषय रहेको पनि टिप्पणी गरे ।

इजरायलसँग राम्रो सम्बन्ध भएका मुलुकले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूलाई नरसंहार रोक्न लगाउनुपर्ने उनको भनाइ छ ।

प्रकाशित मिति : ३१ असार २०८२, मंगलबार  १ : ५९ बजे

बन्दसत्रबाट दुई प्रतिवेदन पारित गरेको कांग्रेस विशेष महाधिवेशनको उम्मेदवारी दर्ता आज

काठमाडौं – नेपाली कांग्रेस विशेष महाधिवेशनको उम्मेदवारी मनोनयन बुधबार हुँदैछ

काठमाडौंका कुनकुन स्थानमा आज बिजुली कटौती हुन्छ ?

काठमाडौं – नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा विद्युत्

निर्वाचन ५० दिन बाँकीः १७५ समानुपातिक उम्मेदवारले फिर्ता लिए नाम

काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल पुस ३० गते बुधबार तदनुसार