प्रेस सेन्सरसिप बढ्दै गएकोमा पाकिस्तानी मानव अधिकार आयोग चिन्तित « Khabarhub

प्रेस सेन्सरसिप बढ्दै गएकोमा पाकिस्तानी मानव अधिकार आयोग चिन्तित


३१ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पाकिस्तानमा प्रेस सेन्सरसिप बढ्दै गएकोमा त्यहाँको मानव अधिकार आयोगले चिन्ता व्यक्त गरेको छ । हालै पाकिस्तानको संघीय अनुसन्धान एजेन्सीको उजुरीका आधारमा अदालतले २७ वटा यूट्युब च्यानलमाथि प्रतिबन्ध लगाउन स्वीकृति दिएपछि पाकिस्तानको मानव अधिकार आयोगले गहिरो चिन्ता व्यक्त गरेको हो ।

सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै आयोगले पछिल्लो कदमबाट अभिव्यक्ति स्वतन्त्रताको संवैधानिक अधिकार उल्लंघन भएको जनाएको छ । सरकारलाई जवाफदेही बनाउन, सार्वजनिक बहसलाई प्रोत्साहन गर्न र विविध दृष्टिकोणले नागरिकलाई सुसूचित गर्न पनि अभिव्यक्ति स्वतन्त्रता अपरिहार्य रहेको आयोगले उल्लेख गरेको छ ।

यूट्युब च्यानलमाथि प्रतिबन्ध लगाउने कदमले मुलुकमा खतरनाक नजिर स्थापना गर्ने समेत आयोगले चेतावनी दिएको छ । इन्टरनेटलाई आलोचना दबाउने र भाष्य नियन्त्रण गर्ने साधनका रुपमा उपयोग गर्न नहुने आयोगको भनाइ छ ।

प्रकाशित मिति : ३१ असार २०८२, मंगलबार  २ : ३८ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया