प्रेस सेन्सरसिप बढ्दै गएकोमा पाकिस्तानी मानव अधिकार आयोग चिन्तित « Khabarhub

प्रेस सेन्सरसिप बढ्दै गएकोमा पाकिस्तानी मानव अधिकार आयोग चिन्तित


३१ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पाकिस्तानमा प्रेस सेन्सरसिप बढ्दै गएकोमा त्यहाँको मानव अधिकार आयोगले चिन्ता व्यक्त गरेको छ । हालै पाकिस्तानको संघीय अनुसन्धान एजेन्सीको उजुरीका आधारमा अदालतले २७ वटा यूट्युब च्यानलमाथि प्रतिबन्ध लगाउन स्वीकृति दिएपछि पाकिस्तानको मानव अधिकार आयोगले गहिरो चिन्ता व्यक्त गरेको हो ।

सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै आयोगले पछिल्लो कदमबाट अभिव्यक्ति स्वतन्त्रताको संवैधानिक अधिकार उल्लंघन भएको जनाएको छ । सरकारलाई जवाफदेही बनाउन, सार्वजनिक बहसलाई प्रोत्साहन गर्न र विविध दृष्टिकोणले नागरिकलाई सुसूचित गर्न पनि अभिव्यक्ति स्वतन्त्रता अपरिहार्य रहेको आयोगले उल्लेख गरेको छ ।

यूट्युब च्यानलमाथि प्रतिबन्ध लगाउने कदमले मुलुकमा खतरनाक नजिर स्थापना गर्ने समेत आयोगले चेतावनी दिएको छ । इन्टरनेटलाई आलोचना दबाउने र भाष्य नियन्त्रण गर्ने साधनका रुपमा उपयोग गर्न नहुने आयोगको भनाइ छ ।

प्रकाशित मिति : ३१ असार २०८२, मंगलबार  २ : ३८ बजे

मधेशमा हुस्सु र कुहिरो, पहाडी भागमा आंशिक बादल

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अमर रहनेछन् प्रशान्त

काठमाडौं – ४३ वर्षको उमेर गायक प्रशान्तले केही दिनअघि धर्तीबाट

दुईवटा फर्म विभागको कारबाहीमा

काठमाडौं– नियमित रूपमा बजारको अनुमगन तथा निरीक्षण गर्दै आएको वाणिज्य,

काठमाडौंका विभिन्न स्थानमा आज बिजुली कटौती हुने

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा विद्युत् कटौती

निर्वाचनबाट नयाँ नेतृत्व छान्दै कांग्रेस विशेष महाधिवेशन : संस्थापनसँग वार्ताको ढोका खुलै

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशन निर्वाचनमै मोडिएको छ। रातभरका