विद्या भण्डारीको स्वीकारोक्ति- संसद् विघटनको घटनाले मलाई पछ्याइरहन्छ | Khabarhub Khabarhub

विद्या भण्डारीको स्वीकारोक्ति- संसद् विघटनको घटनाले मलाई पछ्याइरहन्छ

भनिन्- मेरो कार्यकाल पहिले पनि संसद् भंग भएका थिए


३१ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


423
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेमा आफ्नो भूमिकाका बारे केन्द्रीय कमिटीले निर्णय गर्ने बताएकी छन् ।

जननेता मदन भण्डारीको ७५ औं जन्मजयन्तीका मनाउने सन्दर्भमा मदन भण्डारी फाउण्डेशनले मंगलबार काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले एमालेको राजनीतिमा सक्रिय भएर आफूले देशको सेवा गर्ने बताइन्।

तर आफ्नो भूमिकाबारे एमाले केन्द्रीय कमिटीले निर्णय गर्ने पनि उनले बताएकी छन् । महाधिवेशनअघि केन्द्रीय कमिटी नै माथिल्लो निकाय भएकाले एमालेमा आफ्नो कुन संरचनामा के भूमिका हुने माथिल्लो तहको नेतृत्वले निर्णय गर्ने उनले बताइन् ।

त्यस्तै भण्डारीले विधान महाधिवेशनमा सन्दर्भमा दशौँ महाधिवेशनका प्रतिनिधिले नै भाग लिने भए पनि नयाँ सदस्यसमेत थपिएकाले यसबारे पनि पार्टी केन्द्रीय कमिटीले नै निर्णय लिने उल्लेख गरिन् ।

पूर्वराष्ट्रपति भण्डारीले संसद विघटनको घटनाले आफूलाई पछ्याइरहनेबारे आफू जानकार रहेको पनि बताएकी छन् ।

भण्डारीले कसैको कुनै प्रेसर र दबाबभन्दा कार्यकारी अधिकारप्राप्त मन्त्रिपरिषद्‍का निर्णयलाई आफूले कार्यान्वयन मात्रै गरेको दाबी गरेकी हुन्।

‘संसद् विघटनको कुराले मलाई पछ्याइरहन्छ। ०१७ सालको कुरा पनि आइरहन्छ। त्यसपछि आएर ०५१ सालको आइरहन्छ। त्यस्तै म राष्ट्रपति हुँदा दुईपटक संसद् विघटन भएका छन्’, उनले भनिन्, ‘कसैको कुनै प्रेसर र दबाबभन्दा मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन मात्रै गरेकी थिएँ। जे व्यवस्था छ, त्यहीअुनसार गरेँ। त्यो दबाबको विषय थिएन, विधि र व्यस्थाअनुसार मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गरेकी थिएँ ।’

भण्डारी राष्ट्रपति भएका बेला प्रधानमन्त्रीको हैसियतमा केपी शर्मा ओलीले दुईपटक संसद् विघटन सिफारिस गरेका थिए। २०७७ पुस ५ गते र ०७८ जेठ ७ गते प्रधानमन्त्री ओलीले गरेको विघटनको सिफारिसलाई भण्डारीले कार्यान्वयन गरेकी थिइन्। तर दुवै पटकको संसद् विघटनलाई सर्वोच्च अदालतले खारेज गरिदिएको थियो ।

उनले यसबारेमा खुलेरै कुरा गर्दै पत्रकारहरूलाई दृष्टान्त सुनाइन् । ‘तपाईंहरू छलफलमा भाग लिन चाहनुहुन्छ भने त्यसको राजनीतिक, संवैधानिक पाटो, इतिहासका कुरा छन्, देशलाई के गर्दा निकास दिनुपर्थ्यो, कुन बेला के काम गर्नुपर्छ ? त्यो कुरा छलफलको विषय हुनसक्छ’, उनले भनिन्, ‘यसमा दबाबको कुरा थिएन । मैले संवैधानिक विधि, व्यवस्थाअनुसार मन्त्रिपरिषद्बाट आएको कुरालाई कार्यान्वयन गरेको जानकारी गराउन चाहन्छु ।’

मदन भण्डारी फाउण्डेशनले मदन भण्डारीको जन्मजयन्ती मनाउन पूर्वराष्ट्रपति भण्डारीको संरक्षकत्वमा बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलको संयोजकत्वमा मूल व्यवस्थापन समिति गठन पनि गरेको छ ।

विचार गोष्ठी, वादविवाद, हाजिरी जवाफ, खेलकुद प्रतियोगिता लगाएतका रचनात्मक क्रियाकपालसहित मदन भण्डारीको जन्मजयन्तीलाई २०८२ र २०८३ सालभर मनाइने फाउण्डेशनले जनाएको छ ।

प्रकाशित मिति : ३१ असार २०८२, मंगलबार  ६ : १२ बजे

एमालेले जनतासँगको सम्बन्ध ब्यापक सुधार गर्नेछ : योगेश भट्टराई

काठमाडौं– नेकपा एमालेका सचिव योगेश भट्टराईले एमालेले जनतासँगको सम्बन्धमा व्यापक

राजेन्द्र बजगाईंको गुनासो- प्रतिशोध साँधेर मेरो होटलमा आगजनी गरियो

काठमाडौं– नेपाली कांग्रेसका नेता राजेन्द्र बजगाईंले प्रतिशोधीहरूले जेन–जी पुस्ताका आन्दोलनकारीलाई

पर्यटन क्षेत्रमा २५ अर्बको नोक्सानी, छिट्टै पुनरुत्थान हुने विश्वास

काठमाडौं– सुशासनलगायत विभिन्न मुद्दासहित जेन–जीले गरेको प्रदर्शनका कारण मुलुकले अपूरणीय

प्यालेस्टाइन कहिल्यै राष्ट्र बन्नेछैन : नेतन्याहू

एजेन्सी – इजरायली प्रधानमन्त्री बेञ्जामिन नेतन्याहूले प्यालेस्टाइन कहिल्यै स्वतन्त्र राष्ट्र

नयाँ सरकारसँग ऊर्जा क्षेत्रमा सहकार्य गर्न तयार : इप्पान

काठमाडौं– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले नयाँ आन्तरिक