भोजपुरको अरुण गाउँपालिकामा बहुउद्देश्यीय प्रतिष्ठान भवनको शिलान्यास « Khabarhub

भोजपुरको अरुण गाउँपालिकामा बहुउद्देश्यीय प्रतिष्ठान भवनको शिलान्यास


३१ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं— भोजपुरको अरुण गाउँपालिकामा भारत सरकारको सहयोगमा निर्माण हुने ‘अरुण बहुउद्देश्यीय प्रतिष्ठान भवन’को मंगलबार शिलान्यास गरिएको छ।

गाउँपालिकाका अध्यक्ष शालिकराम खत्री र नेपालस्थित भारतीय राजदूतावासका काउन्सलर अविनाश कुमार सिंहले संयुक्त रूपमा शिलान्यास गरेका हुन्।

कार्यक्रममा राजनीतिक दलका प्रतिनिधि, सरकारी अधिकारी र स्थानीय समाजसेवीहरू उपस्थित थिए ।

भारत सरकारको ‘नेपाल–भारत विकास सहकार्य’ कार्यक्रमअन्तर्गत करीब ३ करोड १८ लाख नेपाली रुपैयाँको लागतमा उक्त तीन तले भवन बन्न लागेको हो ।

उक्त भवनमा कक्षा कोठा, शिक्षक कक्ष, कार्यक्रम हल, बैठक कक्ष, छात्र तथा छात्राहरूका लागि छुट्टाछुट्टै शौचालय लगायत संरचना रहनेछन्। यो परियोजना उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रूपमा कार्यान्वयन गरिनेछ।

कार्यक्रममा वक्ताहरूले भारत सरकारद्वारा नेपालमा दिइँदै आएको विकास सहयोगको प्रशंसा गर्दै उक्त परियोजनाले भोजपुर क्षेत्रको शैक्षिक र सांस्कृतिक पूर्वाधार सुदृढीकरणमा टेवा पुर्‍याउने विश्वास व्यक्त गरे।

सन् २००३ यता भारत सरकारले नेपालभर ५७० भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरू अघि बढाएको छ, जसमध्ये ९३ परियोजना कोशी प्रदेशमा परेका छन्।

यसबाहेक भारतले नेपालभरका स्वास्थ्य र शैक्षिक संस्थाहरुलाई १०४९ वटा एम्बुलेन्स र ३०० वटा स्कुल बस उपहारस्वरूप प्रदान गरिसकेको छ। भोजपुर जिल्लाले ७ वटा एम्बुलेन्स र एकवटा स्कुल बस प्राप्त गरिसकेको छ।

नजिकको छिमेकी भएको नाताले भारत–नेपालबीचको विकास सहकार्य गहिरो र बहुआयामिक छ। उच्च प्रभाव परियोजनाहरूले नेपाल सरकारका प्राथमिकताका क्षेत्रमा टेवा दिन भारत सधैँ तयार रहेको दूतावासले जनाएको छ ।

उक्त भवन निर्माण सम्पन्न भएपछि अरुण गाउँपालिकामा सामाजिक, शैक्षिक तथा सांस्कृतिक गतिविधिहरू थप सशक्त हुने विश्वास गरिएको छ।

प्रकाशित मिति : ३१ असार २०८२, मंगलबार  ७ : २६ बजे

राष्ट्रपति पौडेलद्वारा निर्वाचन आयोगको प्रमुख आयुक्तमा मानबहादुर कार्की नियुक्त

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर

सहरी पूर्वाधार, सौर्य ऊर्जा र वातावरणीय व्यवस्थापनमा सहकार्य

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले काठमाडौं महानगरपालिकासँग सहकार्य

कुवेतको चिनियाँ कम्पनीमा इरानी आक्रमण : एकजना नेपालीको मृत्यु

काठमाडौं– पश्चिम एसिया युद्धको असर वैदेशिक रोजगारीमा रहेका नेपालीमा पनि

सुनसरीको तनाव सिरहा सर्‍यो, ठाउँ ठाउँमा आगजनी (तस्बिरहरू)

काठमाडौं– सुनसरीमा दुई समुदायबीच सुरु भएर अन्य जिल्लामा फैलिएको प्रदर्शन सिरहामा

देश जल्न थाल्यो, पूर्वराजा र राष्ट्रपति बोल्दा पनि तोडिएन प्रधानमन्त्रीको मौनता

काठमाडौं- पाँच दिनदेखि देशका विभिन्न क्षेत्रमा प्रहरी र प्रदर्शनकारीबीच झडप