प्रमुख सडकका १५० ठाउँमा बाढी र पहिरोको अवरोध, नौ ठाउँमा ठप्प « Khabarhub

प्रमुख सडकका १५० ठाउँमा बाढी र पहिरोको अवरोध, नौ ठाउँमा ठप्प


३० श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – चाडबाड सुरु भएसँगै यात्रुको चाप बढिरहँदा देशका प्रमुख राजमार्गका कम्तिमा १५० ठाउँमा बाढी-पहिरोको अवरोध भएको छ । यस्ता राष्ट्रिय राजमार्गका नौ ठाउँमा यातायात आवागमन नै ठप्प छ ।

सडक विभागले दिएको जानकारीअनुसार वैशाखयता ३७ राजमार्ग र सडकहरूमा यातायात अवरुद्ध भएकोमा अहिले पनि नौ स्थानमा आवागमन चलाउन सकिएको छैन ।

यसबीच यी राजमार्ग र सडकका ३२९ स्थानमा बाढी र पहिरोका कारण यातायात आवागमन बन्द भएको छ । ती मध्ये १७९ स्थानको अवरोध हटाएर यातायात सञ्‍चालनमा ल्याइएको छ । १४१ स्थानमा आवागमन एकतर्फी नै छ ।

हाल विभिन्न आठ राजमार्गका नौ स्थानमा भने सवारी आवागमन ठप्प नै छ । कम्तिमा तीनवटा पुलमा क्षति पुगेको छ ।

साउन १४ गते चीनको तिब्बतमा मुहान रहेको ल्हेन्दे खोलामा आएको विनाशकारी बाढीका कारण ठप्प गल्छी-त्रिशुली-वेत्रावती-मैलुङ-स्याफ्रुवेसी-रसुवागढी राजमार्ग अझै सञ्चालनमा आउन सकेको छैन ।

रसुवाको रसुवागढी, टिमुरे, तातोपानी र कुलुङमा सडक पूर्ण अवरुद्ध रहेको विभागले जानकारी दिएको छ । ढुङ्गा र पहिरो झरिरहेकाले म्याग्दीको रुप्सेमा तानसेन-रिडी-कोरला राजमार्ग अवरुद्ध छ ।

बाढीले बरुण नदीमा डाइभर्सन बगाउँदा कोशी राजमार्ग अन्तर्गत रानी-विराटनगर-इटहरी-धरान-धनकुटा-हिले र लेघुवाघाट-तुम्लिङ्गटार-खाँदवारी-नुम-किमाथाङ्का खण्ड पनि अवरुद्ध छ ।

ताप्लेजुङको फक्ताङलुङ वडा नं. ५ र ६ जोड्ने तमोर नदीमाथिको रानीपुल बेलीबृज साउन ४ गते चलेको बाढीले बगाएपछि तमोर करिडोर पनि अवरुद्ध अवस्थामा छ ।

पश्चिम रुकुमको चौखा खोला, रिचगाढ, उसुम खोला र छलगाढमा शाखा बाटो र खोलाबाट आएको लेदोसहितको बाढीका कारण भेरी कोरिडोरमा पनि सवारी आवागमन रोकिएको छ ।

सिन्धुपाल्चोकको कोदारीमा पनि सडक अवरुद्ध छ । तर, विभागले सडक अवरुद्ध हुनुको कारण खुलाएको छैन ।

पहिरो खसिरहेका कारण रोल्पाको पुतलाचौर ग्राम्जिममा पनि शहीद मार्ग १० दिनदेखि अवरुद्ध छ । बागलुङको कालीखोलामा ठूला चट्टानसहित पहिरो खस्दा कालीगण्डकी करिडोरमा पनि आवागमन रोकिएको छ ।

ढुङ्गामाटो र रुखसहित पहिरो खस्दा दैलेखको बाघदुलामा पनि सुर्खेत-जुम्ला सडक पनि आज अवरुद्ध अवस्थामा छ ।

बाढी र पहिरोका कारण अवरोध पुगेका सडक खुलाउन प्रयास भइरहेको विभागले जनाएको छ । केही सडक खुलाउन समयसीमा नै तोकेर काम अघि बढाएको विभागले बढी क्षति पुगेका सडक पुनःनिर्माणबारे भने कुनै समयतालिका सार्वजनिक गरेको छैन ।

प्रकाशित मिति : ३० श्रावण २०८२, शुक्रबार  १२ : ५८ बजे

चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने

काठमाडौं– सार्वजनिक निजी साझेदारीमार्फत चितवनको शक्तिखोर औद्योगिक क्षेत्र निर्माण एवम्

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारी

बागमती– बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने गरी

बाँसका भौतिक संरचना निर्माणसम्बन्धी मार्गदर्शन-२०८२ सार्वजनिक भएपछि उत्साहित छ ‘रूपाकोट मझुवागढी’

खोटाङ- नेपाल सरकारले बाँसबाट निर्माण हुने भौतिक संरचनाको डिजाइनसम्बन्धी मार्गदर्शन–२०८२

तनहुँ जलविद्युत् आयोजनाका प्रभावितबाट मुआब्जा माग

तनहुँ– तनहुँ जलविद्युत् आयोजनाबाट प्रभावित व्यास नगरपालिका– १३ बेलवासका स्थानीयले

साँघुरा ढोकाले थापाथलीका चार अखडामा गाई पाल्न समस्या

काठमाडौं– एसियाली विकास बैंक (एडीबी) को सहयोगमा पुनर्निर्माण भएका थापाथली