उत्तरको राजनीतिक प्रणालीप्रति ‘सम्मान’ छ, ‘सैन्य विश्वास’ निर्माण गर्छौँ : दक्षिण कोरियाली राष्ट्रपति ली « Khabarhub

उत्तरको राजनीतिक प्रणालीप्रति ‘सम्मान’ छ, ‘सैन्य विश्वास’ निर्माण गर्छौँ : दक्षिण कोरियाली राष्ट्रपति ली


३० श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

सियोल- दक्षिण कोरियाली राष्ट्रपति ली जे म्युङले शुक्रबार उत्तर कोरियाको राजनीतिक प्रणालीप्रति ‘सम्मान’ जनाउँदै दुई कोरियाबीच ‘सैन्य विश्वास’ निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

यो अभिव्यक्ति उत्तर कोरियाले दक्षिण कोरियासँग सम्बन्ध सुधार गर्ने कुनै चासो नभएको बताएको एक दिनपछि आएको हो ।

जुन महिनामा निर्वाचित भएका राष्ट्रपति लीले उत्तर कोरियासँग सम्पर्क पुनःस्थापना र बिना शर्त वार्ताको प्रस्ताव गर्दै आएका छन् । यसलाई उनका कट्टरपन्थी पूर्ववर्तीहरूको नीतिबाट पूर्णतया विपरीत मानिन्छ ।

जापानी शासनबाट कोरियाको मुक्ति भएको दिन अगस्ट १५ को अवसरमा आयोजित समारोहमा बोल्दै राष्ट्रपतिले लीले भने, “दक्षिण कोरियाली सरकारले उत्तर कोरियासँगको तनाव उल्लेखनीय रूपमा घटाउने र विश्वास पुनःस्थापना गर्ने उपायहरू निरन्तर खोज्नेछ ।”

सियोलको राष्ट्रिय एकीकरण शिक्षा संस्थानका अनुसार यो वार्षिकोत्सव उत्तर कोरिया र दक्षिण कोरियामा एकैसाथ मनाइने एकमात्र सार्वजनिक बिदा हो ।

राष्ट्रपतिले भने, “हामी उत्तर कोरियाको वर्तमान प्रणालीप्रति सम्मान जनाउँछौँ र दक्षिण कोरियाले कुनै पनि शत्रुतापूर्ण गतिविधिमा संलग्न हुने मनसाय राख्दैन ।”

उनको अभिव्यक्तिमा उत्तर कोरियाले पनि विश्वास निर्माण र वार्ता पुनः सुरु गर्ने दक्षिण कोरियाको प्रयासलाई सकारात्मक रूपमा लिनेछ भन्ने आशा प्रकट गरिएको थियो ।

लीको अभिव्यक्ति उत्तर कोरियाली नेता किम जोङ उनले बहिनी किम यो जोङमार्फत दिएको कडा प्रतिक्रियापछि आएको हो । जोङले उत्तर कोरियाको दक्षिण कोरियासँग ‘सम्बन्ध सुधार गर्ने कुनै इच्छा छैन’ भनेका छन् । साथै उनले उत्तर कोरियाले सीमामा रहेका प्रचार लाउडस्पिकरहरू हटाइरहेको भन्ने रिपोर्टलाई अस्वीकार गरेका थिए ।

यसअघि, दक्षिण कोरियाली सेनाले जुन महिनामा दुवै देशले सीमावर्ती क्षेत्रमा प्रचार प्रसारण रोकेको जनाएको थियो । गत हप्ता सेनाले उत्तर कोरियाली सेनाले सीमामा लाउडस्पिकरहरू हटाइरहेको देखिएको पनि बताएको थियो ।

प्रकाशित मिति : ३० श्रावण २०८२, शुक्रबार  २ : ४९ बजे

विशेष महाधिवेशनका लागि कांग्रेस प्रतिनिधि काठमाडौं आउँदै, भृकुटीमण्डपमा बढ्यो चहलपहल

काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशन सुरु हुनुअघि नै काठमाडौंको भृकुटीमण्डप

कांग्रेस नेता एवं पूर्वमन्त्री होमनाथ दाहालको निधन

काठमाडौं– नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री होमनाथ दाहालको निधन भएको

एमाले केन्द्रीय कमिटी बैठक बस्दै, निर्वाचन तयारीबारे छलफल गर्ने

काठमाडौं– नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज (शनिबार) सुरु हुँदैछ

चालिस माइक्रोनभन्दा कमका प्लास्टिक झोला बिक्रीवितरण गर्नेलाई कारबाही

काठमाडौं– प्लास्टिकको अत्यधिक उत्पादन र बिक्री वितरणका कारण वातावरण संरक्षणमा