माबिलुङ्ग इनर्जीको आइपीओमा २ अर्ब ६६ करोडको आवेदन  « Khabarhub

माबिलुङ्ग इनर्जीको आइपीओमा २ अर्ब ६६ करोडको आवेदन 


३० श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– माबिलुङ्ग इनर्जी लिमिटेडले सर्वसाधारणका लागि जारी गरेको साधारण शेयर (आईपीओ) मा २ अर्ब ६६ करोड ६७ लाख १७ हजार रुपैयाँको आवेदन परेको छ । 

सीडिएसका अनुसार आईपीओमा २३ लाख २५ हजार २५६ जनाले २ करोड ६६ लाख ६७ हजार १७० कित्ताका लागि आवेदन दिएका छन् ।

कम्पनीले सर्वसाधारणलाई साउन २६ गतेदेखि आईपीओ बिक्री गरेको थियो ।

कम्पनीले आफ्नो जारी पूँजी ३८ करोड ५८ लाख २४ हजार रुपैयाँको ४८.९९९८ प्रतिशत अर्थात् १८ करोड ९० लाख ५३ हजार रकम बराबरको १०० रुपैयाँका दरले १८ लाख ९० हजार ५३० कित्ता आईपीओ निष्कासन गरेको हो ।

जसमध्ये जारी पुँजीको १० प्रतिशत अर्थात् ३ करोड ८५ लाख ८२ हजार ४०० रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँका दरले ३ लाख ८५ हजार ८२४ कित्ता आईपीओ आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई वितरण गरेको छ ।

साथै, आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूलाई शेयर बाँडफाँड गरे पश्चात् बाँकी सर्वसाधारणलाई १५ करोड ४ लाख ७० हजार ७०० रुपैयाँ रुपैयाँ बराबरको शेयर प्रतिकित्ता १०० रुपैयाँका दरले आईपीओ खुलेको हो ।

१५ लाख ४ हजार ७०६ कित्ता शेयरमध्ये १ लाख ५० हजार ४७१ कित्ता (१० प्रतिशत) विदेशमा रोजगारी गरिरहेका नेपालीहरूका लागि ३० हजार ९५ कित्ता (२ प्रतिशत) कर्मचारीहरूलाई र ७५ हजार २३६ कित्ता (५ प्रतिशत) सामूहिक लगानी कोषको लागि सुरक्षित गरेको थियो । बचेको बाँकी १२ लाख ४८ हजार ९०४ कित्ता आईपीओ सर्वसाधारणमा बिक्री गरेको थियो ।

प्रकाशित मिति : ३० श्रावण २०८२, शुक्रबार  ४ : ४१ बजे

मधेस प्रदेशसभा : सभामुख पदका लागि नाम दर्ता

महेन्द्रनगर (धनुषा)- मधेस प्रदेशसभाको सभामुख पदका लागि जनता समाजवादी पार्टी

सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्छ : मन्त्री घिसिङ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र

ड्रोन प्रविधि विस्तारका लागि रूसमा जनशक्ति अभाव

मस्को- रूसलाई ड्रोन क्षेत्रमा करिब ४४ हजार दक्ष तथा विशेष

महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान

पोखरा– सिरानमा चाँदीजस्तै टल्किरहेका माछापुच्छ्रे र अन्नपूर्ण हिमशृङ्खला । तल

भृकुटीमण्डपमा नेकपाको एकता सन्देश सभा र्‍याली (तस्बिरहरू)

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को एकता सन्देश सभा