एकसाथ २१० न्यायाधीशको सरुवा, विशेष अदालतका अध्यक्षसहित पाँचजना फेरिए (सूचीसहित) « Khabarhub

एकसाथ २१० न्यायाधीशको सरुवा, विशेष अदालतका अध्यक्षसहित पाँचजना फेरिए (सूचीसहित)


३० श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


534
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- न्याय परिषद्ले एकसाथ २१० जना न्यायाधीशको सरुवा गरेको छ ।

न्याय परिषद्को शुक्रबार बसेको बैठक जिल्ला र उच्च अदालतका समेत २१० न्यायाधीशहरूको एकसाथ सरुवा गरेको हो ।

यसरी सरूवामा पर्नेहरूमा विशेष अदालतका अध्यक्ष टेकनाराण कुँवरसमेत छन् । विशेष अदालतका अध्यक्ष कुँवरको उच्च अदालत जनकपुरको न्यायाधीशमा सरुवा भएको छ ।

उता सदस्यहरू तेजनारायण सिंह राईको उच्च अदालत पोखरामा सरुवा भएको छ। अर्का सदस्य रामबहादुर थापाको उच्च अदालत जनकपुरस्थित राजविराज इजलासमा सरुवा गरिएको छ।

विशेषका सदस्य एवम् न्यायाधीश मुरारीबाबु श्रेष्ठलाई उच्च अदालत जनकपुरमा सरूवा गरिएको छ । उता अर्का सदस्य रितेन्द्र थापालाई उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासमा पठाइएको छ ।

यी सबै न्यायाधीशले विशेष अदालतमा दुई वर्ष गुजारिसकेकाले सरुवा गरिएको हो । अब विशेषमा एक वर्षअघि गएका बिदुर कोइराला बाँकी रहेका छन् ।

अध्यक्ष कुँवरसहितका न्यायाधीशको सरूवा भएपछि अब विशेषमा उच्च अदालत पाटनका न्यायाधीश सुदर्शनदेव भट्टलाई अध्यक्ष बनाएर ल्याउने तयारी न्याय परिषद्ले गरेको छ ।

प्रकाशित मिति : ३० श्रावण २०८२, शुक्रबार  ५ : ३२ बजे

नेपालको लगातार चौथो हार, नेदरल्यान्ड्ससँग ५७ रनले पराजित

काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जारी ओडीआई

यातायात क्षेत्रलाई राज्यले संकटमा पार्दैछ : भीमज्वाला राई

काठमाडौं – चर्को जरिवाना र चालकलाई जसरीपनि जेल सजायको व्यवस्था

‘पाथीभरा माता’ नामले परिचित समीर थापा पक्राउ

सुर्खेत – झारफुक तथा हेराइ–मनाइ गर्ने भन्दै मानिसमाथि दुर्व्यवहार गरेको

प्रहरीले हटाइदियो माइतीघरमा लघुवित्त पीडितले बनाएका अस्थायी संरचना (तस्बिरहरू)

काठमाडौं – माइतीघरमा रात कटाउन लघुवित्त पीडितहरूले बनाएको अस्थायी संरचना

चीनलाई लक्षित गर्दै अमेरिकाद्वारा ह्युमनोइड रोबोट आयातमा प्रतिबन्ध

हङकङ – संयुक्त राज्य अमेरिकाको सङ्घीय सञ्चार आयोग (एफसीसी)ले राष्ट्रिय