एकसाथ २१० न्यायाधीशको सरुवा, विशेष अदालतका अध्यक्षसहित पाँचजना फेरिए (सूचीसहित) « Khabarhub

एकसाथ २१० न्यायाधीशको सरुवा, विशेष अदालतका अध्यक्षसहित पाँचजना फेरिए (सूचीसहित)


३० श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


534
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- न्याय परिषद्ले एकसाथ २१० जना न्यायाधीशको सरुवा गरेको छ ।

न्याय परिषद्को शुक्रबार बसेको बैठक जिल्ला र उच्च अदालतका समेत २१० न्यायाधीशहरूको एकसाथ सरुवा गरेको हो ।

यसरी सरूवामा पर्नेहरूमा विशेष अदालतका अध्यक्ष टेकनाराण कुँवरसमेत छन् । विशेष अदालतका अध्यक्ष कुँवरको उच्च अदालत जनकपुरको न्यायाधीशमा सरुवा भएको छ ।

उता सदस्यहरू तेजनारायण सिंह राईको उच्च अदालत पोखरामा सरुवा भएको छ। अर्का सदस्य रामबहादुर थापाको उच्च अदालत जनकपुरस्थित राजविराज इजलासमा सरुवा गरिएको छ।

विशेषका सदस्य एवम् न्यायाधीश मुरारीबाबु श्रेष्ठलाई उच्च अदालत जनकपुरमा सरूवा गरिएको छ । उता अर्का सदस्य रितेन्द्र थापालाई उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासमा पठाइएको छ ।

यी सबै न्यायाधीशले विशेष अदालतमा दुई वर्ष गुजारिसकेकाले सरुवा गरिएको हो । अब विशेषमा एक वर्षअघि गएका बिदुर कोइराला बाँकी रहेका छन् ।

अध्यक्ष कुँवरसहितका न्यायाधीशको सरूवा भएपछि अब विशेषमा उच्च अदालत पाटनका न्यायाधीश सुदर्शनदेव भट्टलाई अध्यक्ष बनाएर ल्याउने तयारी न्याय परिषद्ले गरेको छ ।

प्रकाशित मिति : ३० श्रावण २०८२, शुक्रबार  ५ : ३२ बजे

उत्तर कोरियाको आणविक पनडुब्बीमा प्रगति

एजेन्सी – उत्तर कोरियाले आणविक–सञ्चालित पनडुब्बी निर्माणमा उल्लेखनीय प्रगति गरेको

राप्रपा नेपालले पुस १५ गते केन्द्रीय समिति बैठक बोलायो

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल) ले आगामी पुस

रवि-बालेन वार्तास्थलमा बाक्लो संख्यामा सञ्चारकर्मी (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

निर्वाचनको वातावरण बनाउनुपर्नेमा ओलीको जोड

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको

जनकपुरधाममा ई-रिक्सा व्यवस्थापन लागि अध्ययन समिति गठन

जनकपुरधाम–  जनकपुरधाम उपमहानगरपालिकाभित्र चल्ने ई–रिक्साको व्यवस्थापन, सञ्चालन तथा दर्ताको विषयमा