अलास्का शिखर सम्मेलनमा रुसले स्पष्ट धारणा प्रस्तुत गर्नेछ : लाभरोभ « Khabarhub

अलास्का शिखर सम्मेलनमा रुसले स्पष्ट धारणा प्रस्तुत गर्नेछ : लाभरोभ


३० श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

मस्को- रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच हुन लागेको अलास्का शिखर सम्मेलनमा रुसले आफ्नो स्पष्ट धारणा राख्ने रूसी विदेशमन्त्री सर्गेइ लाभरोभले बताएका छन् । उनले भने, “हामीले पहिले नै कुनै योजना बनाएका छैनौँ”, रुसी नेता लाभरोभले अलास्का पुगेपछि रोसिया–२४ टिभी च्यानलसँग भने, “हामीलाई थाहा छ, हामीसँग बहस छ, स्पष्ट र बुझ्न सकिने स्थिति छ ।”

उनले आफूहरुले आफ्नो तर्क स्पष्ट पार्ने बताए । ट्रम्पका विशेष दूत स्टिभ विटकोफको रुस भ्रमणका क्रममा वार्ताका लागि महत्वपूर्ण आधार राखिएको बताउँदै उनले भने, “हामी आशा गर्दछौँ, यो धेरै उपयोगी कुराकानी भोलि हुने शिखर सम्मेलनमा राखिनेछ।”

रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र ट्रम्पबीच शुक्रबार अलास्काको एन्कोरेजमा भेटवार्ता हुने कार्यक्रम छ । रुसी राष्ट्रपतिका सहयोगी युरी उशाकोभले दुई नेता र उनीहरूका दोभासेहरू मात्र सहभागी हुने गरी एक्लाएक्लै बैठक सुरु हुने र त्यसपछि दुवै पक्षका पाँच–पाँच जना प्रतिनिधिको उपस्थितिमा विस्तारित वार्ता हुने जानकारी दिए ।

उशाकोभले युक्रेन सङ्कट समाधानका साथै ‘शान्ति र सुरक्षा सुनिश्चित गर्नका लागि व्यापक गृहकार्य गरिने र वर्तमान र सबैभन्दा महत्त्वपूर्ण अन्तर्राष्ट्रिय र क्षेत्रीय मुद्दाहरू’ लाई सम्बोधन गर्न वार्तामा ध्यान केन्द्रित गरिने बताए ।

प्रकाशित मिति : ३० श्रावण २०८२, शुक्रबार  ५ : ३९ बजे

रास्वपा पदाधिकारीको मतदान तालिका प्रभावित

काठमाडाैं – रास्वपाको पहिलो महाधिवेशनअन्तर्गत पदाधिकारीको निर्वाचन तालिका प्रभावित भएको

रास्वपाका प्रतिनिधिलाई पार्टीको खाना आजमात्रै भोलिदेखि आफैँ बस्दोबस्ती गर्नुपर्ने

काठमाडाैं – सत्तारुढ दल रास्वपाको चितवनमा जारी पहिलो महाविधेशनका लागि

रास्वपा महाधिवेशनमा नगएका अमरेशको चेतावनी : संघीयतामाथि हस्तक्षेप स्वीकार्य हुँदैन

काठमाडौं – रास्वपाका सांसद अमरेशकुमार सिंहले रास्वपाकै प्रस्तावनामाथि कडा टिप्पणी

रास्वपा निर्वाचन : कोशीमा निशालाई सर्वाधिक मत, विश्वराज दोस्रो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय

रास्वपाको केन्द्रिय सदस्यमा कर्णालीबाट सीता, तासी र विनिता विजयी

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सदस्य पदको निर्वाचनमा