दोलखाका १३ हजार गाईभैँसी र चौँरीलाई लाम्पी-स्किनविरुद्ध खोप लगाइने « Khabarhub

दोलखाका १३ हजार गाईभैँसी र चौँरीलाई लाम्पी-स्किनविरुद्ध खोप लगाइने


३० श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

दोलखा– पशु सेवा कार्यालय दोलखाले आउँदो भदौ १ गतेदेखि ७ गतेसम्म लम्पी स्किन रोगविरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ । 
 
कार्यालयले जिल्लाका ९ पालिकामै सप्ताहव्यापी खोप अभियान चलाएर गाईगोरु भैँसी र चौँरीमा लाग्ने संक्रामक लम्पी स्किन रोग विरुद्धको खोप लगाउन लागेको पशुसेवा कार्यालय दोलखाका कार्यालय प्रमुख डा.टेकराज पौडेल जानकारी दिए ।

कार्यालयले बिहीबार सदरमुकाम चरिकोट खोप अभियानको बारेमा जिल्लाका ९ वटै पालिकाका पशुशाखा प्रमुख तथा भ्याक्सिनेटरहरुलाई अभिमुखीकरण दिएको थियो ।

कार्यालयका सूचना अधिकारी प्रकाश थापाका अनुसार जिल्लाका प्रत्येक स्थानीय तहमा एक हजार ४ सय ७५ का दरले ९ पालिकामा १३ हजार दुई सय ७५ वटा पशुबस्तुलाई भ्याक्सिन दिने तयारी गरिएको बताए । खोप लगाउन कार्यालयले ३० जना भ्याक्सिननेटर खटाउने जनाएको छ ।

साथै सम्बन्धित पालिका र वडामा कार्यरत पशु स्वास्थ्य प्राविधिकलाई पनि खोप अभियानमा खटाइने थापाले बताए ।

दोलखामा २०८० को जेठ देखि भदौसम्म लम्पी स्किन रोकको प्रकोपले नौ सय ४० वटा पशु मरेका थिए भने,३७ हजार एक सय ७५ पशुबस्तु संक्रमित भएका थिए । -सुवाश बस्नेत/दोलखा

प्रकाशित मिति : ३० श्रावण २०८२, शुक्रबार  ६ : ५४ बजे

नभसुरक्षामा नेपाली सेना सक्रिय

काठमाडौं – नेपाली सेनाको हवाई सेवाले दुई लाख घण्टाभन्दा बढी

दीपेन्द्रको अर्धशतकमा सुदूरपश्चिमको पहिलो जित, पोखरा ६ विकेटले पराजित

काठमाडाैं – कप्तान दीपेन्द्रसिंह ऐरीको अविजित अर्धशतकप्रेरित सुदूरपश्चिम रोयल्सले नेपाल

पोखराविरुद्ध सुदूरपश्चिमलाई चौथो झट्का, इशान पाण्डे आउट

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा पोखरा एभेन्जर्सविरुद्ध सुदूरपश्चिम

चिकित्सा शिक्षा क्षेत्रमा राखिएका माग सम्बोधन गरिने

काठमाडौं – स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका आन्दोलनरत विभिन्न पक्षसँग

स्वयम्भू संरक्षणका लागि पाँच करोड ४० लाख बजेट स्वीकृत

काठमाडौँ – विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूको संरक्षण तथा व्यवस्थापनका लागि