आज २०८२ साल भदौ ३० गते सोमबारको राशिफल « Khabarhub

आज २०८२ साल भदौ ३० गते सोमबारको राशिफल


३० भदौ २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल भदौ ३० गते सोमबार। आश्विन कृष्ण पक्षको नवमी तिथि। तदनुसार सन् २०२५ सेप्टेम्बर १५ तारिख। सोह्र श्राद्धको नवमी श्राद्ध। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : राम्रो दिन छ। शिक्षा, स्वास्थ्य र सामाजिक क्षेत्रमा सफलता मिल्नेछ। पारिवारिक क्षेत्रमा भने केही गडबढी आउन सक्छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृष : दिन राम्रो छ। बोलीको प्रभावले काम बन्नेछन् । सहकार्यमा गरेको व्यापार व्यवसायमा फाइदा हुनेछ। शिक्षा, स्वास्थ्य र सामाजिक क्षेत्र सबल छन्। परिवारको साथमा रमाइलो गर्ने योग परेको छ।

मिथुन : दिन राम्रो छ। तपाईंको बोलीको प्रभावले काम बन्नेछन्। कला र गलाको प्रदर्शनी गर्ने दिन छ। व्यापार व्यवसायमा भन्दा पनि वैदेशिक रोजगारीमा चिताएको काम बन्नेछ। परिवारसँग घुमघाम तय हुनेछ।

कर्कट : दिन राम्रो छ। जग्गा सम्बन्धी कारोबारमा फाइदा हुनेछ। शत्रु परास्त गर्न योजना बन्नेछन्। स्वास्थ्यमा समस्या आइपर्न सक्छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

सिंह : दिन राम्रो छ। मित्र बढ्नेछन्। शिक्षा, स्वास्थ्य र राजनीतिक क्षेत्र सफल रहनेछन्। स्वदेशमै आम्दानीका स्रोतहरु भेटिनेछन्। मन प्रशन्न हुनेछ। बोली र व्यवहारमा एकरुपता कायम गर्नुपर्नेछ।

कन्या : दिन सामान्य छ। आज सोचेका काममा ढिलासुस्ती हुनेछ। मान्यजनबाट अपमानित भएको महसुस हुनेछ। परिवारले भने राम्रो साथ दिनेछन्।

तुला : दिन राम्रो छ। स्वास्थ्य, शिक्षा र सामाजिक क्षेत्रमा नाम र दाम कमाउने योग छ। आफ्नो निर्णय आफैले गरेर अघि बढ्दा फाइदा हुनेछ। पारिवारसँगको सम्बन्ध समान्य ढंगले चल्ने छ।

वृश्चिक : दिन सामान्य छ। मनमा नकारात्मक सोच आउन सक्छ। स्वास्थ्यमा समस्या देखिन सक्ने भएकाले सचेत हुनुपर्नेछ। परिवारमा खटपटी बढ्नेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा सोचेको काम बन्नेछ।

धनु : दिन राम्रो छ। स्वास्थ्य र शिक्षामा गरेको प्रयास सफल हुनेछ। शत्रु परास्त हुने दिन छ। पारिवारिक सम्बन्ध सुमधुर बन्नेछ। निजी क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ।

मकर : दिन सामान्य छ। ठूलो लगानी नगर्नु उचित हुनेछ। व्यापार व्यवसायमा गरेको लगानीले घाटा मात्रै दिनेछ। स्वास्थ्यमा सुधार हुनेछ। परिवारसँगको सम्बन्धमा खटपटी आउनेछ।

कुम्भ : दिन राम्रो छ। मन शान्त बन्नेछ। राजनीतिक क्षेत्रमा संगठन बलियो हुनेछ। पारिवारिक सम्बन्ध सुमधुर बन्नेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा सोचेको काम बन्नेछ।

मीन : दिन सामान्य छ। अरुले गरेका अप्ठ्यारा कामको अपजस आइलाग्नेछ। स्वास्थ्य, शिक्षामा गरेको प्रयासमा ढिलासुस्ती हुनेछ। पारिवारिक सम्बन्धमा विश्वास लिन कठिन हुने जोखिम छ।

प्रकाशित मिति : ३० भदौ २०८२, सोमबार  ५ : ०५ बजे

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल