आज २०८२ साल भदौ ३० गते सोमबारको राशिफल « Khabarhub

आज २०८२ साल भदौ ३० गते सोमबारको राशिफल


३० भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल भदौ ३० गते सोमबार। आश्विन कृष्ण पक्षको नवमी तिथि। तदनुसार सन् २०२५ सेप्टेम्बर १५ तारिख। सोह्र श्राद्धको नवमी श्राद्ध। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : राम्रो दिन छ। शिक्षा, स्वास्थ्य र सामाजिक क्षेत्रमा सफलता मिल्नेछ। पारिवारिक क्षेत्रमा भने केही गडबढी आउन सक्छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृष : दिन राम्रो छ। बोलीको प्रभावले काम बन्नेछन् । सहकार्यमा गरेको व्यापार व्यवसायमा फाइदा हुनेछ। शिक्षा, स्वास्थ्य र सामाजिक क्षेत्र सबल छन्। परिवारको साथमा रमाइलो गर्ने योग परेको छ।

मिथुन : दिन राम्रो छ। तपाईंको बोलीको प्रभावले काम बन्नेछन्। कला र गलाको प्रदर्शनी गर्ने दिन छ। व्यापार व्यवसायमा भन्दा पनि वैदेशिक रोजगारीमा चिताएको काम बन्नेछ। परिवारसँग घुमघाम तय हुनेछ।

कर्कट : दिन राम्रो छ। जग्गा सम्बन्धी कारोबारमा फाइदा हुनेछ। शत्रु परास्त गर्न योजना बन्नेछन्। स्वास्थ्यमा समस्या आइपर्न सक्छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

सिंह : दिन राम्रो छ। मित्र बढ्नेछन्। शिक्षा, स्वास्थ्य र राजनीतिक क्षेत्र सफल रहनेछन्। स्वदेशमै आम्दानीका स्रोतहरु भेटिनेछन्। मन प्रशन्न हुनेछ। बोली र व्यवहारमा एकरुपता कायम गर्नुपर्नेछ।

कन्या : दिन सामान्य छ। आज सोचेका काममा ढिलासुस्ती हुनेछ। मान्यजनबाट अपमानित भएको महसुस हुनेछ। परिवारले भने राम्रो साथ दिनेछन्।

तुला : दिन राम्रो छ। स्वास्थ्य, शिक्षा र सामाजिक क्षेत्रमा नाम र दाम कमाउने योग छ। आफ्नो निर्णय आफैले गरेर अघि बढ्दा फाइदा हुनेछ। पारिवारसँगको सम्बन्ध समान्य ढंगले चल्ने छ।

वृश्चिक : दिन सामान्य छ। मनमा नकारात्मक सोच आउन सक्छ। स्वास्थ्यमा समस्या देखिन सक्ने भएकाले सचेत हुनुपर्नेछ। परिवारमा खटपटी बढ्नेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा सोचेको काम बन्नेछ।

धनु : दिन राम्रो छ। स्वास्थ्य र शिक्षामा गरेको प्रयास सफल हुनेछ। शत्रु परास्त हुने दिन छ। पारिवारिक सम्बन्ध सुमधुर बन्नेछ। निजी क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ।

मकर : दिन सामान्य छ। ठूलो लगानी नगर्नु उचित हुनेछ। व्यापार व्यवसायमा गरेको लगानीले घाटा मात्रै दिनेछ। स्वास्थ्यमा सुधार हुनेछ। परिवारसँगको सम्बन्धमा खटपटी आउनेछ।

कुम्भ : दिन राम्रो छ। मन शान्त बन्नेछ। राजनीतिक क्षेत्रमा संगठन बलियो हुनेछ। पारिवारिक सम्बन्ध सुमधुर बन्नेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा सोचेको काम बन्नेछ।

मीन : दिन सामान्य छ। अरुले गरेका अप्ठ्यारा कामको अपजस आइलाग्नेछ। स्वास्थ्य, शिक्षामा गरेको प्रयासमा ढिलासुस्ती हुनेछ। पारिवारिक सम्बन्धमा विश्वास लिन कठिन हुने जोखिम छ।

प्रकाशित मिति : ३० भाद्र २०८२, सोमबार  ५ : ०५ बजे

आफ्नै अभिव्यक्तिप्रति मन्त्री गौतमले मागिन् राष्ट्रिय सभासमक्ष माफी

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले जेन-जी सहिद

सुनसरी-४ का सांसद दीपक साहलाई उद्योगमन्त्रीमा पठाउने तयारी

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरी ४ बाट निर्वाचित सांसद दिपक

कारागारका कैदीबन्दीद्वारा रसुवा बाढीपीडितलाई राहत

काठमाडौं– काठमाडौको सुन्धारास्थीत केन्द्रीय कारागारमा रहेका कैदीबन्दीहरुले रसुवा बाढी पीडितका

बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने

काठमाडौं– रसुवामा बाढीबाट क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माण तथा दीर्घकालीन एकीकृत विकासका

गाजामा इजरायली आक्रमण, एकै परिवारका चार जनाको मृत्यु 

एजेन्सी– गाजामा विहीबार भएको इजरायली आक्रमणमा दुई बच्चासहित एउटै परिवारका