भैरहवामा ठूलो वर्षा, जनजीवन प्रभावित « Khabarhub

भैरहवामा ठूलो वर्षा, जनजीवन प्रभावित


३० भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

रुपन्देही– भैरहवा र यसका आसपासका क्षेत्रमा गएरातिदेखि परेको भारी वर्षाका कारण जनजीवन प्रभावित भएको छ । लगातारको झरीले सहरका विभिन्न भाग डुबानमा परेपछि स्थानीय बासिन्दालाई आवतजावतमा कठिनाइ भएको छ ।

विशेषगरी भैरहवाका वडा नम्बर ३ को खजहना, वडा नम्बर ६ को भैया टोल र बैंकरोड क्षेत्रमा पानी जमेको छ । सडकहरू पानीले भरिँदा पैदल यात्रु र सवारीसाधन दुवैलाई समस्या भएको छ । स्थानीय बासिन्दाका घर र पसलमा पनि पानी पसेको छ ।

सहरको महत्त्वपूर्ण मानिने भीम अस्पताल परिसर पनि डुबानमा परेको छ । यसले गर्दा बिरामी र उनीहरूका आफन्तलाई अस्पतालसम्म पुग्न र त्यहाँभित्र आवतजावत गर्न असहज भएको छ ।

यसैगरी हालै सञ्चालनमा आएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको प्रवेशद्वार र पार्किङ क्षेत्रमा समेत पानी जमेको छ । जसले गर्दा यात्रुहरूलाई केही असुविधा भएको छ ।

भारी वर्षाका कारण सडक यातायात पनि प्रभावित भएको छ । भैरहवामा रहेका कुलोहरू नयाँ बनाउने नाममा साँघुरो पारेको, समयमा त्यसको सरसफाइ नगरेका कारण यस्तो समस्या वर्षेनी आउने गरेको डुबान पीडित स्थानीय अजय गुप्ताको भनाइ छ ।

प्रकाशित मिति : ३० भाद्र २०८२, सोमबार  ११ : २० बजे

‘ताखु’बाट धागो कात्दै कालिकोटका बल बहादुर (तस्बिरहरू) 

काठमाडौं– संघीय राजधानी काठमाडौंको हनुमानढोका दरबार स्क्वायर आउने प्रायः आगन्तुकहरूले

निर्वाचनको तयारी : राजनीतिक दल र नागरिक प्रतिनिधिसँग छलफल गर्दै प्रधानमन्त्री कार्की

काठमाडौं – प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारीका विषयमा प्रधानमन्त्री सुशीला

सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा स्थानीय समस्यामा

भोजपुर– भोजपुरमा वषौँअघि सडक विस्तार भएका क्षेत्रको जग्गा अहिलेसम्म सरकारीकरण

जेन-जी आन्दोलनः गगन थापाले कार्यकर्तालाई सुनाए काठमाडौंमा डेरा नपाएको पीडा…

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जेन–जी आन्दोलनमा आफ्नो

पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ

पर्वत– पर्वतका अधिकांश पाखापखेरा, डाँडाकाँडामा लप्सी पाकेर पहेँलपुर बनिरहेका छन्