स्कुलमा दुई पटक फड्को मारेका रामेश्वर खनाल : अर्थतन्त्र सम्हाल्दै पुन:निर्माणलाई गति दिनुपर्ने चुनौती | Khabarhub Khabarhub

स्कुलमा दुई पटक फड्को मारेका रामेश्वर खनाल : अर्थतन्त्र सम्हाल्दै पुन:निर्माणलाई गति दिनुपर्ने चुनौती


३० भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जेनजी पुस्ताका युवाले भदौ २३ र २४ गते गरेको आन्दोलनबाट केपी शर्मा ओली नेतृत्वको सरकारलाई विस्थापित गरेपछि पूर्वप्रधानन्याधीश सुशीला कार्कीको नेतृत्वमा सरकार बनेको छ ।

शुक्रबार प्रधानमन्त्रीमा नियुक्त भएकी कार्कीले सोमबार मात्रै तीन सदस्यीय मन्त्रिमण्डल बनाएकी छन् ।

जसमा अर्थ मन्त्रालयको जिम्मेवारी पूर्व अर्थसचिव रामेश्वर खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालको जिम्मेवारी नेपाल विद्युत् प्राधिकरणका पूर्व प्रबन्ध निर्देशक कुलमान घिसिङ र गृह मन्त्रालको जिम्मेवारी वरिष्ठ अधिवक्ता ओमप्रकाश अर्यालले पाएका छन् ।

अर्थविद्को पहिचान बनाएका खनालले जेन–जी आन्दोलनका क्रममा राज्य र निजी क्षेत्रमा ठूलो क्षति भएको अवस्थामा महत्वपूर्ण मन्त्रालय अर्थको जिम्मेवारी प्राप्त गरेका छन् ।

यसअघि आफ्नो भूमिकामा कम विवादित खनालले अर्थराजनीति विषयमा पनि गतिशील विचार अभिव्यक्त गर्ने व्यक्तिका रूपमा आफूलाई स्थापित गराएका छन् ।

अब्बल क्षमता गतिशील विचार

वि.सं. २०१३ सालमा पाल्पा जिल्लाको तानसेनमा जन्मिएका खनाल सानैदेखि तीक्ष्ण क्षमताका थिए । उनी एकैपटक कक्षा ३ मा भर्ना भएर परीक्षामा प्रथम भएका थिए । ३ कक्षाको पढाइपछि पनि फेरि एकैपटक ५ कक्षामा भर्ना भएर पढाइ सुरु गरे ।

अध्ययनपश्चात् २०३७ सालमा २३ वर्षमै खनाल अधिकृत तहबाट सरकारी जागिरमा प्रवेश गरे । १५ वर्ष बढी समय अधिकृत तहमा रहेपछि उनले खुला प्रतिस्पर्धाबाट सहसचिवमा नाम निकाले ।

२०६३ सालमा सचिवमा बढुवा भएका खनाल २०६७ सालमा तत्कालीन सरकारका अर्थमन्त्री भरतमोहन अधिकारीसँग मतभेद भएपछि कर्मचारी जीवनबाट राजीनामा दिएर अवकाशमा गए ।

ससस्त्र युद्धमार्फत् शान्तिप्रक्रियामा आएको माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा बनेको पहिलो निर्वाचित सरकारको समयमा डा. बाबुराम भट्टराई अर्थमन्त्री भए । जतिबेला त्यही मन्त्रालयको अर्थसचिव खनाल थिए । डा बाबुराम भट्टराईलाई सफल अर्थमन्त्रीका रूपमा चित्रण गर्ने गरिन्छ, उनलाई सफल बनाउन अर्थसचिव रामेश्वरको महत्वपूर्ण भूमिका थियो ।

त्यसबाहेक पनि नेपालको अर्थतन्त्रमा सुधारको लागि खनालले खेलेका विभिन्न भूमिका सकारात्मक रहेको धेरैले टिप्पणी गर्ने गरेका छन् ।

जागिरे जीवनपछि भने २०७० सालमा कांग्रेस प्रवेश गरेका खनाल धेरै समय टिक्न सकेनन् । उनी २०७२ सालमा डा बाबुराम भट्टराईले स्थापना गरेको नयाँ शक्तिमा लागे । तर, त्यसले पनि गति लिन नसकेपछि राजनीतिबाट बाहिरिए ।

त्यसपछिका दिनमा पनि मुलुकको आर्थिक क्षेत्रको रूपान्तरणका निम्ति सरकार र निजी क्षेत्रलाई सुझाव दिने, समन्वयको भूमिकामा खनालको अग्रसरता देखिने गरेको छ ।

पछिल्लो समय ओली नेतृत्वको सरकारले खनालकै नेतृत्वमा उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग गठन गरेको थियो । जुन आयोगले वर्तमान समयमा अर्थतन्त्रका समस्या र समाधानबारे वृहत् अध्ययन गरेर महत्वपूर्ण सुझाव दिएको छ । जुन सुझावलाई विश्लेषक र निजी क्षेत्रले स्वागत गरेका छन् ।

संकटमा उपयुक्त पात्र

अर्थविद् गोविन्द नेपालले अर्थमन्त्रीमा नियुक्त भएका खनाल अहिलेको संकटमा अर्थ मन्त्रालय हाँक्न उपयुक्त पात्र भएको बताएका छन् । खबरहबसँग कुरा गर्दै नेपालले खनालसँग धेरै सहकार्य गरेको भन्दै अहिलेको संकटमा उनले निकासका लागि भूमिका खेल्न सक्ने बताए ।

‘अहिले क्षति भएका कतिपय संरचनाको पुनर्निर्माण सुरु गरिहाल्नु पर्ने आवश्यकता छ, तर सबैको सम्भव छैन, अहिलेको बजेटले फागुनमा निर्वाचन गर्ने कल्पना गर्ने कल्पना गरेको थिएन, त्यसैले पुनर्निर्माण र निर्वाचनका लागि बजेट व्यवस्था गर्नुपर्ने जिम्मेवारी उहाँको छ । अब उहाँले त्यो काम गर्नुपर्छ’, उनले भने ।

त्यस्तै जेन–जी आन्दोलन पश्चात निजीक्षेत्र र आम जनताको मनोविज्ञान खस्किएकाले त्यसलाई उठाउन आवश्यक वातावरण तयार गर्ने काम अझै महत्वपूर्ण भएको नेपालले बताए । त्यस दिशामा आवश्यक काम गर्ने जिम्मेवारीसमेत मन्त्री खनालको काँधमा आएको अर्थविद् नेपालले बताए ।

प्रकाशित मिति : ३० भाद्र २०८२, सोमबार  २ : १९ बजे

दशैँ तिहार लक्षित सुपथ पसल सुरु (तस्बिरहरू)

काठमाडौं– सरकारले आजबाट चाडपर्व लक्षित दशैँ तिहार सहुलियत पसल सुरु

एमाले कार्यालय पुगेर शंकर पोखरेलले भने- सरकारलाई सघाउँछौँ, तोकिएकै समयमा निर्वाचन गराओस्

काठमाडौँ- नेकपा एमालेका महासचिव शंकर पोखरेल गत सोमबार र मंगलबार

आगजनीबाट जोगियो स्वास्थ्य सेवा विभाग

काठमाडौं–  ‘जेनजी पुस्ता’को प्रदर्शनमा देशभर कैयौँ कार्यालय आगजनीबाट ध्वस्त भए

कुलमानले भने ः तलब-भत्ता सहिदको कोषलाई दिन्छु 

काठमाडौं – नवनियुक्त ऊर्जामन्त्री कुलमान घिसिङले तलब, भत्ता र सुविधाबापत

नाना, खाना, छाना गुमेको प्रहरी– ‘माओवादी युद्धमा पनि यस्तो ज्यादती भोगिएन’

काठमाडौं- जेनजी आन्दोलनका नाममा भएको हिंसात्मक प्रदर्शनले उग्ररुप लिएपछि धेरै