एमाले कार्यालय पुगेर शंकर पोखरेलले भने- सरकारलाई सघाउँछौँ, तोकिएकै समयमा निर्वाचन गराओस् « Khabarhub

एमाले कार्यालय पुगेर शंकर पोखरेलले भने- सरकारलाई सघाउँछौँ, तोकिएकै समयमा निर्वाचन गराओस्


३० भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


240
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेका महासचिव शंकर पोखरेल गत सोमबार र मंगलबार भएको जेन-जीको आन्दोलनका क्रममा भएको विध्वंशपछि पहिलो पटक पार्टी कार्यालय पुगेका छन् ।

सोमबार दिउँसो ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा पुगेका उनले देशैभर क्षतिग्रस्त भएका पार्टी कार्यलय पुन:र्निर्माण सुरू गर्न कार्यकर्तालाई अपिल गरेका छन् ।

जेन-जीको आन्दोलनका क्रममा क्षतिग्रस्त पार्टी केन्द्रीय कार्यालयको निरीक्षणपछि महासचिव पोखरेलले सरकारी संयन्त्रसँग समन्वय गरेर सार्वजनिक संरचनाको निर्माणका लागि योगदान गर्न पनि पार्टी पंक्तिलाई निर्देशन दिए ।

महासचिव पोखरेलले असोज २ गते खरानीको थुप्रोबाटै संविधानस दिवस मनाउन पनि एमालेजनलाई निर्देशन दिए ।

‘लामो संघर्षबाट २०७२ सालमा प्राप्त संविधान दिवस असोज ३ गते पर्छ । उक्त दिवस हामी खरानीकै थुप्रोबाट मनाउने छौँ । सबै जिल्लाले यो कार्यक्रम गर्नुहुनेछ’, उनले भने, ‘काठमाडौँ उपत्यकामा पार्टी केन्द्रीय कार्यालयको प्रांगणमा हुनेछ । ’

उनले सधैं सडकबाट निर्णय नहुने भएकोले प्राप्त उपलब्धिलाई संविधानमा संस्थागत गर्नुपर्ने बताए ।

वर्तमान सरकारले भ्रष्टाचार अन्त्य र शुसासनका कदम अघि बढाउदा एमालेले सहयोग गर्ने उनले बताए ।

अन्तरिम सरकारको मूल काम सुरक्षाको वातावरण बनाउने र समयमै निर्वाचन गराउने भएकाले त्यसतर्फ ध्यान जाने आफू विश्वश्त रहेको पोखरेलले बताए ।

‘नेपालका सबै लोकतान्त्रिक पार्टीहरू जनतामा गएर, जनताबीचबाट अभिमत प्राप्त गर्ने प्रक्रियामा प्रवेश गर्नुभएको छ भन्ने हामी ठान्दछौँ’, पोखरेलले भने ।

प्रकाशित मिति : ३० भाद्र २०८२, सोमबार  ४ : २३ बजे

इलाम गोल्डकप : एनआरटी र मच्छिन्द्र फाइनलमा भिड्ने

मङ्गलबारे– डिफेन्डीङ च्याम्पियन न्यूरोड टिम (एनआरटी), काठमाडौं इलाममा जारी तेस्रो इलाम

जेठ २३ गते लाङटाङ ट्रेल रन आयोजना हुने

काठमाडौं– रसुवा–नुवाकोट क्षेत्रको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित लाङटाङ ट्रेल रन

पक्राउ परे व्यवसायी शेखर गोल्छा

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष एवम् व्यवसायी शेखर गोल्छालाई

भारतको करिब ५.८ करोड सहयोगमा निर्माण हुन लागेको विद्यालय भवन शिलान्यास

झापा- झापाको गौरादह नगरपालिका–१ मा रहेको श्री जनता माध्यमिक विद्यालयको

होर्मुजमा बारुदी सुरुङ सफाइमा ६ महिना लाग्ने चेतावनी

काठमाडौं- विश्व ऊर्जा आपूर्तिको अत्यन्त संवेदनशील मार्ग मानिने स्ट्रेट अफ