एमाले कार्यालय पुगेर शंकर पोखरेलले भने- सरकारलाई सघाउँछौँ, तोकिएकै समयमा निर्वाचन गराओस् « Khabarhub

एमाले कार्यालय पुगेर शंकर पोखरेलले भने- सरकारलाई सघाउँछौँ, तोकिएकै समयमा निर्वाचन गराओस्


३० भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


240
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेका महासचिव शंकर पोखरेल गत सोमबार र मंगलबार भएको जेन-जीको आन्दोलनका क्रममा भएको विध्वंशपछि पहिलो पटक पार्टी कार्यालय पुगेका छन् ।

सोमबार दिउँसो ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा पुगेका उनले देशैभर क्षतिग्रस्त भएका पार्टी कार्यलय पुन:र्निर्माण सुरू गर्न कार्यकर्तालाई अपिल गरेका छन् ।

जेन-जीको आन्दोलनका क्रममा क्षतिग्रस्त पार्टी केन्द्रीय कार्यालयको निरीक्षणपछि महासचिव पोखरेलले सरकारी संयन्त्रसँग समन्वय गरेर सार्वजनिक संरचनाको निर्माणका लागि योगदान गर्न पनि पार्टी पंक्तिलाई निर्देशन दिए ।

महासचिव पोखरेलले असोज २ गते खरानीको थुप्रोबाटै संविधानस दिवस मनाउन पनि एमालेजनलाई निर्देशन दिए ।

‘लामो संघर्षबाट २०७२ सालमा प्राप्त संविधान दिवस असोज ३ गते पर्छ । उक्त दिवस हामी खरानीकै थुप्रोबाट मनाउने छौँ । सबै जिल्लाले यो कार्यक्रम गर्नुहुनेछ’, उनले भने, ‘काठमाडौँ उपत्यकामा पार्टी केन्द्रीय कार्यालयको प्रांगणमा हुनेछ । ’

उनले सधैं सडकबाट निर्णय नहुने भएकोले प्राप्त उपलब्धिलाई संविधानमा संस्थागत गर्नुपर्ने बताए ।

वर्तमान सरकारले भ्रष्टाचार अन्त्य र शुसासनका कदम अघि बढाउदा एमालेले सहयोग गर्ने उनले बताए ।

अन्तरिम सरकारको मूल काम सुरक्षाको वातावरण बनाउने र समयमै निर्वाचन गराउने भएकाले त्यसतर्फ ध्यान जाने आफू विश्वश्त रहेको पोखरेलले बताए ।

‘नेपालका सबै लोकतान्त्रिक पार्टीहरू जनतामा गएर, जनताबीचबाट अभिमत प्राप्त गर्ने प्रक्रियामा प्रवेश गर्नुभएको छ भन्ने हामी ठान्दछौँ’, पोखरेलले भने ।

प्रकाशित मिति : ३० भाद्र २०८२, सोमबार  ४ : २३ बजे

रणवीर सिंहविरुद्ध बेंगलुरुमा आपराधिक मुद्दा दर्ता

काठमाडौं- बलिउडका चर्चित अभिनेता रणवीर सिंह फेरि एकपटक विवादको केन्द्रमा

गुल्मीमा ५३ प्रतिशत नागरिक स्वास्थ्य बीमामा आबद्ध

गुल्मी– छ वर्षको अवधिमा गुल्मीमा ५३ प्रतिशत नागरिक स्वास्थ्य बिमा

हुम्लामा भारी हिमपात हुँदा किसान रमाए

हुम्ला– हुम्लामा भारी हिमपात हुँदा जनजीवन अस्तव्यस्त भएको छ ।

बजाज ‘नेक्स्ट जेन महा-एक्सचेन्ज कार्निभल’ आकर्षक एक्सचेन्ज अफर

काठमाडौं– नेपालका लागि बजाजको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी

कुहिरोले प्रभावित आन्तरिक उडान सुचारू

काठमाडौं– आज बिहानैदेखि लागेको बाक्लो हुस्सु तथा कुहिरोको कारण काठमाडौँलगायत