सामान फिर्ता गर्न राजस्व अनुसन्धान कार्यालय बुटवलको अनुरोध « Khabarhub

सामान फिर्ता गर्न राजस्व अनुसन्धान कार्यालय बुटवलको अनुरोध


३० भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

लुम्बिनी–  ‘जेनजी पुस्ता’को प्रदर्शनका क्रममा बुटवलस्थित राजस्व अनुसन्धान कार्यालयमा ठूलो क्षति पुगेको छ । आन्दोलनका क्रममा तोडफोड, आगजनी, लुटपाट र चोरी हुँदा उक्त कार्यालयमा झन्डै रु १० करोड क्षति भएको कार्यालयले जनाएको छ । 

तोडफोड, लुटपाट र चोरीमा संलग्न व्यक्तिको तस्बिर तथा श्रव्यदृश्यमार्फत पहिचान गर्ने कार्य भइरहेको छ । 

‘कोही कसैले राजस्व अनुसन्धान कार्यालयबाट यस्ता सामाग्री लिएको वा प्राप्त गरेको भए उक्त सामग्री राजस्व अनुसन्धान कार्यालय बुटवल वा नजिकको प्रहरी कार्यालयमा बुझाउन अनुरोध छ’, प्रमुख अनुसन्धान अधिकृत सुवास श्रेष्ठद्वारा जारी सूचनामा उल्लेख छ ।  

कार्यालयबाट लगिएका सामान समयमा नबुझाए अनुसन्धानका क्रममा पहिचान भए कानुनबमोजिम कारबाही हुने सूचनामा जनाइएको छ । 

यही भदौ २४ गते ‘जेनजी पुस्ता’को प्रदर्शनका क्रममा राजस्व अनुसन्धान कार्यालय बुटवलका विभिन्न सामग्री तोडफोड, आगजनी, चोरी एवं लुटपाट भएको उनले जानकारी दिए ।  

प्रकाशित मिति : ३० भाद्र २०८२, सोमबार  ४ : ५४ बजे

पोलिसिस्टिक ओभरी सिन्ड्रोम : केटीको दाह्रीजुँगा किन आउँछ ?

काठमाडौं- पछिल्लो समय युवतीहरु अनुहारमा बाक्लो रौँ आउने समस्याले चिन्तित

धार्मिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा जुट्दै भोजपुर

भोजपुर– भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र

प्रथम कावासोती गोल्डकप फुटबल आजदेखि हुँदै

नवलपरासी– ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नारासहित

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

फिल्मका पछिल्ला १० वर्ष : ब्याजले लम्बिएको हिट लिस्ट

काठमाडौं – नेपाली फिल्मको बजार ४६ करोड ८७ लाखभन्दा बढीको