‘हामी नेपाल’ले भन्योः कुनै राजनीतिक दलसँग संलग्न छैनौं « Khabarhub

‘हामी नेपाल’ले भन्योः कुनै राजनीतिक दलसँग संलग्न छैनौं


३० भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मानवसेवामा समर्पित संस्था ‘हामी नेपाल’ ले हालै सम्पन्न जेन–जेड आन्दोलनका क्रममा मारिएका युवाप्रति श्रद्धाञ्जली अर्पण गरेको छ । साथै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै पीडित परिवारलाई धैर्य धारण गर्ने शक्ति मिलोस् भन्ने प्रार्थना गरेको छ ।

संस्थाले सोमबार विज्ञप्ति जारी गर्दै आन्दोलनका क्रममा भएको बर्बर आक्रमण, आगजनी र तोडफोडप्रति गम्भीर दुःख व्यक्त गरेको छ । विज्ञप्तिमा भनिएको छ, “विश्वासघाती तवरले जबर्जस्ती हस्तक्षेप गरी जनधनको क्षति पुर्‍याउनुका साथै व्यवसायिक एवं निजी सम्पत्ति समेतमा आगजनी गरी खरानी बनाइएको घटना निन्दनीय तथा अमानवीय छ ।”

हामी नेपालका अनुसार, देशमा ठूला संकट वा प्राकृतिक प्रकोप आउँदा सहयोगका लागि निरन्तर खटिँदै आएको संस्थाले यसपटक पनि जेन–जेड आन्दोलनताका सरकार र युवाबीच समन्वयकारी भूमिका निर्वाह गरेको थियो ।

संस्थाले आफू कुनै पनि राजनीतिक दल वा संगठनसँग संलग्न नभएको प्रष्ट पार्दै भविष्यमा पनि विपत्ति, क्षति र चुनौतीका घडीमा रोकथाम, पुनःस्थापना र विकासका कार्यमा निरन्तर लागिरहने प्रतिबद्धता जनाएको छ । संयोजकमार्फत जारी विज्ञप्तिमा भनिएको छ, “मानव सेवाको यात्रामा हामी कुनै अवरोधबाट प्रभावित नहुनेछौं र अझ दृढतापूर्वक अघि बढ्ने बाचा गर्दछौं ।”

प्रकाशित मिति : ३० भाद्र २०८२, सोमबार  १० : २५ बजे

प्रेम र गणेशको शरीरमा सल्किएको आगो निभ्यो, निभेन प्रश्न

काठमाडौं- पटक पटक सरकार फेरिए । प्रधानमन्त्री फेरिए । सत्ता

न्युजिल्यान्ड र भारतबीच ‘रणनीतिक साझेदारी’ घोषणा, रक्षा र व्यापार सहकार्य विस्तार गर्ने सहमति

अकल्यान्ड- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ऐतिहासिक न्युजिल्यान्ड भ्रमणका क्रममा दुवै देशले

उपचार सेवा विस्तारसँगै सुदूरपश्चिममा कालाजारका बिरामी घट्दै

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा कालाजार (लिस्मानियासिस) का बिरामीको सङ्ख्या पछिल्ला केही

पशुपतिमा साउने सोमबारको तयारी, सफाइ अभियान सुरु

काठमाडौं– साउन महिनामा आराध्यदेव भगवान् पशुपतिनाथको पूजाआराधना एवं दर्शनका लागि

कीर्तिपुर होल्डिङ सेन्टरमा प्रहरीको बाक्लो उपस्थिति, विस्थापितलाई स्मृति भवनमा सारियो (तस्बिरहरू)

काठमाडौं–  अविरल वर्षापछि आएको बाढीका कारण कीर्तिपुरस्थित होल्डिङ सेन्टर डुबानमा