के भन्छन् एमाले महाधिवेशनका कान्छा प्रतिनिधि ? « Khabarhub

के भन्छन् एमाले महाधिवेशनका कान्छा प्रतिनिधि ?



देशकै दोश्रो ठूलो दल नेकपा एमालेको ११ औँ महाधिवेशन यतिबेला राजधानीमा चलिरहेको छ । महाधिवेशनमा जीवनभर संघर्ष गरेका वृद्धदेखि उच्च राजनीतिक उत्साह बोकेका युवाको सहभागिता उत्तिकै देखिन्छ । समाज रूपान्तरणको आशा बोकेर जेन–जी उमेरमै राजनीतिमा होमिएका तिनै युवामध्येका एक हुन्, पाल्पा रामपुरका सन्देश ढकाल । 

पाल्पा क्षेत्र नम्बर १ बाट निर्वाचित बनेका उनी महाधिवेशनमा देशकै कान्छा प्रतिनिधि पनि हुन् । १६ वर्षे कलिलो उमेरमै कम्युनिस्ट सिद्धान्तबाट प्रभावित भएका उनले २०७५ मा पार्टीको सदस्यता लिएर राजनीतिक यात्रा सुरु गरे । २०७६ सालमा ११ मा पढ्दै गर्दा उनले पाल्पा रामपुरमा रहेको सहिद बहुमुखी क्याम्पसबाट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को सदस्यता लिए । 

सदस्यता लिएको ७ वर्षको अन्तरालमै उनी जिल्ला कमिटी सदस्य, कोषाध्यक्ष, उपाध्यक्ष हुँदै २०८१ मा अनेरास्ववियू अध्यक्षमै निर्वाचित बने । 

ढकाल पारिवारिक प्रभावबाट २४ वर्षमै जिल्ला कमिटी हुँदै महाधिवेशन प्रतिनिधि बनेका भने होइनन् । न त उनी आर्थिक चलखेलबाट स्थान पाएका प्रतिनिधि हुन् । उनको बुबाआमा गाउँमै सामान्य किराना पसल सञ्चालन गर्दै गर्जो टार्दै आएका छन् ।

एमालेको शुभचिन्तक र सामान्य मतदाता मात्रै रहेका आमाबुबाबाट ढकालले पर्याप्त साथ र हौसला पाएका छन् । 

राजनीतिमा सकारात्मक सहभागिता देखाएका उनलाई महाधिवेशनमा निर्वाचित गर्न परिवारसँगै जिल्लाको हजुरबुबादेखि बुबा पुस्तासम्मले साथ दियो । 

महाधिवेशनमा लामो समयदेखि सक्रिय रहेका बाजेबुबा पुस्तालाई पराजित गर्दै प्रतिनिधि निर्वाचित भएर आउँदै गर्दा उनी के भन्छन् ? खबरहबले गरेको कुराकानी । 

भिडियोमा हेर्नुहोस् :

प्रकाशित मिति : २९ मंसिर २०८२, सोमबार  २ : ५१ बजे

खोलामा माछा मार्न जाल हान्ने क्रममा एकजना बेपत्ता

तनहुँ– तनहुँको म्याग्दे गाउँपालिका–४ सेतीखोलामा माछा मार्न जाल हान्ने क्रममा

अवैध रुपमा बालगृह चलाउने अमेरिकन र होटल चलाउने चिनियाँ पक्राउ

काठमाडौं- भिसाको उद्देश्य विपरीत नेपालमा बसी शंकास्पद क्रियाकलापमा संलग्न दुई

राष्ट्रिय सभा निर्वाचनमा कसले कति मत ल्याए ?

काठमाडौं- राष्ट्रियसभा सदस्य पदको रिक्त १८ पदका लागि आइतबार (माघ

जसपा नेपालको चुनावी प्रतिबद्धता पत्र सार्वजनिक (पूर्णपाठसहित)

काठमाडौं – जनता समाजवादी पार्टी, नेपालले आगामी निर्वाचनलाई लक्षित गर्दै

उज्यालो नेपालका १५ जना केन्द्रीय सदस्यले छाडे पार्टी

काठमाडौं – उज्यालो नेपाल पार्टी (उनेपा)मा आन्तरिक विवाद चुलिँदै जाँदा