के भन्छन् एमाले महाधिवेशनका कान्छा प्रतिनिधि ? « Khabarhub

के भन्छन् एमाले महाधिवेशनका कान्छा प्रतिनिधि ?



देशकै दोश्रो ठूलो दल नेकपा एमालेको ११ औँ महाधिवेशन यतिबेला राजधानीमा चलिरहेको छ । महाधिवेशनमा जीवनभर संघर्ष गरेका वृद्धदेखि उच्च राजनीतिक उत्साह बोकेका युवाको सहभागिता उत्तिकै देखिन्छ । समाज रूपान्तरणको आशा बोकेर जेन–जी उमेरमै राजनीतिमा होमिएका तिनै युवामध्येका एक हुन्, पाल्पा रामपुरका सन्देश ढकाल । 

पाल्पा क्षेत्र नम्बर १ बाट निर्वाचित बनेका उनी महाधिवेशनमा देशकै कान्छा प्रतिनिधि पनि हुन् । १६ वर्षे कलिलो उमेरमै कम्युनिस्ट सिद्धान्तबाट प्रभावित भएका उनले २०७५ मा पार्टीको सदस्यता लिएर राजनीतिक यात्रा सुरु गरे । २०७६ सालमा ११ मा पढ्दै गर्दा उनले पाल्पा रामपुरमा रहेको सहिद बहुमुखी क्याम्पसबाट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को सदस्यता लिए । 

सदस्यता लिएको ७ वर्षको अन्तरालमै उनी जिल्ला कमिटी सदस्य, कोषाध्यक्ष, उपाध्यक्ष हुँदै २०८१ मा अनेरास्ववियू अध्यक्षमै निर्वाचित बने । 

ढकाल पारिवारिक प्रभावबाट २४ वर्षमै जिल्ला कमिटी हुँदै महाधिवेशन प्रतिनिधि बनेका भने होइनन् । न त उनी आर्थिक चलखेलबाट स्थान पाएका प्रतिनिधि हुन् । उनको बुबाआमा गाउँमै सामान्य किराना पसल सञ्चालन गर्दै गर्जो टार्दै आएका छन् ।

एमालेको शुभचिन्तक र सामान्य मतदाता मात्रै रहेका आमाबुबाबाट ढकालले पर्याप्त साथ र हौसला पाएका छन् । 

राजनीतिमा सकारात्मक सहभागिता देखाएका उनलाई महाधिवेशनमा निर्वाचित गर्न परिवारसँगै जिल्लाको हजुरबुबादेखि बुबा पुस्तासम्मले साथ दियो । 

महाधिवेशनमा लामो समयदेखि सक्रिय रहेका बाजेबुबा पुस्तालाई पराजित गर्दै प्रतिनिधि निर्वाचित भएर आउँदै गर्दा उनी के भन्छन् ? खबरहबले गरेको कुराकानी । 

भिडियोमा हेर्नुहोस् :

प्रकाशित मिति : २९ मंसिर २०८२, सोमबार  २ : ५१ बजे

‘प्रधानमन्त्री कप’ गण्डकी प्रदेशस्तरीय क्रिकेट छनोट बिहीबारदेखि

कास्की – ‘प्रधानमन्त्री कप’ राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि गण्डकी प्रदेशस्तरीय

‘गलत निशाना’ का कारण इरानी विद्यालयमा क्षेप्यास्त्रले लागेको अमेरिकाको स्पष्टीकरण

वासिङ्टन – इरानको एक विद्यालयमा ‘गलत निशाना लागेका कारण’ टोमाहक

सवारी दुर्घटनामा एक जनाको मृत्यु

सुनसरी – सुनसरीको कोसी गाउँपालिका–४ मा आज सवारी दुर्घटना हुँदा

साउदी अरेबियामा रहेका नेपालीलाई सजग रहन अनुरोध

काठमाडौं – साउदी अरेबियास्थित नेपाली दूतावासले मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो

हिमालयन ह्वाइटवाटर च्यालेन्जको दोस्रो दिन जे देखियो (तस्बिरहरू)

चितवन । त्रिशूली नदीमा जारी २४औँ हिमालयन ह्वाइटवाटर च्यालेन्ज २०२६