ओलीले दिए अध्यक्ष पदमा उम्मेदवारी « Khabarhub

ओलीले दिए अध्यक्ष पदमा उम्मेदवारी


२९ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– केपी शर्मा ओलीले नेकपा एमालेको अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराएका छन्। सोमबार महाधिवेशनस्थल पुगेर उनले औपचारिक रूपमा अध्यक्षमा उम्मेदवारी दर्ता गराएका हुन्।

ओलीले उम्मेदवारी दर्ता गराए पनि उनको प्यानल भने अहिलेसम्म सार्वजनिक भएको छैन। उपाध्यक्ष पदमा उपमहासचिव प्रदीप ज्ञवालीले उम्मेदवारी नदिने निर्णय गरेपछि प्यानल घोषणा ढिलाइ भएको बताइएको छ।

महाधिवेशनको निर्वाचन तालिका अनुसार उम्मेदवारी दर्ता प्रक्रिया अघि बढिरहेको छ भने विभिन्न पदका लागि आकांक्षीबीच आन्तरिक छलफल र समन्वय जारी छ।

उम्मेदवारी दर्ता गराउँदा उनीसँगै स्थायी कमिटी सदस्य महेश बस्नेत र महासचिव शंकर पोखरेल पनि देखिएका छन्।

प्रकाशित मिति : २९ मंसिर २०८२, सोमबार  ३ : २९ बजे

शरद् ऋतुमा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा नेपालका ४४ हिमाल आरोहण गर्न ७६ देशका

दसैँमै फुल्यो तिहारलाई लगाएको सयपत्री, चिन्तामा किसान (तस्बिरहरू)

तनहुँ– तिहार आउन दुई साता बाँकी छँदै तनहुँका किसानको खेतमा सयपत्री

सशस्त्र प्रहरी बल र भारतीय सशस्त्र सीमा बलबीच बैठक

काठमाडौँ– सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बलबीच

मुलुकलाई जोगाउन आन्दोलनको विकल्प छैन: अध्यक्ष ओली

काठमाडाैँ – नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

परराष्ट्रमन्त्री खनालसँग नेपालका लागि फ्रान्सका राजदूत पुइगिन्जाको शिष्टाचार भेट

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि फ्रान्सकी नवनियुक्त राजदूत