प्रदीप ज्ञवालीले केन्द्रीय सदस्यमा मात्रै दिए उम्मेदवारी, स्वीकारेनन् उपाध्यक्ष पद « Khabarhub

प्रदीप ज्ञवालीले केन्द्रीय सदस्यमा मात्रै दिए उम्मेदवारी, स्वीकारेनन् उपाध्यक्ष पद


२९ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


276
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेमा दशौँ महाधिवेशनका उपमहासचिव प्रदीप ज्ञवालीले केन्द्रीय सदस्य पदमा मात्रै उम्मेदवारी दिएका छन् ।

महासचिव पद नपाएपछि असन्तुष्ट उनले महाधिवेशनस्थल भृकुटीमण्डपमा पुगेर केन्द्रीय सदस्यमा मात्रै उम्मेदवारी दिएका हुन् ।

महाधिवेशनस्थल छोडेर हिँडेका उपमहासचिव ज्ञवालीले केही बेरअघि फर्किएर केसमा उम्मेदवारी दर्ता गराएका हुन् ।

शंकर पोखरेललाई अध्यक्ष केपी शर्मा ओलीले महासचिवमा दोहोर्‍याएपछि असन्तुष्ट उनको विद्रोहले संस्थापनमा संकट ल्याएको छ।

उनलाई महासचिव नबनाएको भन्दै अर्का उपमहासचिव पृथ्वी सुब्बा गुरुङ र उपाध्यक्ष विष्णु पौडेल रुष्ट छन् । यसअघि ज्ञवाली र गुरुङ दुवैले महाधिवेशनस्थल छाडेका थिए ।

एमालेको महासचिव पदमा दोहोरिने गरी शंकर पोखरेलले मनोनयन गराइसकेका छन् । ओली समूहले यी दुवैजनालाई उपाध्यक्षको सूचीमा राखेको छ ।

निर्वाचन आयोगले तोकेको समयअनुसार उम्मेदवारी मनोनयनको समय सकिएको छ।

प्रकाशित मिति : २९ मंसिर २०८२, सोमबार  ५ : ३८ बजे

इराकको कुर्दिस्तानमा इरानी कुर्द समूहका शिविरमा ड्रोन आक्रमण

तेहरान– इरानले इराकको कुर्दिस्तान क्षेत्रमा रहेका इरानी कुर्द विपक्षी समूहका

पोखरा एभेन्जर्सबाट खेल्न नेपाल आइपुगे बंगलादेशका पूर्वकप्तान शाकिब अल हसन

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण खेल्न

एनपीएल सिजन ३ को पुरस्कार सार्वजनिक : विजेताले १ करोड ५० लाख पाउने

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपाल प्रिमियर लिग

अउडीले अमेरिकामा ४ अर्ब डलर लगानी गर्ने

वासिङ्टन – जर्मन कार निर्माता कम्पनी अउडीले अमेरिकामा आफ्नो पहिलो

एनपीएलको बजार मूल्य आठ अर्ब पुग्यो : पारस खड्का

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) का सचिव पारस खड्काले