प्रदीप ज्ञवालीले केन्द्रीय सदस्यमा मात्रै दिए उम्मेदवारी, स्वीकारेनन् उपाध्यक्ष पद « Khabarhub

प्रदीप ज्ञवालीले केन्द्रीय सदस्यमा मात्रै दिए उम्मेदवारी, स्वीकारेनन् उपाध्यक्ष पद


२९ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


276
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेमा दशौँ महाधिवेशनका उपमहासचिव प्रदीप ज्ञवालीले केन्द्रीय सदस्य पदमा मात्रै उम्मेदवारी दिएका छन् ।

महासचिव पद नपाएपछि असन्तुष्ट उनले महाधिवेशनस्थल भृकुटीमण्डपमा पुगेर केन्द्रीय सदस्यमा मात्रै उम्मेदवारी दिएका हुन् ।

महाधिवेशनस्थल छोडेर हिँडेका उपमहासचिव ज्ञवालीले केही बेरअघि फर्किएर केसमा उम्मेदवारी दर्ता गराएका हुन् ।

शंकर पोखरेललाई अध्यक्ष केपी शर्मा ओलीले महासचिवमा दोहोर्‍याएपछि असन्तुष्ट उनको विद्रोहले संस्थापनमा संकट ल्याएको छ।

उनलाई महासचिव नबनाएको भन्दै अर्का उपमहासचिव पृथ्वी सुब्बा गुरुङ र उपाध्यक्ष विष्णु पौडेल रुष्ट छन् । यसअघि ज्ञवाली र गुरुङ दुवैले महाधिवेशनस्थल छाडेका थिए ।

एमालेको महासचिव पदमा दोहोरिने गरी शंकर पोखरेलले मनोनयन गराइसकेका छन् । ओली समूहले यी दुवैजनालाई उपाध्यक्षको सूचीमा राखेको छ ।

निर्वाचन आयोगले तोकेको समयअनुसार उम्मेदवारी मनोनयनको समय सकिएको छ।

प्रकाशित मिति : २९ मंसिर २०८२, सोमबार  ५ : ३८ बजे

सोह्रश्राद्धमा सुनसान कागबेनी (तस्बिरहरू)

कागबेनी– सोह्रश्राद्धका बेला पितृतर्पणका लागि दैनिक हजारौँ तीर्थालु आउने मुस्ताङको

सडक दुर्घटना न्यूनीकरण चालकदेखि नागरिकसम्मको साझा जिम्मेवारी : प्रहरी प्रमुख

काठमाडौं– काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख सुशीलसिंह राठौरले सडक दुर्घटना

सम्पदा संरक्षणका लागि आवश्यक कानुन निर्माणमा पहल गर्छु : सभामुख अर्याल

ललितपुर- प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले नेवार समुदायको भाषा, कला, संस्कृति तथा

कांग्रेसलाई क्रान्तिभूमिको खबरदारी– शहीदको सन्देश नभुल्नू

ओखलढुङ्गा श्री चम्पादेवी र जलजलेश्वर महादेवको धार्मिक आस्थाले रक्षित पवित्र

जी-७ राष्ट्रद्वारा १० करोड ब्यारेल तेल बजारमा ल्याउने सहमति

एजेन्सी– विश्वव्यापी ऊर्जा आपूर्ति संकट र बढ्दो इन्धन मूल्यलाई नियन्त्रण