गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठी सम्पन्न « Khabarhub

गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठी सम्पन्न


२९ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

गण्डकी– गृह मन्त्रालय र गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको संयुक्त आयोजनामा आज पोखरामा गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठी सम्पन्न भएको छ । 

गोष्ठीमा गृहमन्त्री ओमप्रकाश अर्याल, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलगायत सरकारी उच्चपदस्थ अधिकारी र सुरक्षा निकायका प्रमुख सहभागी थिए । 

गोष्ठीमा प्रदेशको समग्र सुरक्षा अवस्थाको विश्लेषणसहित आगामी सुरक्षा रणनीति र कार्यदिशाका विषयमा छलफल भएको गृह मन्त्रालयका सहसचिव गोविन्द रिजालले जानकारी दिए ।

फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्ष्य गरी निर्वाचन सुरक्षा योजनामा केन्द्रित रहेर छलफल भएको उनले बताए।

गोष्ठीमा गण्डकी प्रदेशका ११ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीले जिल्लाको सुरक्षा अवस्थाका बारेमा जानकारी गराएको कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताए।

 गोष्ठीमा गृहमन्त्री अर्याल, गृहसचिव रामेश्वर दङ्गाललगायत सुरक्षाका निकायका प्रमुखले निर्देशनात्मक भनाइ राखेको उनले बताए। 

निर्वाचनका लागि एकीकृत सुरक्षा योजना लागू गरिएको र प्रदेश तथा जिल्लास्तरमा सुरक्षा अवस्थाको विश्लेषण गरी निर्वाचन सुरक्षा रणनीति तय गर्न गोष्ठीले सहयोग पुर्याउने गृह मन्त्रालयले जनाएको छ । 

प्रकाशित मिति : २९ मंसिर २०८२, सोमबार  ७ : ५२ बजे

माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय तेक्वान्दो तथा पुम्से प्रतियोगिता फागुन १ देखि हुने

काठमाडौं– नेपाल तेक्वान्दो संघको आयोजनामा चौथो माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय तेक्वान्दो

चिकित्सक संघको निर्वाचन प्रतिनिधिसभा निर्वाचन पछि हुने

काठमाडौं– नेपाल चिकित्सक संघको निर्वाचन अब प्रतिनिधि सभा निर्वाचन पछि

हिमपहिरोले अमेरिकामा जनजीवन ठप्प, उडानदेखि बिजुलीसम्म असर

अमेरिका– अमेरिकामा हिमपहिरोले त्रास मच्चाएको छ । शनिबारदेखि सुरु भएको आँधीले हजारौँ

विवादित व्यापारीले दिएको करोडौँको गाडीबारे जवाफ नदिएरै पन्छिए बालेन्द्र

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साह विभिन्न मुद्दासमेत

आगामी बुधबार काठमाडौँ महोत्सव हुँदै

काठमाडौं– नेपाल उद्योग वाणिज्य सङ्घले यही माघ १४ देखि १७