गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठी सम्पन्न « Khabarhub

गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठी सम्पन्न


२९ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

गण्डकी– गृह मन्त्रालय र गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको संयुक्त आयोजनामा आज पोखरामा गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठी सम्पन्न भएको छ । 

गोष्ठीमा गृहमन्त्री ओमप्रकाश अर्याल, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलगायत सरकारी उच्चपदस्थ अधिकारी र सुरक्षा निकायका प्रमुख सहभागी थिए । 

गोष्ठीमा प्रदेशको समग्र सुरक्षा अवस्थाको विश्लेषणसहित आगामी सुरक्षा रणनीति र कार्यदिशाका विषयमा छलफल भएको गृह मन्त्रालयका सहसचिव गोविन्द रिजालले जानकारी दिए ।

फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्ष्य गरी निर्वाचन सुरक्षा योजनामा केन्द्रित रहेर छलफल भएको उनले बताए।

गोष्ठीमा गण्डकी प्रदेशका ११ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीले जिल्लाको सुरक्षा अवस्थाका बारेमा जानकारी गराएको कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताए।

 गोष्ठीमा गृहमन्त्री अर्याल, गृहसचिव रामेश्वर दङ्गाललगायत सुरक्षाका निकायका प्रमुखले निर्देशनात्मक भनाइ राखेको उनले बताए। 

निर्वाचनका लागि एकीकृत सुरक्षा योजना लागू गरिएको र प्रदेश तथा जिल्लास्तरमा सुरक्षा अवस्थाको विश्लेषण गरी निर्वाचन सुरक्षा रणनीति तय गर्न गोष्ठीले सहयोग पुर्याउने गृह मन्त्रालयले जनाएको छ । 

प्रकाशित मिति : २९ मंसिर २०८२, सोमबार  ७ : ५२ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन