एमाले महाधिवेशन : यी हुन् निर्विरोध निर्वाचित भएकाहरू « Khabarhub

एमाले महाधिवेशन : यी हुन् निर्विरोध निर्वाचित भएकाहरू


२९ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा (एमाले)को जारी ११ औँ महाधिवेशनमा ११ जना केन्द्रीय सदस्यसहित केही आयोगका पदाधिकारी निर्विरोध निर्वाचित भएका छन्।

सार्वजनिक उम्मेदवारको प्रारम्भिक नामावलीअनुसार ११ जना केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भएका हुन्। केन्द्रीय सदस्य पदका क्लस्टरमा ११ जनाको एक्काएक्लै उम्मेदवारी परेपछि उनीहरू निर्विरोध भए।
निर्विरोध निर्वाचित हुनेहरु

लुम्बिनी प्रदेश– महिलातर्फ गुमादेवी आचार्य, मेनकाकुमारी पोखरेल र शान्तीदेवी ढकाल

मधेशी कलस्टर– युवातर्फ अमरकुमार यादव

समावेशी मुस्लिम महिला– खाजिदा खातुन सिद्धकी

समावेशी श्रमिक महिला– कमलादेवी श्रेष्ठ र सीता लामा

पिछडिएको क्षेत्रको महिला– वदमीक्वारी बुढा

प्रवास दक्षिण एशिया– हरिप्रसाद घिमिरे

४० वर्ष मूनिको केन्द्रीय सदस्य युवा– नरेश रोकाया र सुशिलकुमार थापा

केही केन्द्रीय सदस्यसँगै अनुशासन आयोगको अध्यक्षमा प्राडा भरतराज पहारी, उपाध्यक्ष चक्रबहादुर पराजुली र सचिवमा डा राजेन्द्र घिमिरे पनि निर्विरोध भएका छन्। त्यस्तै लेखा आयोगको अध्यक्षमा डा पुष्पराज कँडेल, उपाध्यक्षमा धनेन्द्रराज घिमिरे र सचिवमा ईश्वरीप्रसाद खरेल पनि निर्विरोध निर्वाचित भएका छन्।

प्रकाशित मिति : २९ मंसिर २०८२, सोमबार  ११ : १९ बजे

रेविज सङ्क्रमणबाट पाँचथरमा ३६ पशुचौपाया मरे

पाँचथर – रेबिज रोगको सङ्क्रमणबाट पाँचथरमा ३६ वटा पशुचौपाया मरेका

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गौलाका बिरामीलाई उपचारमा समस्या

कञ्चनपुर – कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा आवश्यक जनशक्ति र उपकरण

हुलाकी सडक कालोपत्र गर्न निकुञ्ज क्षेत्रका एक हजार बढी रूख काट्नुपर्ने

चितवन – भरतपुरबाट माडी हुँदै ठोरीतर्फ जाने सडकमा पर्ने चितवन

सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छ : गगन थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसद्मा पुगेपछि सांसदहरूले

रातमा झलमल्ल बालकुमारी–बल्खु सडक (तस्बिरहरू)

काठमाडाैं – काठमाडौंको चक्रपथअन्तर्गत ललितपुर महानगरपालिकामा पर्ने बालकुमारी पुलदेखि बल्खुसम्मको