हमास र इजरायलले गरे युद्ध विरामको सहमति « Khabarhub

हमास र इजरायलले गरे युद्ध विरामको सहमति


३ माघ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


468
Shares
  • change font
  • change font
  • change font

जेरुसेलम – हमास र इजरायलले १५ महिना लामो युद्ध अन्त्यको टुङ्गोमा पुगेका छन्। आइतबारदेखि लागु हुने गरी युद्ध विरामको सहमति भएको छ। अमेरिकी राष्ट्रपति जो बाइडेनले युद्ध विराम भएको घोषणा गरेका छन्। युद्ध विराम अनुसार हमासले बन्दी बनाएकाको रिहाइ हुनेछ भने गाजाबाट इजरायली सेना हट्ने छ।

संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टेनियो गुटिरेसले युद्धले भएको क्षतिमा राहत दिने लक्ष्य भएको बताउँदै प्यालेस्टाइनीमा आवश्यक सहयोग गर्ने बताए। आइतबार युद्ध विराम हुने भनिए पनि बुधबारसम्म इजरायलले आक्रमण जारी राखेको छ।

हमासले सञ्चालन गरेको स्वास्थ्य मन्त्रालयका अनुसार बुधबार भएको आक्रमणमा २० जनाको ज्यान गएको हो।

७ अक्टोबर २०२३ मा हमासले गरेको आक्रमणमा १२ सय जनाको ज्यान गएको थियो भने २५१ जनालाई बन्दी बनाइएको थियो। यसको प्रत्याक्रमणमा इजरायलले गरेको आक्रमणमा ४६ हजार भन्दा बढीको ज्यान गएको छ। अहिले ९४ जना बन्दी अझै रिहा हुन बाँकी छन्। ३४ जना भने मारिएको अनुमान गरिएको छ।

युद्ध विरामपछि गाजामा सर्वत्र खुसीयाली छाएको छ। युद्ध विरामपछि इजरायली प्रधानमन्त्री बेन्जासमन नेतान्याहुले अमेरिकी राष्ट्रपति जो बाइडेन र राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पलाई धन्यवाद दिएका छन्। ट्रम्पलाई विशेष धन्यवाद दिँदै नेतान्याहुले उनीसँग एकदमै चाँडो वासिङ्टनमा भेट हुने बताएका छन्।

आइतबार युद्ध विराम लागु हुने दिनको एक दिनपछि सोमबार नै अमेरिकामा निर्वाचित राष्ट्रपछि ट्रम्प कार्यालय प्रवेश गर्ने छन्।

युद्ध विराममा सहमति भएपछि अन्तर्राष्ट्रिय क्षेत्रमा यसले खुसी दिएको छ। विभिन्न नेताले प्रतिक्रिया दिन थाली सकेका छन्। यसरी प्रतिक्रिया दिनेमा जर्मनीका चान्सलर ओलार स्कोल्फ, स्पेनका प्रधानमन्त्री पेड्रो, सा्ँचेज, राष्ट्र सङ्घीय महासचिव एन्टेनियो गुटिरेस, राष्ट्र सङ्घीय मानव अधिकार कमिस्नर भोल्कर टर्क र युरोपियन कमिसनका प्रमुख उरुला भान डेर लियोनले युद्ध विरामको स्वागत गरी सकेका छन्।

इजरायली प्रधानमन्त्री बेन्जासमन नेतान्याहु। तस्बिरः गेट्टी इमेज

प्रकाशित मिति : ३ माघ २०८१, बिहीबार  ६ : ३४ बजे

इरानसँगको सम्झौता ‘परमाणु खतरा पूर्ण रूपमा अन्त्य’ का लागि हुनुपर्छ : नेतन्याहु

जेरूसेलम – इरानसँगको सम्झौता ‘परमाणु खतरा पूर्ण रूपमा अन्त्य’ का

फेवातालमा राष्ट्रिय महिला तथा पुरुष डुङ्गा दौड हुँदै

कास्की – देशको पर्यटकीय राजधानी पोखराको प्रमुख पर्यटकीय आकर्षण फेवातालमा

तीव्र हावाहुरीका कारण प्रसारण लाइनमा रुख ढल्दा ट्रिपिङको समस्या, समाधानको प्रयासमा प्राधिकरण

काठमाडौं – नेपाल विद्युत प्राधिकरणले तीव्र हावाहुरीका कारण प्रसारण लाइनमा

काभा भलिबल : नेपाल सेमिफाइनलमा प्रवेश

काठमाडौं – नेपालले माल्दिभ्सलाई पराजित गर्दै सेन्ट्रल एसियन भलिबल एसोसिएसन

पत्रिकालाई फसाउन घुस र मदिरा ? चिनियाँ दूतावासले भन्यो : नियोजित रूपमा बदनाम गराउने प्रयास

काठमाडौं– नेपालस्थित चिनियाँ दूतावासले सञ्चारमाध्यमका केही पत्रकारहरूलाई घुस दिएर एक