सीमापार धार्मिक पर्यटन प्रवर्द्धनमा जुट्दै नेपाल–भारत | Khabarhub Khabarhub

सीमापार धार्मिक पर्यटन प्रवर्द्धनमा जुट्दै नेपाल–भारत


३ माघ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

भारत– सीमापार धार्मिक पर्यटन प्रवर्द्धनका लागि नेपाल र भारतका पर्यटन व्यवसायीहरूले प्रतिबद्धता जनाएका छन् । नेपालस्थित भारतीय दूतावास, नेपाल पर्यटन बोर्ड र भारतको उत्तरप्रदेश पर्यटन बोर्डको समन्वय र सहकार्यमा आयोजित दुवै देशका पर्यटन व्यवसायीहरूबीचको अन्तरक्रियामा सहभागी व्यवसायीहरू एकापसमा सहकार्य गर्दै पर्यटन प्रवर्द्धनमा जुट्ने प्रतिबद्धता जनाएका हुन् ।

सीमा क्षेत्रको पर्यटनका साथै धार्मिक पर्यटन प्रवर्द्धनमा साझेदारी फराकिलो बनाउँदै दुवै देशको परस्पर हित र लाभका लागि सहकार्य गर्ने दुवै मुलुकका पर्यटनसम्बद्ध निकाय तथा व्यवसायीको भनाइ छ । यसैको तयारीस्वरूप नेपाली व्यवसायीहरूलाई भारतका विभिन्न धार्मिकस्थलहरूको छ दिने अवलोकन भ्रमण गराइएको छ । यस क्रममा विश्वप्रसिद्ध धार्मिक एवं पर्यटकीयस्थलरू मथुरा, आगरा, प्रयागराज, लखनऊ, बनारस र अयोध्या क्षेत्रको परिचयात्मक भ्रमण तथा पर्यटन व्यवसायीबीच अन्तरक्रिया गरिएको छ ।

भ्रमणका क्रममा आगरामा आयोजित कार्यक्रममा दुवै देशका पर्यटन व्यवसायीहरूले दुवै देशको पर्यटन सम्भावना, चुनौती र अवसरबारे खुलेर छलफल गरे । ताजमहललाई पृष्ठभूमिमा राखेर गरिएको ‘बिटुबी’ कार्यक्रममा दुवै पक्षले आआफ्ना देशका पर्यटकीय क्षेत्रबारे जानकारी समेटिएका पुस्तिकालगायत सम्पर्क नम्बर तथा ठेगाना आदानप्रदान गरे । उत्तरप्रदेश पर्यटन विभागका अतिरिक्त रणनीतिक अधिकृत आकाश दीपले यस प्रकारको कार्यक्रमले दुवै देशको पर्यटन विकासका लागि सहकार्य गर्न महत्वपूर्ण टेवा पुग्ने बताए ।

आगरा ट्राभल एजेन्ट एसोसिएसनका महासचिव कौशलेन्द्र सिंहले नेपाल र भारतबीच रहेको धार्मिक पर्यटनको सम्भावनालाई उजागर गर्न छलफल सफल भएको बताए । नेपालका चर्चामा रहेका धेरै पर्यटकीयस्थलबारे जानकारी पाउँदा खुसी लागेको उल्लेख गर्दै उनले भारतीय पर्यटकलाई ती धार्मिक एवं पर्यटकीयस्थलमा भ्रमण गर्न उत्प्रेरित गर्ने प्रतिबद्धता व्यक्त गरे ।

नेपाली व्यवसायी तथा नेपाल पर्यटन बोर्डका प्रतिनिधिहरूले नेपालका धार्मिक पर्यटकीयस्थलबारे जानकारी गराए । त्यस अवसरमा व्यवसायीहरूले नेपालका महत्वपूर्ण पर्यटकीय क्षेत्रबारे चर्चा गर्दै त्यहाँ पर्यटकीय गतिविधि बढाउन भारतीय पक्षबाट सहयोगको अपेक्षा व्यक्त गरे । भारतीय पर्यटकलाई ती स्थानमा पठाउन आग्रह गरे । नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक श्रद्धा श्रेष्ठले दुई देशबीचको पर्यटकीय सम्भावनाको उजागर, व्यवसायीबीच सहकार्य अभिवृद्धिका साथै अन्तरदेशीय पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जानकारी दिइन् ।

जनकपुर उपमहानगरपालिका प्रमुख मनोजकुमार साहले अयोध्या र जनकपुरलाई रामायण सर्किटका रूपमा विकास गर्न लागिपरेको भन्दै आवश्यक सहयोग र समन्वय गर्न आग्रह गरे । पर्यटन व्यवसायी मायाप्रसाद भट्टले सुदूरपश्चिममा सम्भावना रहेका नयाँ पर्यटकीय गन्तव्यमा पर्यटक पु¥याउन सहकार्य जरूरी रहेको बताए ।

बनारसमा ‘रोड शो’
नेपाल र भारतको धार्मिक पर्यटनलाई बढावा दिन बनारसमा पनि प्रवर्द्धनात्मक कार्यक्रम गरिएको छ । ब्यानरसहित सडक परिक्रमा गरी शास्त्री घाटमा पुगेर सम्पन्न भएको थियो । सोही अवसरमा नेपालबाट परिचयात्मक तथा बिटुबीका लागि सहभागी नेपाली प्रतिनिधिहरूलाई स्वागत गरियो । उत्तरप्रदेश पर्यटन विभाग र व्यवसायी प्रतिनिधिहरूले स्वागत गर्दै दुवै देशमा धार्मिक पर्यटन वृद्धि कसरी गर्न सकिन्छ भनेर विमर्शसमेत गरे ।

बनारसी टुरिजम गिल्टका अध्यक्ष सन्तोषकुमार सिंहले नेपाल र भारतबीचको शदिऔँदेखिको धार्मिक, सांस्कृतिक सम्बन्धको लाभ दुवै पक्षले लिनुपर्ने बताए । उनले बुद्ध र हिन्दू दुवैका लागि नेपाल र भारत महत्वपूर्ण पर्यटकीयस्थल रहेको तथा पर्यटक आदानप्रदान हुँदै आएको भन्दै १२ वर्षपछि लाग्ने कुम्भ मेलामा हिन्दू नेपाली पर्यटकलाई सहभागी हुन आह्वान गरे । साथै उनले नेपालको सडक पूर्वाधार सुधार गर्नसके धेरै भारतीय पर्यटक नेपालको भ्रमण गर्न आतुर रहेको बताए ।

उत्तरप्रदेश पर्यटन विभागका उपनिर्देशक आरके रावतले धार्मिक पर्यटन प्रवर्द्धनका लागि नेपाल र भारतले लिएको सामूहिक पहल सकारात्मक रहेको भन्दै यसलाई निरन्तरता दिइनुपर्नेमा जोड दिए । त्यसअघि लखनऊमा उत्तरप्रदेश पर्यटन विभागको आयोजनामा पर्यटनसम्बन्धी औपचारिक कार्यक्रम गरिएको थियो । जहाँ दुवै देशका पर्यटनसम्बन्धी सरकारी निकाय र निजी क्षेत्रका पर्यटन व्यवसायीबीच अन्तरक्रिया र व्यावसायिक अनुभव आदान–प्रदानका साथै आगामी पर्यटन रणनीतिबारे छलफल भएको थियो ।

उत्तरप्रदेश पर्यटन विभागको निमन्त्रणामा २३ जना नेपाली व्यवसायी, सरकारी प्रतिनिधि, सञ्चारकर्मी यस कार्यक्रममा सहभागी भए । यसअघि नेपालले भारत उत्तरप्रदेशका पर्यटन व्यवसायीहरूलाई नेपालमा आमन्त्रण गरी नेपालका पर्यटकीय क्षेत्रबारे जानकारी गराउनुका साथै दुवै पर्यटन बोर्डहरुबीच यस्ता कार्यक्रमलाई वार्षिक कार्यतालिका बनाई निरन्तरता दिने घोषणा गरेका थिए ।

प्रकाशित मिति : ३ माघ २०८१, बिहीबार  ९ : १९ बजे

पाँच सय ३१ जनाको निःशुल्क आँखाको शल्यक्रिया

चन्द्रपुर– नेपाली सेनाको सहयोगमा रौतहटका विपन्न तथा गरिब परिवारका पाँच

चीनलाई देखाउँदै प्रधानमन्त्रीले भने- हाम्रो देश हामी आफैँ बनाउन लाग्नुपर्छ

कास्की– प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा र स्वास्थ्य क्षेत्रलाई अझ

वनसँग जोडिएका मुद्दालाई त्रुटिरहित बनाउन कर्मचारीलाई तालिम

सिरहा– जिल्लास्थित डिभिजन वन कार्यालयले वनसँग जोडिएका मुद्दालाई त्रुटिरहित बनाउन

कांग्रेस नेता कोइराला र बेलायतका कानून उपमन्त्रीबीच भेट 

काठमाडौं – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले बेलायतका संसदीय