बाइडेनले लगाए कुलिन वर्ग हाबी भएको आरोप  « Khabarhub

बाइडेनले लगाए कुलिन वर्ग हाबी भएको आरोप 


३ माघ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकी राष्ट्रपति जो बाइडेनले दशक लामो राजनीतिक जीवनको अन्त्य गर्दै राष्ट्रपति पद त्याग गर्ने क्रममा सम्बोधन गरेका छन् । बुधबार बिदाइ सम्बोधन गर्दै डरलाग्दो रूपले कुलिन वर्ग हाबी भएको चेतावनी दिएका छन् । 

‘अहिले अमेरिकामा कुलिन वर्गको पैसा शक्ति र प्रभावमा पकड बढ्दे गएको छ । यसले हाम्रो प्रजातान्त्रिक प्रक्रियामा नै अवरुद्ध हुँदै गएको छ,’ बाइडेनले भने । 

ह्वाइट हाउसबाट अन्तिम सम्बोधन गर्ने क्रममा उनले जलवायु परिवर्तन र प्रविधिको प्रयोग मार्फत हुने गलत अफवाह नयाँ चुनौती भएको बताए । 

आफ्नो परिवारका सदस्य समेत उपस्थित भएको कार्यक्रममा उनले आफ्नो कार्यकालको बारे बोल्दै उनले रोजगारीको सृजना, भौतिक पूर्वाधारमा गरिएको लगानी, स्वास्थ्य तथा महामारीबाट बाहिर ल्याइएको अमेरिकाका बारे बोलेका थिए । 

उनले आफूले गरेको धेरै काम बिउ रापेको जस्तो भएको बताउँदै यसको फल पाउन धेरै लामो समय कुनु पर्ने समेत बताएका छन् । उनले ट्रम्पलाई सफल कार्यकालका लागि शुभकामना दिँदै आउँदो चुनौतीहरूको सफलता पूर्वक सामना गर्ने अपेक्षा गरे । 

जलवायु परिवर्तनका सवालमा ठुला शक्तिहरू नै आफूले जिम्मेवारी लिन भन्दा पनि नाफामा चासो दिएका कारण समस्या थपिएको बाइडेनको गुनासो थियो । उनले गलत सूचनाको असर अमेरिकामा पनि पर्न थालेको बताएका छन् । 

उनले प्रविधिका बादशाह तथा सिलिकन भ्यालीका प्रभावशाली व्यक्ति डोनाल्ड ट्रम्पसँग सुमधुर सम्बन्ध बनाएर त्यसो लाभ लिन लागी परेको आरोप लगाएका छन् । उनको आरोप बिलिनियर एलन मस्क प्रति लक्षित थियो । उनले  डिजिटल दुनियाँका अन्य बोस पनि ट्रम्पसँग नजिक हुन लागी परेको गुनासो गरेका थिए । 

हमास र इजरायल बिचमा युद्ध विराम भएको दिन नै उनको बिदाइ सन्देश आएको हो । उनले सो युद्ध विराम आफ्नो कार्यकालको सबैभन्दा कठिन काम भएको समेत बताए ।

प्रकाशित मिति : ३ माघ २०८१, बिहीबार  ११ : ५४ बजे

राष्ट्रसङ्घमा परराष्ट्रमन्त्री खनालले भने-‘हामीले सिर्जना नगरेको उत्सर्जनको मूल्य चुकाउँदै छौँ’

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका कारण अति जोखिममा

ट्रम्पले गरे विमानस्थल पुगेर चिनियाँ राष्ट्रपति सीको भव्य स्वागत : २१ तोपको सलामी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ समकक्षी सी चिनफिङलाई

‘भोटेकोशीको विपद् नेपालको मात्र होइन, विश्वकै लागि चेतावनी हो’: परराष्ट्रमन्त्री खनाल

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले जलवायुजन्य विपद्बाट प्रभावित नेपालको पुनःस्थापना

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – २०८३ साल असोज ८ गते बिहीबार सन् २०२६