देउवाले कांग्रेसका मन्त्रीहरूबाट लिए कार्यसम्पादनबारे ब्रिफिङ « Khabarhub

देउवाले कांग्रेसका मन्त्रीहरूबाट लिए कार्यसम्पादनबारे ब्रिफिङ


३ माघ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूसँग कार्यप्रगतिबारे जानकारी लिएका छन् ।

संसदीय दल कार्यसमितिको बैठकमा कांग्रेसका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूलाई बोलाएर उनले मन्त्रालयहरूको कार्यसम्पादनबारे जानकारी लिएका हुन् ।

देउवाको निजी निवास बूढानीलकण्ठमा बोलाइएको बैठकमा सहभागी भएर बाहिरिने क्रममा खेलकुदमन्त्री तेजुलाल चौधरीले कार्यसम्पादनबारे ‘ब्रिफिङ’ गरेको जानकारी दिए ।

‘सभापतिज्यूले कांग्रेसले सम्हालेका मन्त्रालयबारे विस्तृत जानकारी लिनुभएको छ । मन्त्रीहरूले के–के काम गरे भनेर सभापतिलाई जानकारी दिनुभएको छ,’ उनले भने, ‘के–के काम गर्ने, कसरी प्रभावकारी काम गर्ने, कसरी अगाडि बढ्ने विषयमा छलफल भएको छ । मन्त्रीहरुले कामको ब्रिफिङ गर्नुभएको छ ।’

मन्त्री चौधरीले बैठकमा सरकारले ल्याएका अध्यादेशबारे समान्य छलफल भएको पनि बताएका छन् ।

‘अध्यादेशबारे महामन्त्रीले बैठकमा जानकारी गराउनुभयो,’ उनले भने, ‘यस विषयमा पहिले पनि छलफल भएको हो । त्यसबारेमा त्यति चर्चा र परिचर्चा गर्ने कुरा भएन ।’

प्रकाशित मिति : ३ माघ २०८१, बिहीबार  १२ : ०५ बजे

अबको कांग्रेस गगन–विश्वको हो : पूर्व डीआईजी खरेल

काठमाडौं– नेपाल प्रहरीका पूर्व डीआईजी रमेश खरेलले पार्टी सभापति शेरबहादुर

माघेसङ्क्रान्तिमा देवघाट जान निःशुल्क बस सेवा

चितवन– माघेसङ्क्रान्तिको अवसरमा देवघाट क्षेत्रमा आठ वटा बसले निःशुल्क सेवा

बीपीएल : शीर्ष स्थानमा रहेको सन्दीपको टिमको खेल आज

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल) अन्तर्गत नेपाली लेग स्पिन

बाँकेमा जलपन्छीको वासस्थान जोखिममा

नेपालगन्ज– बाँकेमा पानीमा आश्रित जलपन्छीको वासस्थान जोखिममा रहेको पाइएको छ

पुष्पलाल मध्यपहाडी लोकमार्ग : यात्रु र चालकलाई सास्ती

पर्वत– पुष्पलाल मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वत खण्ड मर्मत सुरु गरिएको छ