लागूऔषध ब्राउनसुगरसहित तीन जना पक्राउ « Khabarhub

लागूऔषध ब्राउनसुगरसहित तीन जना पक्राउ


३ माघ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

बनियानी – मेचीनगर नगरपालिका–६ स्थित मेचीपुलबाट गए राति दुई सय सात ग्राम ब्राउनसुगरसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । 

विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाका प्रहरीले एक भारतीय नागरिकसहित तीन जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए।

बुधबार राति ११ः२० बजेको समयमा मेचीनगर–६ स्थित मेचीपुलबाट भारतको पश्चिम बङ्गाल दार्जिलिङ प्रान्त थाना दुलालज्वतका ३० वर्षीय मोहम्मद अनवर हुसेन, भद्रपुर नगरपालिका–३ नयाँ बस्तीकी ४५ वर्षीया सविता भन्ने दोमासी राजवंशी र अर्जुनधारा नगरपालिका–८ का ३४ वर्षीय अर्जुन श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो । 

भारतीय नागरिक हुसेन यसअघि पनि विभिन्न लागूऔषध कारोबारसम्बन्धी मुद्दामा संलग्न रहेको पाइएको प्रवक्ता चन्दले बताए । प्रहरीले उनीहरूको साथबाट ब्राउनसुगरसहित नगद २० हजारसमेत बरामद गरेको छ । उनीहरूलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखेर थप अनुसन्धान गरिरहेका प्रहरीले जनाएको छ ।

बुधबार साँझ मात्रै बिर्तामोडबाट प्रहरीले लागूऔषधसहित चार जनालाई पक्राउ गरेको थियो । बिर्तामोड नगरपालिका–५ का प्रकाश राजवंशीको घरमा प्रतिबन्धित लागूऔषध बेचबिखन भइरहेको गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको टोलीले बिर्तामोड–५ का २५ वर्षीय प्रकाश राजवंशी, ३२ वर्षीय रतन राजवंशी, बिर्तामोड–१ का २१ वर्षीय करण धिमाल र इलाम एकतप्पा गाउँपालिका–७ घर भई हाल बिर्तामोड–५ मा बस्दै आएका २१ वर्षीय आषिश लिम्बूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

उनीहरूको साथबाट पनि ब्राउन सुगर प्लास्टिकसहित तीन ग्राम नौ सय ८० मिलिग्राम र प्लास्टिक बाहेक चार सय २० मिलिग्राम फेला परेको जिल्ला प्रहरीले  जनाएको छ ।

त्यसैगरी दमकबाट प्रहरीले बुधबार नै प्रतिबन्धित औषधिसहित एक जनालाई पक्राउ गरेको छ । दमक नगरपालिका–६ स्थित सडकमा दमक–२ का २३ वर्षीय सुसन बञ्जरालाई इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले शंका लागी जाँच गर्दा उनको साथबाट ट्रामोल–५० लेखिएको दुई सय क्याप्सुल र स्पास्पान लेखिएको दुई सय थान ट्याब्लेट फेला परेकाले प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : ३ माघ २०८१, बिहीबार  २ : ०६ बजे

इरानसँगको सम्झौता ‘परमाणु खतरा पूर्ण रूपमा अन्त्य’ का लागि हुनुपर्छ : नेतन्याहु

जेरूसेलम – इरानसँगको सम्झौता ‘परमाणु खतरा पूर्ण रूपमा अन्त्य’ का

फेवातालमा राष्ट्रिय महिला तथा पुरुष डुङ्गा दौड हुँदै

कास्की – देशको पर्यटकीय राजधानी पोखराको प्रमुख पर्यटकीय आकर्षण फेवातालमा

तीव्र हावाहुरीका कारण प्रसारण लाइनमा रुख ढल्दा ट्रिपिङको समस्या, समाधानको प्रयासमा प्राधिकरण

काठमाडौं – नेपाल विद्युत प्राधिकरणले तीव्र हावाहुरीका कारण प्रसारण लाइनमा

काभा भलिबल : नेपाल सेमिफाइनलमा प्रवेश

काठमाडौं – नेपालले माल्दिभ्सलाई पराजित गर्दै सेन्ट्रल एसियन भलिबल एसोसिएसन

पत्रिकालाई फसाउन घुस र मदिरा ? चिनियाँ दूतावासले भन्यो : नियोजित रूपमा बदनाम गराउने प्रयास

काठमाडौं– नेपालस्थित चिनियाँ दूतावासले सञ्चारमाध्यमका केही पत्रकारहरूलाई घुस दिएर एक