मन्त्रीहरूलाई देउवाले भने- एमालेसँग कुनै समस्या छैन, समृद्धि र सुशासनका लागि काम गर्नू « Khabarhub

मन्त्रीहरूलाई देउवाले भने- एमालेसँग कुनै समस्या छैन, समृद्धि र सुशासनका लागि काम गर्नू


३ माघ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारमा पार्टीका तर्फबाट सहभागी मन्त्रीहरूलाई सुशासन र आर्थिक समृद्धिमा केन्द्रित भएर काम गर्न निर्देशन दिएका छन् ।

बूढानीलकण्ठमा बिहीबार बसेको कांग्रेस संसदीय दल कार्यसमितिको बैठकमा बोलाएर सभापति देउवाले पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूलाई यस्तो निर्देशन दिएका हुन् ।

‘एमाले र कांग्रेसको सहमतिअनुसार अघि बढ्ने हो । मुलुकमा सुशासन र आर्थिक समृद्धि गर्ने हो । यसमा केन्द्रित भएर तपाईंहरू काम गर्नुस् भन्नुभएको छ,’ बैठकपछि गृहमन्त्री रमेश लेखकले सभापति देउवाको निर्देशनबारे जानकारी दिँदै भने, ‘हाम्रा दुई दलका बीचमा कुनै समस्या छैन भन्ने नै हो ।’

उनले बैठकमा सबै मन्त्रीहरूले आ–आफ्नो मन्त्रालयमा भइराखेका र गर्नुपर्ने कामका बारेमा दल कार्यसमितिलाई ‘ब्रिफिङ’ गर्दै महत्वपूर्ण विषयहरू र देखिएका समस्याहरू राखेको पनि बताए ।

गृहमन्त्री लेखकले भने, ‘अत्यन्त राम्रो, सौहार्दपूर्ण छलफल भएको छ । छलफलले हामी दुई दल मिलेर सरकार बनेको छ । हाम्रा बीचमा कुनै समस्या छैन । दुई दल सम्मिलित सरकारमा कुनै बाधा–व्यवधान, अप्ठ्यारा छैनन् । अब आ–आफ्नो मन्त्रालयमा थप राम्रो काम कसरी गर्ने भन्ने कुरामा छलफल भएको छ ।’

बैठकमा नेकपा एमालेसँग भएको सात बुँदे सहमतिहनुसार समीकरणलाई अगाडि बढाउने गरी काम गर्ने र सेवा प्रवाहको क्षेत्रमा केन्द्रित हुने बारे छलफल भएको लेखकले बताए ।

‘मुख्य रुपले सबै माननीय मन्त्रीज्यूहरूबाट आएको कुरा भनेको नेपाली कांग्रेस र एमालेका बीचमा भएको ७ बुँदे सहमतिअनुसार यो समीकरणलाई अगाडि लिएर जाने कुरामै हामी केन्द्रित भएर काम गर्ने हो,’ उनले भने, ‘दोस्रो कुरा सेवा प्रवाहको क्षेत्रमा नागकिरलाई बढीभन्दा बढी सेवा प्रवाह गर्ने र मुलुकमा आर्थिक समृद्धि गर्ने, सुशासन कायम गर्ने कुरामा केन्द्रित भएर काम गर्ने विषयमै छलफल भएको छ ।’

प्रकाशित मिति : ३ माघ २०८१, बिहीबार  २ : १८ बजे

स्टेडियममा शाकिरालाई ‘किस’ खाएको भिडियो भाइरल: वास्तविकता के हो ?

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत डालस रङ्गशालामा अर्जेन्टिना र

रास्वपा महाधिवेशन : बाहिर भोट माग्दै समर्थक, भित्र आजै चुनावको तयारी

चितवन– चितवनमा आयोजित रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्य चयनका लागि चुनावको

छ हजार बचतकर्ताको रकम फिर्ताका लागि आवेदन

काठमाडौं– काठमाडौं महानगरपालिकाको सहकारी विभागमा पाँच अर्ब २७ करोड रुपैयाँ

विश्वकपको रौनकबीच मेसीको जन्मदिन, अर्जेन्टिनाले भन्यो- ‘ह्याप्पी बर्थडे, क्याप्टेन !’

काठमाडौँ – विश्व फुटबलकै सर्वकालीन महान् खेलाडीमध्येका एक लियोनेल मेसी

प्रधानमन्त्री बालेनले परिवारको तस्बिर पोस्ट गर्दै लेखे ‘भिजिट चितवन, न्यानो ठाउँ’

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले फेसबुकमा परिवारसहितको तस्बिर सार्वजनिक