सरकार प्रभावकारी बनाउन मन्त्रीहरूलाई कांग्रेसले दियो ७ बुँदे निर्देशन | Khabarhub Khabarhub

सरकार प्रभावकारी बनाउन मन्त्रीहरूलाई कांग्रेसले दियो ७ बुँदे निर्देशन


३ माघ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


528
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- दुई ठूला दल मिलेर गत असार ३० गते बनेको गठबन्धन सरकारले प्रभावकारी काम गर्न नसकेको गुनासो बढिरहेका बेला नेपाली कांग्रेस मन्त्रीहरूलाई ७ बुँदे निर्देशन जारी गरेको छ ।

सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निवास बसेको संसदीय कार्य समितिको बैठकले केपी शर्मा ओली नेतृत्वको गठबन्धन सरकारमा रहेका मन्त्रीहरूलाई काम प्रभावकारी बनाउन सात बुँदे निर्देशन दिएको हो ।

खेलकुद मन्त्री तेजुलाल चौधरी

बिहीबार बिहान बसेको संघीय सरकारका मन्त्री र संसदीय दल कार्यसमितिको संयुक्त बैठकले मन्त्रीहरूका लागि सात बुँदे निर्देशन सभापति देउवाले जारी गरेका हुन् ।

सभापति देउवा र महामन्त्री गगनकुमार थापाले कांग्रेस-एमाले सहमतिमा अध्यादेश ल्याएको ब्रिफ्रिङबाट बैठक सुरु भएको थियो । बैठकमा कांग्रेसका मन्त्रीहरूले आ-आफ्नो मन्त्रालयका काम कारबाहीबारेमा ब्रिफिङ गरेका थिए ।

उक्त बिफ्रिङपछि सभापति देउवाले गठबन्धनको मर्म र सहमतिअनुसार प्रभावकारी रुपमा काम गर्न निर्देशन दिएको खेलकुद मन्त्री तेजुलाल चौधरीले बताएका छन् ।

शेरबहादुर देउवा निवास बूढानीलकण्ठ

यस्तो छ ७ बुँदे निर्देशन

१) सरकारलाई प्रभावकारी र सफल बनाउन सक्रिय ढंगले कार्य गर्ने । महत्त्वपूर्ण विषयमा नियमित छलफल गर्ने ।

२) विभिन्न समितिमा विचाराधीन विधेयकलाई टुंगोमा पुर्‍याउन सक्रियतासहित कार्य गर्ने ।

३) आ–आफ्नो मन्त्रालयको कार्यक्षेत्रमा रहेका विगतदेखिका भौतिक परियोजना र अन्य कार्यक्रम सम्पन्न गराउने प्रक्रियामा गति बढाउने ।

४) चालू आर्थिक वर्षको बजेटमा परेका, तर स्रोत सुनिश्चितताको पर्खाइमा रहेका, टेन्डर हुन नसकेका, निर्माण सुरु भएका, तर अपेक्षित गतिमा काम नभइरहेका विकास योजना सम्पन्न गर्न गराउन आवश्यक पहलकदमी लिने ।

५) हप्तामा २ निश्चित दिन खुल्ला भेटघाट गर्ने, नागरिकको गुनासो सुन्ने, सुझाव लिने बाँकी ५ दिन सम्पूर्ण रुपमा मन्त्रालयको काममा केन्द्रित हुने ।

६) सांसदहरूको चासो, सुझाव र अपेक्षालाई छलफलमार्फत् संसदीय दल कार्यसमिति र मन्त्रीहरूले समन्वय गर्ने ।

७) पार्टीको प्रदेश समिति, जिल्ला, क्षेत्र एवं स्थानीय तहहरूमार्फत् पार्टी केन्द्रीय कार्यालयमा आउने नागरिकका सुझाव र मागहरूबारे महिनामा एकपटक पार्टी केन्द्रीय कार्यालयमा उपस्थित भएर गुनासो र सुझाव लिने ।

प्रकाशित मिति : ३ माघ २०८१, बिहीबार  ३ : १९ बजे

नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालन

मुग्लिन– नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ । जिल्ला प्रहरी

जेनजी आन्दोलन : भदौ २३ को बर्बरता र मनोवैज्ञानिक प्रभाव

राजु झल्लु प्रसादअमेरिकाको ९/११ घटनाको सम्बन्धमा मैले “आतंकवादी आक्रमणप्रति मानसिक

एमालेका गल्ती, कमजोरी र भूलप्रति माफी माग्छु : विष्णु पौडेल

काठमाडौं– नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले विगतमा

संविधान कार्यान्वयनबाटै मुलुकले निकास पाउँछ : मुख्यमन्त्री आचार्य

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लोकतान्त्रिक विधि प्रक्रियामार्फत संविधान

दसैँ नजिकिएसँगै बजार झरे लेकाली भेडाच्याङ्ग्रा

म्याग्दी – दसैँ नजिकिँदै गर्दा हिमाली क्षेत्रमा पालिएका भेडाच्याङ्ग्रा बजार