सरकार प्रभावकारी बनाउन मन्त्रीहरूलाई कांग्रेसले दियो ७ बुँदे निर्देशन « Khabarhub

सरकार प्रभावकारी बनाउन मन्त्रीहरूलाई कांग्रेसले दियो ७ बुँदे निर्देशन


३ माघ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


528
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- दुई ठूला दल मिलेर गत असार ३० गते बनेको गठबन्धन सरकारले प्रभावकारी काम गर्न नसकेको गुनासो बढिरहेका बेला नेपाली कांग्रेस मन्त्रीहरूलाई ७ बुँदे निर्देशन जारी गरेको छ ।

सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निवास बसेको संसदीय कार्य समितिको बैठकले केपी शर्मा ओली नेतृत्वको गठबन्धन सरकारमा रहेका मन्त्रीहरूलाई काम प्रभावकारी बनाउन सात बुँदे निर्देशन दिएको हो ।

खेलकुद मन्त्री तेजुलाल चौधरी

बिहीबार बिहान बसेको संघीय सरकारका मन्त्री र संसदीय दल कार्यसमितिको संयुक्त बैठकले मन्त्रीहरूका लागि सात बुँदे निर्देशन सभापति देउवाले जारी गरेका हुन् ।

सभापति देउवा र महामन्त्री गगनकुमार थापाले कांग्रेस-एमाले सहमतिमा अध्यादेश ल्याएको ब्रिफ्रिङबाट बैठक सुरु भएको थियो । बैठकमा कांग्रेसका मन्त्रीहरूले आ-आफ्नो मन्त्रालयका काम कारबाहीबारेमा ब्रिफिङ गरेका थिए ।

उक्त बिफ्रिङपछि सभापति देउवाले गठबन्धनको मर्म र सहमतिअनुसार प्रभावकारी रुपमा काम गर्न निर्देशन दिएको खेलकुद मन्त्री तेजुलाल चौधरीले बताएका छन् ।

शेरबहादुर देउवा निवास बूढानीलकण्ठ

यस्तो छ ७ बुँदे निर्देशन

१) सरकारलाई प्रभावकारी र सफल बनाउन सक्रिय ढंगले कार्य गर्ने । महत्त्वपूर्ण विषयमा नियमित छलफल गर्ने ।

२) विभिन्न समितिमा विचाराधीन विधेयकलाई टुंगोमा पुर्‍याउन सक्रियतासहित कार्य गर्ने ।

३) आ–आफ्नो मन्त्रालयको कार्यक्षेत्रमा रहेका विगतदेखिका भौतिक परियोजना र अन्य कार्यक्रम सम्पन्न गराउने प्रक्रियामा गति बढाउने ।

४) चालू आर्थिक वर्षको बजेटमा परेका, तर स्रोत सुनिश्चितताको पर्खाइमा रहेका, टेन्डर हुन नसकेका, निर्माण सुरु भएका, तर अपेक्षित गतिमा काम नभइरहेका विकास योजना सम्पन्न गर्न गराउन आवश्यक पहलकदमी लिने ।

५) हप्तामा २ निश्चित दिन खुल्ला भेटघाट गर्ने, नागरिकको गुनासो सुन्ने, सुझाव लिने बाँकी ५ दिन सम्पूर्ण रुपमा मन्त्रालयको काममा केन्द्रित हुने ।

६) सांसदहरूको चासो, सुझाव र अपेक्षालाई छलफलमार्फत् संसदीय दल कार्यसमिति र मन्त्रीहरूले समन्वय गर्ने ।

७) पार्टीको प्रदेश समिति, जिल्ला, क्षेत्र एवं स्थानीय तहहरूमार्फत् पार्टी केन्द्रीय कार्यालयमा आउने नागरिकका सुझाव र मागहरूबारे महिनामा एकपटक पार्टी केन्द्रीय कार्यालयमा उपस्थित भएर गुनासो र सुझाव लिने ।

प्रकाशित मिति : ३ माघ २०८१, बिहीबार  ३ : १९ बजे

वैदेशिक रोजगार व्यवसायीलाई श्रमिकको नियमित अनुगमन गर्न निर्देशन

काठमाडौं – वैदेशिक रोजगार विभागले विदेशमा कार्यरत नेपाली श्रमिकहरूको अवस्था

रास्वपा महाधिवेशन : मुख्य दल सबैलाई निमन्त्रणा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पहिलोपटक महाधिवेशन गर्दैछ ।

रुपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा सात चिनियाँ नागरिक पक्राउ

भैरहवा – रुपन्देहीको बुटवल उपमहानगरपालिका–१२ बाट अवैध रूपमा क्रिप्टोकरेन्सी कारोबार

विश्वकप २०२६ मा आक्रमणकारी फुटबलको दबदबा, गोल औसत ६८ वर्षयताकै उच्च

काठमाडौं – फिफा विश्वकप २०२६ को विभिन्न समुह अन्तर्गत पहिलो

सार्वजनिक ऋण परिचालन गर्नुको विकल्प छैन : अर्थमन्त्री डा वाग्ले

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्लेले राज्य सञ्चालन गर्नका लागि