गोरखा सैनिक भर्ती पुनः सुरु गर्न भारतीय सेना प्रमुखको आग्रह « Khabarhub

गोरखा सैनिक भर्ती पुनः सुरु गर्न भारतीय सेना प्रमुखको आग्रह


३ माघ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतीय सेना प्रमुख जनरल उपेन्द्र द्विवेदीले नेपाल सरकारसँग गोरखा सैनिक भर्ती पुनः खुलाउन आग्रह गरेका छन् । यूरेशियन टाइम्समा प्रकाशित समाचार अनुसार भारतले गोरखा सैनिकको भर्ती पुनः शुरु गर्नका लागि नेपालको जवाफ फर्खिरहेकाे छ ।

जनरल द्विवेदीले भनेका छन्, ‘मैले व्यक्तिगत रूपमा नेपालका सेना प्रमुखसँग भारतीय सेनामा गोरखा भर्ती पुनः शुरु गर्न आग्रह गरेको छु। म धेरै आशावादी छु कि यो ढिलो चाँडो सुचारु हुनेछ। जवाफ पर्खिरहेका छौं ।’ यद्यपि उनले गोरखा भर्ती कहिलेबाट फेरि शुरु हुन्छ भन्ने स्पष्ट रूपमा बताएनन्।

विगत चार वर्षदेखि भारतीय सेनामा गोरखा भर्ती बन्द छ।​ भारत सरकारले ल्याएको अग्निपथ योजना प्रति नेपाल सरकाले असन्तुष्टि जनाइरहेका बेला भारती सेना प्रमुखले यस्तो प्रस्ताव गरेको समाचार बाहिरिएको हो ।

हाल भारतीय सेनामा करिब ३४,००० गोरखा सैनिक छन्। सन् २०२० देखि १४ हजार गोरखा सैनिकले हालसम्म अवकाश पाइसकेका छन्। यी ठाउँमा नयाँ भर्ना हुन सकेको छैन।

प्रकाशित मिति : ३ माघ २०८१, बिहीबार  ११ : ०३ बजे

काङ्ग्रेसले आज देशभरका अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन गर्दै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अधिकांश जिल्लाका सङ्घीय निर्वाचन क्षेत्र

सगरमाथादेखि समुद्रसम्मको जलवायु जोखिम सम्बोधन गर्न सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ– नेपालले हिमालदेखि समुद्रसम्म जोडिएको जलवायु जोखिमलाई एकीकृत रूपमा सम्बोधन

भोटेकोशी बाढीले पुल बगाएपछि रसुवा, नुवाकोट र धादिङको आवतजावत अस्तव्यस्त (तस्बिर)

काठमाडौँ– गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले

कोशी ब्यारेजमा पानीको बहाव बढ्यो, ४३ ढोका खोलियो

विराटनगर– सप्तकोशी नदीमा पानीको बहाव बढेपछि कोशी ब्यारेजका ५६ मध्ये

समूह विजेता बन्दै नेपाल एसियन गेम्सको अघिल्लो चरणमा : क्वाटरफाइनलमा श्रीलंकासँग भिड्ने

काठमाडौँ – एसियन गेम्स क्रिकेट अन्तर्गत समूह ‘ए’को विजेता बन्दै