गोरखा सैनिक भर्ती पुनः सुरु गर्न भारतीय सेना प्रमुखको आग्रह « Khabarhub

गोरखा सैनिक भर्ती पुनः सुरु गर्न भारतीय सेना प्रमुखको आग्रह


३ माघ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतीय सेना प्रमुख जनरल उपेन्द्र द्विवेदीले नेपाल सरकारसँग गोरखा सैनिक भर्ती पुनः खुलाउन आग्रह गरेका छन् । यूरेशियन टाइम्समा प्रकाशित समाचार अनुसार भारतले गोरखा सैनिकको भर्ती पुनः शुरु गर्नका लागि नेपालको जवाफ फर्खिरहेकाे छ ।

जनरल द्विवेदीले भनेका छन्, ‘मैले व्यक्तिगत रूपमा नेपालका सेना प्रमुखसँग भारतीय सेनामा गोरखा भर्ती पुनः शुरु गर्न आग्रह गरेको छु। म धेरै आशावादी छु कि यो ढिलो चाँडो सुचारु हुनेछ। जवाफ पर्खिरहेका छौं ।’ यद्यपि उनले गोरखा भर्ती कहिलेबाट फेरि शुरु हुन्छ भन्ने स्पष्ट रूपमा बताएनन्।

विगत चार वर्षदेखि भारतीय सेनामा गोरखा भर्ती बन्द छ।​ भारत सरकारले ल्याएको अग्निपथ योजना प्रति नेपाल सरकाले असन्तुष्टि जनाइरहेका बेला भारती सेना प्रमुखले यस्तो प्रस्ताव गरेको समाचार बाहिरिएको हो ।

हाल भारतीय सेनामा करिब ३४,००० गोरखा सैनिक छन्। सन् २०२० देखि १४ हजार गोरखा सैनिकले हालसम्म अवकाश पाइसकेका छन्। यी ठाउँमा नयाँ भर्ना हुन सकेको छैन।

प्रकाशित मिति : ३ माघ २०८१, बिहीबार  ११ : ०३ बजे

रास्वपाले टुंग्यायो ३३ क्षेत्रका उम्मेदवार

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

यसरी छानिँदै छ निर्वाचन प्रहरी (तस्बिरहरू)

काठमाडौं– सशस्त्र प्रहरी बल नेपालअन्तर्गत काठमाडौंस्थित कार्यालयहरूमा दरखास्त फाराम दर्ता

सुनको मूल्य हालसम्मकै उच्च, तोलामा कतिले बढ्यो ?

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य हालसम्मकै उच्च कायम भएको छ ।

नेपालमा पनि फ्लप बन्यो ‘राजासाब’

काठमाडौं – दक्षिण भारतीय नायक प्रभाष स्टारर फिल्म ‘राजासाब’को व्यापार

प्रतिनिधिसभा समानुपातिकतर्फ करिब ९० लाख मतपत्र छपाई

काठमाडौं– आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको