लोकतन्त्र नै मौलिक अधिकारहरूको जीवनरेखा : राष्ट्रपति  « Khabarhub

लोकतन्त्र नै मौलिक अधिकारहरूको जीवनरेखा : राष्ट्रपति 


४ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्र नै न्यायपूर्ण समाजको आधारशीला र मौलिक अधिकारहरू यसको जीवनरेखा भएको बताएका छन् ।

पाँचौँ ल एशिया तथा अन्तर्राष्ट्रिय मानव अधिकार सम्मेलनलाई आइतबार सम्बोधन गर्दै उनले यी अधिकारहरूले प्रत्येक व्यक्तिलाई मर्यादा, स्वतन्त्रता र समानताका साथ बाँच्न सक्ने कुरा सुनिश्चित गर्ने बताए ।

नेपालमा, लोकतन्त्रप्रतिकाे जनताको  लामो समयदेखिको समर्पण र उत्सर्गले त्यस्तो समाज निर्माणको लागि हरेक दृष्टिबाट प्रेरित गरेको राष्ट्रपति पौडेलको भनाई थियो ।

उनले नेपालले लोकतन्त्रको लागि लामो र कठिन यात्रा तय गरेको उल्लेख गर्दै विगत लोकतन्त्रको लागि अथक सङ्घर्षले भरिएको बताए ।

राष्ट्रपति पौडेलले लोकतन्त्रको सङ्घर्षमा धेरै साहसी व्यक्तिहरूले अथक सङ्घर्ष गरेको उल्लेख गर्दै यो सङ्घर्ष नेपालमा लोकतन्त्रको स्थापना पुनःस्थापना हुँदै सङ्घीय लोकतान्त्रिक गणतन्त्रसम्म आइपुग्न महत्वपूर्ण रहेको स्पष्ट पारे ।

उनले भने, ‘यी प्रयासहरू मार्फत नै हामीले मानव अधिकारको सम्मान गर्ने समाज निर्माण गर्न सक्षम भएका छौँ । यसमा नेपालका कानून व्यवसायीहरूको योगदान अविस्मरणीय छ । जहाँसुकै र जो कोही होस् कानून व्यवसायीहरू विधिको शासनको पहरेदार हुन् र लोकतन्त्रको रक्षक हुन् भन्ने पनि मेरो ठम्याई छ ।’

उनले कुनै पनि किसिमको यातनारहित स्वतन्त्रतापूर्वक बाँच्न पाउने हक, दासतामुक्त जीवन, रङ्ग भेद, लिङ्गभेद, विचार तथा अभिव्यक्तिको स्वतन्त्रता, अनिवार्य रोजगारी र स्तरीय शिक्षा तथा स्वास्थ्यजस्ता मानव मात्रलाई नभई नहुने अधिकार भएको बताए ।

राष्ट्रपति पौडेलले लोकतन्त्रप्रति नेपालको प्रतिबद्धताले आफूहरूलाई विश्वव्यापी रूपमा मानव अधिकार र न्यायको वकालत गर्दै अन्तर्राष्ट्रिय मञ्चमा समेत महत्वपूर्ण भूमिका खेल्न सक्षम बनाएको स्मरण गरेका छन् ।

हिमालयको मुटुमा अवस्थित नेपाल प्राकृतिक सौन्दर्य र स्रोतसाधनले भरिपूर्ण देश नेपालमा पछिल्लो समय जलवायु परिवर्तनका कारण हाम्रा समुदायहरूमा गहिरो प्रभाव पर्न थालेको उल्लेख गर्दै जलवायु परिवर्तनका कारण नेपालमा  प्राकृतिक प्रकोप, जैविक विविधताको क्षति र कृषिमा आधारित जीविकोपार्जनमा समेत खतराहरू बढ्दै गएको राष्ट्रपतिको भनाइ थियो । 

प्रकाशित मिति : ४ फाल्गुन २०८१, आइतबार  ११ : ४३ बजे

बागमती प्रदेश : पाँच महिनामा १६ अर्ब ११ करोड राजस्व सङ्कलन

बागमती– चालु आर्थिक वर्षको पाँच महिनामा बागमती प्रदेश सरकारले वार्षिक

उपमहासचिवमा माओवादी पृष्ठभूमिका लेखराज भट्ट सबैभन्दा अघि

काठमाडौं– एमालेको ११ औँ महाधिवेशनमा उपमहासचिव तर्फ भएको प्रतिस्पर्धामा अद्यावधिक

नेपाल चिकित्सक संघको निर्वाचन : नेतृत्वका लागि त्रिकोणात्मक प्रतिस्पर्धा

काठमाडौं– नेपाल चिकित्सक संघको आगामी नेतृत्व चयनका लागि प्रजातान्त्रिक, प्रगतिशील

उपमहासचिवमा लेखराज पहिलो, योगेश तेस्रो, चौथोमा विष्णु रिमाल

काठमाडौं- नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत बिहीबार बिहान सकिएको

एमाले मतपरिणाम अपडेट : पदाधिकारीमा कसले कति मत पाए ?

काठमाडौं– नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत भएको मतदानको मतगणना जारी