शानदार म म पसल आगलागी : थप एकजनाको मृत्यु, मृतकको सङ्ख्या चार पुग्यो « Khabarhub

शानदार म म पसल आगलागी : थप एकजनाको मृत्यु, मृतकको सङ्ख्या चार पुग्यो


४ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


378
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको कमलपोखरीस्थित शानदार म म पसलमा गत माघ २३ गते ग्यास सिलिण्डर विष्फोटपछिको आगलागीमा घाइते भएका ११ जनामध्ये थप एकजनाको मृत्यु भएको छ ।

आगलागीमा परी घाइते भइ कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचाररत काभ्रेपलाञ्चोक बेथानचोक गाउँपालिका धुनखर्कका २५ वर्षीय छिरिङ लामाको गएराति मृत्यु भएको जिल्ला परिसर काठमाडौंका प्रवक्ता एवम् प्रहरी उपरीक्षक अपिलराज बोहोराले जानकारी दिए । लामासँगै उक्त घटनाबाट मृत्यु हुनेको संख्या चार पुगेको छ ।

यसअघि उदयपुरको उदयपुरगढी– ७ का २२ वर्षीय प्रदीप तामाङ, मकवानपुरको मनहरी गाउँपालिका– ५ डिल्लीपुरका १८ वर्षीय रबिन राई र उदयपुरको कटारी नगरपालिका– ८ गालटारका २५ वर्षीय भीमबहादुर घले मगरको उपचारका क्रममा मृत्यु भएको थियो । 

प्रकाशित मिति : ४ फाल्गुन २०८१, आइतबार  १२ : १३ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको