माली सुन खानी भत्किँदा कम्तीमा ४८ जनाको मृत्यु « Khabarhub

माली सुन खानी भत्किँदा कम्तीमा ४८ जनाको मृत्यु


४ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

बामाको– पश्चिमी मालीमा गैरकानूनी रूपमा सञ्चालित सुन खानी भत्किँदा कम्तीमा ४८ जनाको मृत्यु भएको अधिकारीहरू र स्थानीय स्रोतहरूले बताएका छन् ।

माली अफ्रिकाको प्रमुख सुन उत्पादक देशहरू मध्ये एक हो र उत्खनन स्थलहरूमा प्रायः घातक पहिरो र दुर्घटनाहरू हुने गर्दछन् ।

विश्वका सबैभन्दा गरिब देशहरू मध्येको एक यस देशमा बहुमूल्य धातुको अनियमित खनन् नियन्त्रण गर्न अधिकारीहरूले सङ्घर्ष गरिरहेका छन् ।

‘आज १८ः०० (स्थानीय समय) बजेसम्म भत्किएर मृत्यु हुनेको सङ्ख्या ४८ पुगेको छ’, एक प्रहरी स्रोतले भन्यो, ‘केही पीडित पानीमा खसे । तिनीहरू मध्ये एक महिला पनि थिइन् जसको पिठ्युँमा बच्चा थियो ।’

एक स्थानीय अधिकारीले खानी भत्किएको पुष्टि गरे भने केनिएबा गोल्ड माइनर्स एसोसिएसनले पनि मृत्यु सङ्ख्या ४८ रहेको जनाएको छ ।

पीडितहरूको खोजी जारी रहेको वातावरणीय सङ्गठनका प्रमुखले बताए ।

स्रोतहरूका अनुसार शनिबारको दुर्घटना एक चिनियाँ कम्पनीले पहिले सञ्चालन गरेको परित्यक्त स्थलमा भएको थियो ।

जनवरीमा दक्षिणी मालीको एक सुन खानीमा पहिरो जाँदा कम्तीमा १० जनाको मृत्यु भएको थियो र धेरै जना बेपत्ता भएका थिए । तीमध्ये धेरैजसो महिला थिए ।

ठिक एक वर्षअघि शनिबारको पहिरो गएकै क्षेत्रमा रहेको एक सुन खानी स्थलमा सुरुङ भत्किँदा ७० भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो ।

प्रकाशित मिति : ४ फाल्गुन २०८१, आइतबार  १ : २३ बजे

रास्वपाको चुनावी भिडियो विवाद:’हामी दिदी-भाइ हौँ, व्यक्तिगत सम्बन्धसँग जोड्नु निन्दनीय’

अर्घाखाँची – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अर्घाखाँचीको जिल्ला अधिवेशनका क्रममा

जवाफ थाहा भएका प्रश्नले किन पिरोल्छ ?

एकपटक नौ अङ्कले आठ अङ्कलाई थप्पड हान्यो । पीडा सहन

थाइल्यान्डसँग ५६ रनले पराजित हुँदै नेपाल प्रिमियर कपको क्वार्टरफाइनलबाटै बाहिरियो

काठमाडौँ – मलेसियामा जारी एसीसी महिला प्रिमियर कपको क्वार्टरफाइनलमा थाइल्यान्डसँग

‘जान्नेलाई छान्ने’ नारा योग्यता होइन, भ्रष्टताको संस्थागत रूप हो : महासचिव पोखरेल

काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले नयाँ शक्तिका रूपमा

कांग्रेस संस्थापनको ‘सात बुँदे प्रस्ताव’ हल्ला मात्रै भएको शेखर सचिवालयको भनाइ

काठमाडौँ – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाको सचिवालयले संस्थापन