माली सुन खानी भत्किँदा कम्तीमा ४८ जनाको मृत्यु « Khabarhub

माली सुन खानी भत्किँदा कम्तीमा ४८ जनाको मृत्यु


४ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

बामाको– पश्चिमी मालीमा गैरकानूनी रूपमा सञ्चालित सुन खानी भत्किँदा कम्तीमा ४८ जनाको मृत्यु भएको अधिकारीहरू र स्थानीय स्रोतहरूले बताएका छन् ।

माली अफ्रिकाको प्रमुख सुन उत्पादक देशहरू मध्ये एक हो र उत्खनन स्थलहरूमा प्रायः घातक पहिरो र दुर्घटनाहरू हुने गर्दछन् ।

विश्वका सबैभन्दा गरिब देशहरू मध्येको एक यस देशमा बहुमूल्य धातुको अनियमित खनन् नियन्त्रण गर्न अधिकारीहरूले सङ्घर्ष गरिरहेका छन् ।

‘आज १८ः०० (स्थानीय समय) बजेसम्म भत्किएर मृत्यु हुनेको सङ्ख्या ४८ पुगेको छ’, एक प्रहरी स्रोतले भन्यो, ‘केही पीडित पानीमा खसे । तिनीहरू मध्ये एक महिला पनि थिइन् जसको पिठ्युँमा बच्चा थियो ।’

एक स्थानीय अधिकारीले खानी भत्किएको पुष्टि गरे भने केनिएबा गोल्ड माइनर्स एसोसिएसनले पनि मृत्यु सङ्ख्या ४८ रहेको जनाएको छ ।

पीडितहरूको खोजी जारी रहेको वातावरणीय सङ्गठनका प्रमुखले बताए ।

स्रोतहरूका अनुसार शनिबारको दुर्घटना एक चिनियाँ कम्पनीले पहिले सञ्चालन गरेको परित्यक्त स्थलमा भएको थियो ।

जनवरीमा दक्षिणी मालीको एक सुन खानीमा पहिरो जाँदा कम्तीमा १० जनाको मृत्यु भएको थियो र धेरै जना बेपत्ता भएका थिए । तीमध्ये धेरैजसो महिला थिए ।

ठिक एक वर्षअघि शनिबारको पहिरो गएकै क्षेत्रमा रहेको एक सुन खानी स्थलमा सुरुङ भत्किँदा ७० भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो ।

प्रकाशित मिति : ४ फाल्गुन २०८१, आइतबार  १ : २३ बजे

नवरात्रको अन्तिम दिनः आज महानवमी

काठमाडौँ – प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व

राष्ट्रिय टोलीको क्याम्प छाडेका रोनाल्डोलाई ३० दिनको प्रतिबन्ध र २५५ युरो जरिवाना

काठमाडौँ – पोर्चुगिज फुटबल महासङ्घ (एफपीएफ) ले राष्ट्रिय टोलीका कप्तान

लिग-२ मा नयाँ इतिहास : १ हजार रन पूरा गर्ने पहिलो नेपाली ब्याटर बने रोहित पाैडेल

काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टोलीका ब्याटर एवम् पूर्व कप्तान

आज मंगलबार, भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक ३ गते मंगलबार सन् २०२६

आज २०८३ साल कात्तिक ३ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ३ गते मंगलबार सन् २०२६