राष्ट्रियसभा : खाद्य पदार्थमा विषादी औषधिको प्रयोग नगर्न माग « Khabarhub

राष्ट्रियसभा : खाद्य पदार्थमा विषादी औषधिको प्रयोग नगर्न माग


४ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रियसभाका सांसदहरूले खाद्यपदार्थमा विषादी औषधिको प्रयोग सम्बन्धमा सरकारको ध्यानाकर्षण गराएका छन्  । 

राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा सांसद कृष्णप्रसाद पौडेलले आम नागरिकको जीवनसँग सम्बन्धित दैनिक उपभोग्य वस्तु तरकारी र फलफूलमा विषादी प्रयोग अत्यधिक भएको विषयमा सरकारको ध्यानाकर्षण गराए । 

उनले भने, ‘विषादी मिसिएको तरकारी र फलफूलले आम जनतालाई रोगी बनाउँदै लगेको छ, विषादीको अत्यधिक प्रयोगले उपभोक्ताको क्यान्सर, मुटु र मिर्गौलामा प्रत्यक्ष असर पार्ने गरेको कुरा तथ्याङ्कले प्रमाणित गरेको छ, त्यसैले खाद्य वस्तुमा मिसावट स्वीकार्य छैन ।’

खाद्य वस्तुमा मिसावट गर्नु संविधानको धारा, ३५ मा उल्लिखित स्वास्थ्यसम्बन्धी हक र धारा, ३६ मा उल्लिखित खाद्यसम्बन्धी मौलिक हकको समेत ठाडो उल्लङ्घन हुने उनको भनाइ छ । उनले त्यसबारेमा सम्बन्धित निकायले समयमै अनुगमन गर्नुपर्ने माग गरे । 

सांसद उदयबहादुर बोहराले राष्ट्रिय लोक तथा दोहारी गीत प्रतिष्ठानले सल्यानको श्रीनगरमा आयोजना गरेको ‘दोस्रो सल्यान महोत्सव’ हुने क्रममा गत माघ २६ गते ११ बजे आगलागी हुँदा स्टलहरु जलेर करोडौँको क्षति भएको घटनाको सत्यतथ्य पत्ता लगाई दोषीमाथि कारबाही गरी व्यापारीलाई क्षतिपूर्ति व्यवस्था गर्नुपर्ने माग गरे । 

सांसद गोमादेवी तिमिल्सिनाले पशुपति विकास कोषमा कार्यरत ३७ जना मजदुर विगत लामो समयदेखि आन्दोलित भएको भन्दै उनीहरूको माग सम्बोधनको निम्ति सरकारसँग माग गरिन्  । 

उनले भनिन्, ‘गत पुस १ गतेदेखि ३७ जना मजदुरहरू आन्दोलित छन्, ती मजदुरका बारेमा के भइरहेको छ, त्यसको सम्बन्धित निकायले जानकारी दिनुपर्छ ।’

 उनले हेटौँडाको औद्योगिक क्षेत्रभित्र काम गर्ने क्रममा एक जना मजदुर विद्युत्का कारण घाइते भएको उल्लेख गर्दै घाइतेको उपचारमा ध्यान दिन सरकारको ध्यानाकर्षण गराइन्  ।
 

प्रकाशित मिति : ४ फाल्गुन २०८१, आइतबार  ३ : ०७ बजे

सिद्धपोखरी मर्मतमा स्थानीयको सहभागिता (तस्बिरहरू)

भक्तपुर– भक्तपुर नगरपालिकाले आफ्नो दीर्घकालीन ‘सम्पदा जोगाउने’ नीति अन्तर्गत ऐतिहासिक

बदनाम गर्न मविरुद्ध संगठित रूपमै अफवाह फैलाइयो : अर्थमन्त्री वाग्ले

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आफूविरुद्ध संगठित रूपमा अफवाह

एसीसी महिला प्रिमियर कपमा थाइल्यान्डले नेपाललाई दियो १३१ रनको चुनौती

काठमाडौँ – मलेसियामा जारी एसीसी महिला प्रिमियर कपमा थाइल्यान्डले नेपाललाई

सुकुम्वासीको नयाँ सङ्कट: आश्रयस्थलमा बढ्दै लागुऔषध दुर्व्यसनी

काठमाडौँ – थापाथलीस्थित बागमती नदी किनारबाट विस्थापित भई कीर्तिपुरको राधास्वामीस्थित

वसन्त ऋतुको हिमाल आरोहण सकियो, एक अर्ब २६ करोड राजस्व सङ्कलन

काठमाडौँ– सन् २०२६ को वसन्त ऋतुमा विश्वको सर्वोच्च शिखर सगरमाथासहित