राष्ट्रियसभा : खाद्य पदार्थमा विषादी औषधिको प्रयोग नगर्न माग | Khabarhub Khabarhub

राष्ट्रियसभा : खाद्य पदार्थमा विषादी औषधिको प्रयोग नगर्न माग


४ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रियसभाका सांसदहरूले खाद्यपदार्थमा विषादी औषधिको प्रयोग सम्बन्धमा सरकारको ध्यानाकर्षण गराएका छन्  । 

राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा सांसद कृष्णप्रसाद पौडेलले आम नागरिकको जीवनसँग सम्बन्धित दैनिक उपभोग्य वस्तु तरकारी र फलफूलमा विषादी प्रयोग अत्यधिक भएको विषयमा सरकारको ध्यानाकर्षण गराए । 

उनले भने, ‘विषादी मिसिएको तरकारी र फलफूलले आम जनतालाई रोगी बनाउँदै लगेको छ, विषादीको अत्यधिक प्रयोगले उपभोक्ताको क्यान्सर, मुटु र मिर्गौलामा प्रत्यक्ष असर पार्ने गरेको कुरा तथ्याङ्कले प्रमाणित गरेको छ, त्यसैले खाद्य वस्तुमा मिसावट स्वीकार्य छैन ।’

खाद्य वस्तुमा मिसावट गर्नु संविधानको धारा, ३५ मा उल्लिखित स्वास्थ्यसम्बन्धी हक र धारा, ३६ मा उल्लिखित खाद्यसम्बन्धी मौलिक हकको समेत ठाडो उल्लङ्घन हुने उनको भनाइ छ । उनले त्यसबारेमा सम्बन्धित निकायले समयमै अनुगमन गर्नुपर्ने माग गरे । 

सांसद उदयबहादुर बोहराले राष्ट्रिय लोक तथा दोहारी गीत प्रतिष्ठानले सल्यानको श्रीनगरमा आयोजना गरेको ‘दोस्रो सल्यान महोत्सव’ हुने क्रममा गत माघ २६ गते ११ बजे आगलागी हुँदा स्टलहरु जलेर करोडौँको क्षति भएको घटनाको सत्यतथ्य पत्ता लगाई दोषीमाथि कारबाही गरी व्यापारीलाई क्षतिपूर्ति व्यवस्था गर्नुपर्ने माग गरे । 

सांसद गोमादेवी तिमिल्सिनाले पशुपति विकास कोषमा कार्यरत ३७ जना मजदुर विगत लामो समयदेखि आन्दोलित भएको भन्दै उनीहरूको माग सम्बोधनको निम्ति सरकारसँग माग गरिन्  । 

उनले भनिन्, ‘गत पुस १ गतेदेखि ३७ जना मजदुरहरू आन्दोलित छन्, ती मजदुरका बारेमा के भइरहेको छ, त्यसको सम्बन्धित निकायले जानकारी दिनुपर्छ ।’

 उनले हेटौँडाको औद्योगिक क्षेत्रभित्र काम गर्ने क्रममा एक जना मजदुर विद्युत्का कारण घाइते भएको उल्लेख गर्दै घाइतेको उपचारमा ध्यान दिन सरकारको ध्यानाकर्षण गराइन्  ।
 

प्रकाशित मिति : ४ फाल्गुन २०८१, आइतबार  ३ : ०७ बजे

‘मायावी’को प्रिमियर हेरेपछि राजेश हमालले भने- फरक लभ स्टोरी फिल्म (तस्बिरसहित)

काठमाडौं – महाशिवरात्रिलाई लक्षित गरी बुधबारबाट प्रदर्शनमा आउन लागेको फिल्म

जलेश्वरनाथ मन्दिरमा महाशिवरात्रिको भव्य तयारी

जलेश्वर– महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर नगरपालिका–१ मा अवस्थित बाबा जलेश्वरनाथ

दुर्घटनामा परेकाको निःशुल्क उपचार गर्न माग

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले सडक दुर्घटनामा परेकाको राज्यले निःशुल्क

विभिन्न देशको ट्रेन्डिङमा ‘होस्टल–३’

काठमाडौं – युट्युबको ‘सर्ट फिचर’ आएपछि नेपाली कन्टेन्टहरू समग्र ट्रेन्डिङमा

दश दिनमा बिदा बस्न लागेका गभर्नरले कस्तो गर्लान् मौद्रिक नीतिको समीक्षा ?

काठमाडौं– नेपाल राष्ट्र बैंकका गभर्नर डा. महाप्रसाद अधिकारीलाई देखाएर फागुन