वर्षमानलाई ओलीको जवाफ- २०८० वैशाख २० गतेको दिन सम्झनु त | Khabarhub Khabarhub

वर्षमानलाई ओलीको जवाफ- २०८० वैशाख २० गतेको दिन सम्झनु त


४ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


270
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्डको सरकारले पनि अध्यादेश ल्याएको दिन सम्झन आग्रह गरेका छन् ।

उनले अध्यादेश ल्याउने अधिकार अघिल्लो सरकारलाई मात्रै थियो भन्ने हो भने बेग्लै कुरा भएको  बताए । 

आइतबार प्रतिनिधि सभाको प्रश्नोत्तर कार्यक्रममा उनले प्रश्न कर्ता पूर्व अर्थमन्त्री वर्षमान पुनलाई २०८० वैशाख २० गतेको दिन सरकारले संसद् सुरु हुनु भन्दा चार दिन अघि अध्यादेश ल्याएको सम्झन आग्रह गरे ।  

‘अध्यादेश ल्याएर संसद्लाई किन होच्याएको भन्ने माननीयज्यूको प्रश्नको मैले जवाफ दिइरहनु पर्दैन, किनभने म सम्माननीय सभामुख मार्फत २०८० वैशाख २० गतेको दिन सम्झन उहाँलाई आग्रह गर्दछु। त्यस दिन उहाँ आफैँ सम्मिलित सरकारले संसद् सुरु हुनु भन्दा चार दिन अघि अध्यादेश ल्याएको थियो’ ओलीले भने, ‘अध्यादेश ल्याउने अधिकार उहाँ सम्मिलित सरकारलाई मात्रै थियो भन्ने हो भने बेग्लै कुरा । तर आवश्यक पर्दा सरकारले अध्यादेश ल्याउन सक्ने व्यवस्था संविधानले नै गरेको छ। हामीले नागरिकलाई सेवा प्रवाहमा छरितोपन ल्याउन, लगानीको वातावरण बनाउन र अर्थतन्त्रका समस्या हटाएर सुधार तर्फ लैजान अध्यादेश ल्याउनु परेको थियो, जुन संसद्‍मा दर्ता भइसकेका छन्।  प्रक्रियाबाट नै यी पारित पनि हुन्छन्।’

प्रकाशित मिति : ४ फाल्गुन २०८१, आइतबार  ३ : ११ बजे

जनवादी विवाह गरेका अनेरास्ववियु नेताले विद्यालयमा खोले अक्षयकोष

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन अनेरास्ववियुका उपाध्यक्ष धर्म गिरीले जनवादी प्रगतिशील

सल्यानमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु

सुर्खेत– सल्यानमा सोमबार मध्यरातमा मिनी ट्रक दुर्घटना हुँदा चालकको मृत्यु

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

काठमाडौं– इलाम र गुल्मीमा आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट भएको छ । 

एपीएफलाई टाई ब्रेकरमा हराउँदै संकटा केपी ओली कपको सेमिफाइनलमा

काठमाडौं– संकटा क्लब जारी केपी ओली कपको सेमिफाइनलमा पुगेको छ

महाशिवरात्रि : पाँच लाख भक्तजन पशुपति आउने, दुई सेकेन्डमा १० जनाले दर्शन गर्ने

काठमाडौं– फागुन १४ गते महाशिवरात्रि पर्वको लागि पशुपति मन्दिर व्यवस्थापनमा