जातीय विभेदका घटनालाई सरकारले गम्भीर रूपमा लिनुपर्ने « Khabarhub

जातीय विभेदका घटनालाई सरकारले गम्भीर रूपमा लिनुपर्ने


४ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रियसभाका सांसद मदनकुमारी गरिमा (शाह) ले जातीय भेदभाव तथा छुवाछूतका घटनालाई सरकारले गम्भीर रूपमा लिनुपर्नेमा जोड दिएकी छन् । 

राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा उनले बैतडीको सिगास गाउँपालिका–१ आङडेगाडाका प्रकाश दमाईंकी आमा माना दमाईंको निधन हुँदा जातीय कारणले मलामी नपाएको भन्दै सरकारको ध्यानाकर्षण गराइन् ।

उनले भनिन्, ‘सामाजिक न्याय र मानव अधिकार हराउँदै गएको छ, शिक्षक प्रकाश दमाईंकी आमाको शब्दले दमाईं भएकै कारण मलामी पाएको छैन, यो घटना सभ्य समाजका लागि कलङ्क हो, जातीय विभेदको योभन्दा निकृष्ट उदाहरण अरु हुन सक्दैन ।’

सांसद भुवन सुनारले भने, ‘खरका छाना विस्थापन गर्न छ वर्षमा रु छ अर्ब भन्दा बढी खर्च भइसकेको छ, तर ७७ हजार  खरका छाना मात्र भएका छन्, चालु आर्थिक वर्षमा ४० करोड रुपैयाँ विनियोजन भएको सुनिएको छ, यो ४० करोड कार्यान्वयनका सवालमा लापरबाही भएको छ, यस बारेमा सरकारले बैठकमा प्रस्ट पार्नुपर्छ ।’ 

सरकारले खरका छाना मात्र परिवर्तन गर्नेभन्दा पनि भूकम्पका कारण जीर्ण बनेका पुराना घर भत्किएर नयाँ घर निर्माण गरिदिनुपर्ने उनको भनाइ छ । 

सांसद युवराज शर्माले देशका विभिन्न अस्पतालमा कर्मचारी अभावका कारण सेवा प्रवाहमा समस्या भइरहेको भन्दै ती अस्पतालमा दरबन्दीको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराए । 

सांसद सुरेशकुमार आलेमगरले म्याग्दी जिल्लाको धौलागिरि गाउँपालिका–१ मासडक विस्तार नहुँदा  त्यहाँका जनताले दुःख पाएको गुनासो गरे । 

प्रकाशित मिति : ४ फाल्गुन २०८१, आइतबार  ४ : ३५ बजे

सिद्धपोखरी मर्मतमा स्थानीयको सहभागिता (तस्बिरहरू)

भक्तपुर– भक्तपुर नगरपालिकाले आफ्नो दीर्घकालीन ‘सम्पदा जोगाउने’ नीति अन्तर्गत ऐतिहासिक

बदनाम गर्न मविरुद्ध संगठित रूपमै अफवाह फैलाइयो : अर्थमन्त्री वाग्ले

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आफूविरुद्ध संगठित रूपमा अफवाह

एसीसी महिला प्रिमियर कपमा थाइल्यान्डले नेपाललाई दियो १३१ रनको चुनौती

काठमाडौँ – मलेसियामा जारी एसीसी महिला प्रिमियर कपमा थाइल्यान्डले नेपाललाई

सुकुम्वासीको नयाँ सङ्कट: आश्रयस्थलमा बढ्दै लागुऔषध दुर्व्यसनी

काठमाडौँ – थापाथलीस्थित बागमती नदी किनारबाट विस्थापित भई कीर्तिपुरको राधास्वामीस्थित

वसन्त ऋतुको हिमाल आरोहण सकियो, एक अर्ब २६ करोड राजस्व सङ्कलन

काठमाडौँ– सन् २०२६ को वसन्त ऋतुमा विश्वको सर्वोच्च शिखर सगरमाथासहित