जातीय विभेदका घटनालाई सरकारले गम्भीर रूपमा लिनुपर्ने « Khabarhub

जातीय विभेदका घटनालाई सरकारले गम्भीर रूपमा लिनुपर्ने


४ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रियसभाका सांसद मदनकुमारी गरिमा (शाह) ले जातीय भेदभाव तथा छुवाछूतका घटनालाई सरकारले गम्भीर रूपमा लिनुपर्नेमा जोड दिएकी छन् । 

राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा उनले बैतडीको सिगास गाउँपालिका–१ आङडेगाडाका प्रकाश दमाईंकी आमा माना दमाईंको निधन हुँदा जातीय कारणले मलामी नपाएको भन्दै सरकारको ध्यानाकर्षण गराइन् ।

उनले भनिन्, ‘सामाजिक न्याय र मानव अधिकार हराउँदै गएको छ, शिक्षक प्रकाश दमाईंकी आमाको शब्दले दमाईं भएकै कारण मलामी पाएको छैन, यो घटना सभ्य समाजका लागि कलङ्क हो, जातीय विभेदको योभन्दा निकृष्ट उदाहरण अरु हुन सक्दैन ।’

सांसद भुवन सुनारले भने, ‘खरका छाना विस्थापन गर्न छ वर्षमा रु छ अर्ब भन्दा बढी खर्च भइसकेको छ, तर ७७ हजार  खरका छाना मात्र भएका छन्, चालु आर्थिक वर्षमा ४० करोड रुपैयाँ विनियोजन भएको सुनिएको छ, यो ४० करोड कार्यान्वयनका सवालमा लापरबाही भएको छ, यस बारेमा सरकारले बैठकमा प्रस्ट पार्नुपर्छ ।’ 

सरकारले खरका छाना मात्र परिवर्तन गर्नेभन्दा पनि भूकम्पका कारण जीर्ण बनेका पुराना घर भत्किएर नयाँ घर निर्माण गरिदिनुपर्ने उनको भनाइ छ । 

सांसद युवराज शर्माले देशका विभिन्न अस्पतालमा कर्मचारी अभावका कारण सेवा प्रवाहमा समस्या भइरहेको भन्दै ती अस्पतालमा दरबन्दीको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराए । 

सांसद सुरेशकुमार आलेमगरले म्याग्दी जिल्लाको धौलागिरि गाउँपालिका–१ मासडक विस्तार नहुँदा  त्यहाँका जनताले दुःख पाएको गुनासो गरे । 

प्रकाशित मिति : ४ फाल्गुन २०८१, आइतबार  ४ : ३५ बजे

नवरात्रको अन्तिम दिनः आज महानवमी

काठमाडौँ – प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व

राष्ट्रिय टोलीको क्याम्प छाडेका रोनाल्डोलाई ३० दिनको प्रतिबन्ध र २५५ युरो जरिवाना

काठमाडौँ – पोर्चुगिज फुटबल महासङ्घ (एफपीएफ) ले राष्ट्रिय टोलीका कप्तान

लिग-२ मा नयाँ इतिहास : १ हजार रन पूरा गर्ने पहिलो नेपाली ब्याटर बने रोहित पाैडेल

काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टोलीका ब्याटर एवम् पूर्व कप्तान

आज मंगलबार, भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक ३ गते मंगलबार सन् २०२६

आज २०८३ साल कात्तिक ३ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ३ गते मंगलबार सन् २०२६