दोलखाका स्थानीयतहको कार्यसम्पादन संतोषजनक « Khabarhub

दोलखाका स्थानीयतहको कार्यसम्पादन संतोषजनक


४ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

दोलखा– हरेक वर्ष प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गर्ने कार्यसम्पादन मुल्यांकनको नतिजा यस वर्ष पनि सार्वजनिक गरेको छ ।

आयोगले एक सूचना मार्फत सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/०८१ को कार्यसम्पादन मुल्यांकन नतिजा अनुसार जिल्लाको भिमेश्वर नगरपालिका उत्कृष्ट कार्यसम्पादन गर्ने नगर बनेको छ ।

दुई वटा नगरपालिका र सात गाउँपालिका रहेको दोलखामा नगरपालिका तर्फ जिरी नगरपालिकालाई ० दशमलव ४ प्रतिशत अंकले पछि पर्दै जिल्लाको भिमेश्वर नगरपालिका पहिलो बन्न सफल भएको छ ।

जिरीले ६२ दशमलव ४ अंक प्राप्त गर्दा भिमेश्वर नगरपालिकाले ६२ दशमलव ८ अंक प्राप्त गर्दै जिल्लामै उत्कृष्ट कार्यसम्पादन गर्ने पालिका बन्न सफल भएको हो।गत वर्ष जिरी नगरपालिका ४२ दशमलव ८ अंकलसहित जिल्लामै उत्कृष्ट पालिका बनेको थियो ।

समग्रमा वैतेश्वर तृतीय सात गाउँपालिकामा पहिलो 

त्यसैगरी गत वर्ष पनि समग्रमा तेस्रो तथा गाउँपालिका तर्फ सात गाउँपालिकामा उत्कृष्ट बनेको वैतेश्वर गाउँपालिका यस वर्ष पनि नगरपालिकाको भन्दा ३ दशमलव ७ अंक कम अर्थात् ५९ दशमलव १ प्रतिशत अंक प्राप्त गर्दै जिरी पछिको उत्कृष्ट गाउँपालिका बनेको छ ।

गत वर्ष ३३ दशमलव ३६ प्रतिशत अंक सहित तृतीय बनेको वैतेश्वरले यस वर्ष भने आफ्नो अंक प्रतिशतलाई सुधार गर्दै ५९ दशमलव ०१ प्रतिशत पुर्‍याउन सफल भएको छ ।

गाउँपालिका तर्फ दोस्रोमा जिल्लाको मेलुङ गाउँपालिकाले ५८ दशमलव ०८ प्रतिशत अंक प्राप्त गरेको छ ।

त्यसैगरी जिल्लाको शैलुङ गाउँपालिका ५६दशमलव ७, गौरीशंकर गाउँपालिकाले ५५दशमलव २ प्रतिशत अंक पाएको प्राकृतिक स्रोत तथा वित्त आयोगले जनाएको छ । 

आयोगका अनुसार तामाकोशी गाउँपालिकाले ४८दशमलव ५, कालिञ्चोक गाउँपालिकाले ४३दशमलव ६ र बिगु गाउँपालिकाले सबैभन्दा कम ३१ दशमलव ३ प्रतिशत अंक प्राप्त गर्दै जिल्लामै कमजोर कार्यसम्पादन गर्ने गाउँपालिका बनेको छ ।

विगु गाउँपालिका गत वर्ष पनि २५ दशमलव ९९ प्रतिशत अंक सहित कमजोर देखिएको थियो ।

गत वर्ष ४० अंक नपाएका ८ पालिकाले यस वर्ष पाए ५० भन्दा बढी अंक 

गत वर्ष ४० अंक पाउन नसकेका जिल्लाको जिरी नगरपालिका बाहेकका  ८ वटा पालिकाले यस वर्ष भने, विगु बाहेक बाकी सातले ४० भन्दा बढी अंक ल्याउँदै आफ्नो कार्यसम्पादन सुधार ल्याएका छन् ।

आयोगले प्रदेश तथा स्थानीय तहको कार्यसम्पादन मुल्यांकन कार्यविधि २०७८ को दफा ७ को अधीनमा रही आयोगले प्रदेश तथा स्थानीय तहको लागि निर्धारण गरिएका कार्यसम्पादन १७ वटा सूचकको मुल्यांकन गरी अंक प्रदान गरेको जनाएको छ ।

आफ्नो नतिजा चित्त नबुझेमा जिल्लाका स्थानीयतहले एक साता भित्र प्रमाण सहित निवेदन दिन समेत सक्ने आयोगले जनाएको छ । -सुबास बस्नेत

प्रकाशित मिति : ४ फाल्गुन २०८१, आइतबार  ४ : ४६ बजे

लुपस बाथले मिर्गौलादेखि मुटुसम्म असर गर्छ : डा.अरुणकुमार गुप्ता

पछिल्लो समय नसर्ने रोगको संक्रमण बढ्दो क्रममा रहेको छ ।

माघ १ का तीन फिल्मको व्यापार कमजोर बनेपछि ‘बिगुल’को प्रदर्शन रोकियो

काठमाडौं – माघे संक्रान्तिको बिदा उपभोग गर्न माघ १ बाट

माटोबाट मूर्ति बनाउने परम्परागत पेसा सङ्कटमा

झापा– माटोसँग खेल्दै जीवन जिउने सपना बोकेका कलाकार विष्णु राजवंशीका

परम्परागत सीपको संरक्षण गर्न टेम्केमैयुङमा राडीपाखी बुन्ने तालिम

भोजपुर– परम्परागत सीपको संरक्षण गर्दै स्थानीय महिलालाई आयआर्जनमा जोड्ने उद्देश्यका

कांग्रेसका सबै उम्मेदवारको टुंगो आजै लाग्छ : सभापति थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रतिनिधि सभाको प्रत्यक्ष