सांसद शाहीको अभिव्यक्तिप्रति राष्ट्रियसभाका सांसदको आपत्ति « Khabarhub

सांसद शाहीको अभिव्यक्तिप्रति राष्ट्रियसभाका सांसदको आपत्ति


४ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले प्रतिनिधिसभाका सांसद ज्ञानेन्द्र शाहीले सामाजिक सञ्जालमा ‘राष्ट्रियसभा वृद्धाश्रम हो’ भनेको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।

आजको बैठकको शून्य समयमा सांसद नारायणदत्त मिश्रले प्रतिनिधिसभाका सांसद शाहीले ‘राष्ट्रियसभा वृद्धाश्रम भएको छ’ भनेको अभिव्यक्तिप्रति आपत्ति जनाए । 

‘राष्ट्रियसभा नै वृद्धाश्रम भएपछि कसको के नै लाग्छ र ? भनेर सामाजिक सञ्जालमा अभिव्यक्ति दिनु आपत्तिजनक छ, भत्ता खान गएका राष्ट्रियसभाका सांसदले ‘मिडिया काउन्सिल विधेयक’ नपढीकन पास गरेछन् भन्ने भनाइप्रति आपत्ति छ’, उनले भने । 

सांसद जयन्तीदेवी राईले सांसद शाहीले ‘राष्ट्रियसभालाई वृद्धाआश्रम र केही दिनको पाहुना’ भनी अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाइन् । ‘सांसद शाहीले अभिव्यक्तिले राष्ट्रियसभाको विशेष अधिकारको हनन गर्नुभएको छ, उक्त भनाइप्रति खेद प्रकट गर्दछु, राष्ट्रियसभाले खेद प्रस्ताव पारित गर्नुपर्छ’, उनले भनिन् । 

सांसद जगतबहादुर पार्कीले सिङ्गो समाजलाई लज्जित बनाउने गरी देशैभरि जातीय भेदभाव तथा छुवाछूतका घटना बढ्दै गएको भन्दै सरकारको ध्यानाकर्षण गराए । 

उनले भने, ‘बैतडीको आन्द्रेगडा भन्ने ठाउँमा प्रकाश दमाईंको एउटा मात्रै घर छ, हिजो प्रकाशको आमाको निधन भएपछि शव उठाउने कोही भएनन्, दलितको शव भनेर गैर दलितले सहयोग गरेनन्, पछि कञ्चनपुरमा रहेका आफन्त गएपछि शव उठाइयो, यस्ता घटना दोहोरिन नदिन राज्य समयमा संवेदनशील बन्नुपर्छ ।’

सांसद दुर्गा गुरुङले कर्णाली प्रदेशमा जडीबुटी प्रशोधन केन्द्र सञ्चालनका लागि सरकारसँग माग गरिन् । उनले भनिन्, ‘कर्णाली प्रदेश भूगोलको हिसाबले सबैभन्दा ठूलो छ, हिमाली पहाडी भूभागमा पाइने जडीबुटीको यहाँ व्यावसायिक खेती गर्न सकिन्छ । जडीबुटी प्रशोधन केन्द्रको अभावमा किसानले सस्तो मूल्यमा कच्चापदार्थ बेच्नु परिरहेको छ, सम्बन्धित किसानलाई नाफा भएको छैन, सरकारसमेत राजस्व घाटा भइरहेको छ ।’

सांसद नरबहादुर विष्टले कर्णाली प्रदेशमा आगामी चैत २३ गते आयोजना गर्ने भनिएको ‘दशौँ राष्ट्रिय खेलकुद’ प्रतियोगिताको तयारीका बारेमा सम्बन्धित निकायले राष्ट्रियसभामा जानकारी दिनुपर्ने माग गरे । उनले देशमा कालोबजारी, महँगी, भ्रष्ट्राचार बढ्दै गएको भन्दै सरकारले त्यसबारेमा अनुगमन गर्नुपर्ने माग गर । 

प्रकाशित मिति : ४ फाल्गुन २०८१, आइतबार  ५ : १३ बजे

विपक्षीसँग कुरा नमिलेपछि सुरु नै नभई सर्‍यो प्रतिनिधिसभा बैठक

काठमाडौं– बुधबार बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक सरेको

एनसेल डाटा सेन्टरलाई एएनएसआई/टीआईए–९४२–सी प्रमाणीकरण

काठमाडौं– एनसेल बिजनेसले नख्खु, ललितपुरमा सञ्चालनमा रहेको आफ्नो अत्याधुनिक डाटा सेन्टरले

विपक्षीलाई फकाउँदै रवि, संसद्‍ खोल्न प्रधानमन्त्रीले लिखित जवाफ दिनुपर्ने अडान

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विपक्षी दलसँग संवाद

३५ करोड लगानीमा नेपालमै ‘स्किन केयर’ सामग्री उद्योग

काठमाडौं– कोरियन प्रविधि र नेपाली उद्यमशीलताको संयोजनमा नेपालमै विश्वस्तरीय ‘स्किन केयर’

रानीसैनमा सशस्त्र र प्रहरीको अस्थायी ‘बिओपी’ र चौकी स्थापना

बाजुरा– हिमाली गाउँपालिकाको रानीसैन क्षेत्रको संरक्षण र नागरिकको सुरक्षाका लागि