राष्ट्रिय सभाबारे ज्ञानेन्द्र शाहीको टिप्पणीप्रति खेद प्रस्ताव पारित « Khabarhub

राष्ट्रिय सभाबारे ज्ञानेन्द्र शाहीको टिप्पणीप्रति खेद प्रस्ताव पारित


४ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


510
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय सभाले प्रतिनिधिसभा सदस्य ज्ञानबहादुर शाहीले राष्ट्रिय सभाप्रति गरेको टिप्पणीप्रति आपत्ति जनाउँदै खेद प्रस्ताव पारित गरेको छ । 

आइतबार बसेको राष्ट्रिय सभा बैठकमा सदस्यहरूले सांसद शाहीले सामाजिक सञ्जालमा राष्ट्रियसभा वृद्धाश्रम हो भनी दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएपछि शाहीको अभिव्यक्तिप्रति राष्ट्रिय सभाले खेद प्रस्ताव पारित गरेको हो । 

शाहीले मिडिया काउन्सिल विधेयक पढ्दै नपढी हुबहु पारित गरेको भन्दै राष्ट्रिय सभा नै वृद्धाश्रम भएको टिप्पणी गरेका थिए ।

राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले पारित भएको विधेयकको सम्बन्धमा यथार्थ अवस्था अध्ययन नै नगरी कपोकल्पित, झुट र यथार्थ भन्दा बाहिर गई एक सभाको सदस्यले अर्को सभाको कामकारबाहीप्रति अत्यन्त गैरजिम्मेवारपूर्ण ढङ्गले आफ्नो धारणा व्यक्त गरेको बताए  । 

सभाका सदस्यहरूको योग्यता, क्षमता र उमेरको सम्बन्धमा समेत अत्यन्त गैरजिम्मेवारपूर्ण ढङ्गले आफ्नो धारणा व्यक्त गरेको देखिएको भन्दै अध्यक्ष दाहालले उक्त अभिव्यक्तिप्रति खेद प्रकट गरे ।  

उनले आगामी दिनमा आफ्ना विचार सम्प्रेषण गर्दा सुझबुझपूर्ण, वस्तुनिष्ठ र तथ्यपरक हुन निर्देशनसमेत दिए । 

प्रकाशित मिति : ४ फाल्गुन २०८१, आइतबार  ५ : १८ बजे

जवाफ थाहा भएका प्रश्नले किन पिरोल्छ ?

एकपटक नौ अङ्कले आठ अङ्कलाई थप्पड हान्यो । पीडा सहन

थाइल्यान्डसँग ५६ रनले पराजित हुँदै नेपाल प्रिमियर कपको क्वार्टरफाइनलबाटै बाहिरियो

काठमाडौँ – मलेसियामा जारी एसीसी महिला प्रिमियर कपको क्वार्टरफाइनलमा थाइल्यान्डसँग

‘जान्नेलाई छान्ने’ नारा योग्यता होइन, भ्रष्टताको संस्थागत रूप हो : महासचिव पोखरेल

काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले नयाँ शक्तिका रूपमा

कांग्रेस संस्थापनको ‘सात बुँदे प्रस्ताव’ हल्ला मात्रै भएको शेखर सचिवालयको भनाइ

काठमाडौँ – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाको सचिवालयले संस्थापन

‘प्रथम कर्णाली प्रदेश मनसुन फोरम’ सम्पन्न

कर्णाली– मनसुनजन्य विपद्को सम्भावित जोखिम पूर्वानुमान, पूर्वतयारी तथा प्रतिकार्यसम्बन्धी ‘प्रथम